बालेनले आयोगमा बुझाए १४ लाख १७ हजार चुनावी खर्चको विवरण

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, फाल्गुन २५, २०८२
|
|
३७ पटक हेरिएको
Shares
बालेनले आयोगमा बुझाए १४ लाख १७ हजार चुनावी खर्चको विवरण

सारांश

  • रास्वपाका वरिष्ठ नेता बालेन साहले आफ्नो चुनावी खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छन् ।
  • झापा ५ बाट निर्वाचित शाहले आज आफ्नो चुनावी खर्च बुझाएका हुन् ।
  • बालेनले आफ्नो चुनावी खर्च १४ लाख १७ हजार २८९ भएको उल्लेख गरेका छन् ।

 

काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन साहले आफ्नो चुनावी खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छन् । झापा ५ बाट निर्वाचित शाहले आज आफ्नो चुनावी खर्च बुझाएका हुन् ।

बालेनले आफ्नो चुनावी खर्च १४ लाख १७ हजार २८९ भएको उल्लेख गरेका छन् ।

उनले सवारी साधन भाडा २ लाख ९३ हजार ५००, हवाइ भाडा ३५ हजार, मतदाता प्रशिक्षण कार्यक्रम खाना खर्च २९ हजार ३९०, वडा स्तरीय प्रचार कार्यक्रमका लागि खाजा खर्च २८ हजार ९७०, प्रचार कार्यक्रमका लागि ५ लाख ८० हजार भएको उल्लेख गरेका छन्।

सबैभन्दा कम मनोनयनका लागि १० हजार खर्चको हिसाब छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?