लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिंदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र ४, २०८१
|
|
२६ पटक हेरिएको
Shares
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिंदै

सारांश

  • लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको मत लिँदै छन्।
  • प्रदेश सभाको चौथो अधिवेशनको २५औं बैठकमा आज मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने कार्यक्रम तय भएको छ।
  • साउन ७ गते आचार्य कांग्रेसका २७ र एमालेका २९ गरी ५६ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

४ भदौ, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको मत लिँदै छन्।

प्रदेश सभाको चौथो अधिवेशनको २५औं बैठकमा आज मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने कार्यक्रम तय भएको छ। साउन ७ गते आचार्य कांग्रेसका २७ र एमालेका २९ गरी ५६ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए। यद्यपि पाँच अन्य साना दलहरूले सरकारलाई समर्थन गर्ने जनाइसकेका छन्। ११ दल क्रियाशील रहेको प्रदेशमा ८७ सांसद रहेकोमा बहुमतको लागि ४४ सांसद संख्या आवश्यक पर्दछ।

मुख्यमन्त्री आचार्यले विश्वासको मत लिएपछि मात्रै सरकारलाई पूर्णता दिने जनाएका छन्। अहिले एमालेबाट मुख्यमन्त्रीसहित पाँच, कांग्रेसबाट चार मन्त्री रहेका छन्। १२ सदस्यीय मन्त्रीमण्डलमा तीन मन्त्री मात्र चयन हुन बाँकी छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदर्शनकारीद्वारा नेकपा एसको कार्यालय तोडफोड
प्रदर्शनकारीद्वारा नेकपा एसको कार्यालय तोडफोड
रविलाई थुनामा पठाउने उच्चको आदेशमा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन
रविलाई थुनामा पठाउने उच्चको आदेशमा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन
उपत्यकाबाट बाहिरिने सबै नाका पूर्णरुपमा अवरुद्ध, खुलाउने प्रयास जारी
उपत्यकाबाट बाहिरिने सबै नाका पूर्णरुपमा अवरुद्ध, खुलाउने प्रयास जारी
काठमाडौं महानगरको १८औँ नगरसभा अधिवेशन सम्पन्न, १८.४८ प्रतिशत बजेट खर्च
काठमाडौं महानगरको १८औँ नगरसभा अधिवेशन सम्पन्न, १८.४८ प्रतिशत बजेट खर्च
प्रधानमन्त्री ओलीले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने
प्रधानमन्त्री ओलीले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने
भारतीय तीर्थयात्री सवार जीप प्युठानमा दु*र्घटना : एकको मृ*त्यु, २० जना घा*इते
भारतीय तीर्थयात्री सवार जीप प्युठानमा दु*र्घटना : एकको मृ*त्यु, २० जना घा*इते
आगामी आर्थिक वर्षमा नेपालको जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
आगामी आर्थिक वर्षमा नेपालको जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
सहिदको सपना माओबादी केन्द्रले साकार पार्ने:- मौलाना मशहू
सहिदको सपना माओबादी केन्द्रले साकार पार्ने:- मौलाना मशहू
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै
ललितपुरमा विदेशी सहयोगमा इस्लाम धर्म प्रचार, अध्यागमनको निगरानीमा टर्किस संस्था
ललितपुरमा विदेशी सहयोगमा इस्लाम धर्म प्रचार, अध्यागमनको निगरानीमा टर्किस संस्था