Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

नेपाली महिला क्रिकेट टोलीले आज मलेसियासँग खेल्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन १६, २०८२
|
|
३७ पटक हेरिएको
Shares
नेपाली महिला क्रिकेट टोलीले आज मलेसियासँग खेल्दै

सारांश

  • नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले मलेसियासँगको टी–२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत आज पहिलो खेल खेल्दै छ ।
  • मलेसियाको कुआलालम्पुरमा हुने खेल विहान ११:४५ बजेदेखि सुरु हुनेछ ।
  • नेपालले मलेसियासँग हालसम्म ११ पटक टी-२०आई खेलेको छ जहाँ ७ खेलमा जित निकाल्दा ४ मा पराजित भएको छ ।

१६ असोज, काठमाडौं ।

नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले मलेसियासँगको टी–२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत आज पहिलो खेल खेल्दै छ । मलेसियाको कुआलालम्पुरमा हुने खेल विहान ११:४५ बजेदेखि सुरु हुनेछ । नेपालले मलेसियासँग हालसम्म ११ पटक टी-२०आई खेलेको छ जहाँ ७ खेलमा जित निकाल्दा ४ मा पराजित भएको छ । पछिल्लोपटक नेपालले मलेसियासँग सन् २०२४ को एसीसी महिला प्रिमियर कपमा खेलेको थियो जहाँ ४ विकेटले पराजित भएको थियो ।

यस शृंखलाअघि तयारी स्वरूप नेपालका खेलाडीहरू सेप्टेम्बर २४ देखि ३० तारिखसम्म मलेसियन सुपर वुमन सिरिजमा सहभागी भएका थिए । उक्त प्रतियोगितामा १४ खेलाडी फरक–फरक पाँच टोलीबाट खेलेर अनुभव बटुले। नेपाली महिला टोलीले आगामी जनवरीमा घरेलु मैदानमै हुने महिला टी-२० विश्वकपको ग्लोबल छनोट खेल्दै छ । त्यसको तयारीका लागि यो सिरिज खेल्न लागिएको हो । आगामी अक्टोबर ८ सम्म शृंखलाका ५ खेल हुनेछन्। नेपालको टोली : इन्दु बर्मा, पूजा महतो, राजमती ऐरि, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु बिस्ट, रचना चौधरी, रुबी पोद्दार, यशोदा बिस्ट, सावित्री धामी, कविता कुँवर, रुबिना क्षेत्री, सीता राना मगर छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ