भारतको लखनउमा गुडिरहेको बसमा आगलागी, पाँच जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ १, २०८२
|
|
३१ पटक हेरिएको
Shares
भारतको लखनउमा गुडिरहेको बसमा आगलागी, पाँच जनाको मृत्यु

सारांश

  •   भारतको लखनऊको किसान पथमा सर्ट सर्किटका कारण यात्रु बाहक बसमा आगलागी भएको छ ।
  • बिहारको बेगुसरायबाट दिल्ली जाँदै गरेको एउटा निजी स्लीपर बस लखनऊ-रायबरेली रोड माथि आगलागी भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
  • आगलागी पछि पनि बस लगभग एक किलोमिटरसम्म दौडिरहेको बताइएको छ ।

१ जेठ, भारत । 

भारतको लखनऊको किसान पथमा सर्ट सर्किटका कारण यात्रु बाहक बसमा आगलागी भएको छ । बिहारको बेगुसरायबाट दिल्ली जाँदै गरेको एउटा निजी स्लीपर बस लखनऊ-रायबरेली रोड माथि आगलागी भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । आगलागी पछि पनि बस लगभग एक किलोमिटरसम्म दौडिरहेको बताइएको छ । आगलागीमा पाँच यात्रु बसमै जलेको रिपोर्टमा उल्लेख छ । प्रहरी र सर्वसाधारणको सहयोगमा सिसा फुटाएर बसमा बसेका यात्रुहरूलाई बाहिर निकालिएको थियो ।

दमकलले करिब आधा घण्टामा आगो नियन्त्रणमा ल्याएको थियो । जब अग्निनियन्त्रकहरू बस भित्र गए, तिनीहरूले त्यहाँ पाँच जनाको शव भेट्टाएका थिए । आगोमा जलेका यात्रुहरूलाई उपचारको लागि अस्पताल लगिएको बताइएको छ । रिपोर्ट अनुसार बसमा करिब असी जना यात्रु थिए । मृत्यु हुनेमा दुई बालबालिका, दुई महिला र एक पुरुष रहेका छन् । दुर्घटना विहिबार बिहान करिब पाँच बजे भएको बताइएको छ ।  प्राप्त जानकारी अनुसार, दमकल घटनास्थलमा पुगेर आधा घण्टा भित्र आगो नियन्त्रणमा लिएको थियो । प्रहरी अनुसन्धानबाट बसको आपतकालीन ढोका नखुलेको र पछाडि बसेका मानिसहरू बसभित्रै अड्किएको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रास्वपा निर्णय : गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय आयोगको अडान यथावत् राख्ने
रास्वपा निर्णय : गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय आयोगको अडान यथावत् राख्ने
जम्मु-कश्मीरको प्रहरी कार्यालयमा विस्फोट हुँदा मारिनेको संख्या ९ पुग्यो
जम्मु-कश्मीरको प्रहरी कार्यालयमा विस्फोट हुँदा मारिनेको संख्या ९ पुग्यो
काठमाडौं विमानस्थलबाट आधा किलो सुनसहित एक जना पक्राउ
काठमाडौं विमानस्थलबाट आधा किलो सुनसहित एक जना पक्राउ
सुनको मूल्य स्थिर, चाँदीको ह्वात्तै बढ्यो
सुनको मूल्य स्थिर, चाँदीको ह्वात्तै बढ्यो
यू-१९ महिला टिमलाई १० लाख दिने ,एनपीएलका आठ फ्रेन्चाइजीले विश्वकपमा छनौट
यू-१९ महिला टिमलाई १० लाख दिने ,एनपीएलका आठ फ्रेन्चाइजीले विश्वकपमा छनौट
प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गर्दै जेनजीहरुको आन्दोलन सुरु
प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गर्दै जेनजीहरुको आन्दोलन सुरु
अब सबै प्रदेशमा क्यान्सर उपचार सेवा शुरू हुने
‘आ बाट आमा’ को प्रचार गर्न धनगढी पुगे कलाकार विपना र पल
‘आ बाट आमा’ को प्रचार गर्न धनगढी पुगे कलाकार विपना र पल
१२ करोड ठगी मुद्दाका फरार उप्रेती पक्राउ
१२ करोड ठगी मुद्दाका फरार उप्रेती पक्राउ
कोशीमा २८ सिटका लागि ५०५ उम्मेदवार, झापा बन्यो चुनावी ‘इपिसेन्टर’
कोशीमा २८ सिटका लागि ५०५ उम्मेदवार, झापा बन्यो चुनावी ‘इपिसेन्टर’