खानेपानी कार्यालयका तत्कालीन प्रमुख यादवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक ३०, २०८२
|
|
१३ पटक हेरिएको
Shares
खानेपानी कार्यालयका तत्कालीन प्रमुख यादवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा

सारांश

  •   अख्तियार दुरूपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका तत्कालीन प्रमुख किशोर यादवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
  • आयोगले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय डिभिजन नम्बर -४  कलैया बाराका तत्कालीन डिभिजन प्रमुख यादव ,र लेखापाल प्रदिप दास, सान्दर्भिक मिडिया नेटवर्क प्रालि तथा उक्त कम्पनीको प्रबन्धक निसान्त सिग्देल, प्रभाव पब्लिकेशन प्रालिको बजार प्रबन्धक सन्तोषराज खरेलविरुद्ध आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
  • उनीहरूविरुद्ध जनही ३ लाख १६ हजार ५७० रुपैयाँ बिगो माग गरिएको छ।

३० कात्तिक, काठमाडौं । 

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका तत्कालीन प्रमुख किशोर यादवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय डिभिजन नम्बर -४  कलैया बाराका तत्कालीन डिभिजन प्रमुख यादव ,र लेखापाल प्रदिप दास, सान्दर्भिक मिडिया नेटवर्क प्रालि तथा उक्त कम्पनीको प्रबन्धक निसान्त सिग्देल, प्रभाव पब्लिकेशन प्रालिको बजार प्रबन्धक सन्तोषराज

खरेलविरुद्ध आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। उनीहरूविरुद्ध जनही ३ लाख १६ हजार ५७० रुपैयाँ बिगो माग गरिएको छ।आर्थिक वर्ष २०७९/०८० को स्वीकृत बजेट अनुसार बाराअन्तर्गत  विभिन्न निर्माण कार्यका लागि २३ वटा बोलपत्र आह्वानको सूचना राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्नेमा त्यसो नगरी मिलेमतोमा ठेक्का लगाइ अनियमितता गरेको उनीहरूमाथि आरोप छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?