बीपी राजमार्गमा अलपत्र ८१ जनाको हेलिकप्टरबाट उद्धार, पर्खाइमा १ हजार बढी

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन १३, २०८१
|
|
२७ पटक हेरिएको
Shares
बीपी राजमार्गमा अलपत्र ८१ जनाको हेलिकप्टरबाट उद्धार, पर्खाइमा १ हजार बढी

सारांश

  • नेपाली सेनाको हेलिकप्टरले काभ्रेको बीपी राजमार्गमा फसेकाहरूको उद्धार सुरु गरेको छ ।
  • जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार अहिलेसम्म रोशी गाउँपालिकाको मंगलटार क्षेत्रबाट ८१ जनाको उद्धार गरेर धुलिखेल ल्याइएको छ ।
  • ‘बीपी राजमार्गको नेपालथोक–धुलिखेल खण्डमा १ हजारभन्दा बढी नागरिक बसेको र उद्धार गर्नुपर्ने अवस्था छ,’ जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक दिनेशबहादुर कुँवरले भने, ‘सुरुमा नेपाली सेनाको हेलिकप्टर मार्फत मंगलटारमा खाद्यान्न पुर्‍याएर राजमार्गमा फसेकाहरूको उद्धार सुरु भएको छ ।

 

१३ असोज, काठमाडौं । नेपाली सेनाको हेलिकप्टरले काभ्रेको बीपी राजमार्गमा फसेकाहरूको उद्धार सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार अहिलेसम्म रोशी गाउँपालिकाको मंगलटार क्षेत्रबाट ८१ जनाको उद्धार गरेर धुलिखेल ल्याइएको छ ।

‘बीपी राजमार्गको नेपालथोक–धुलिखेल खण्डमा १ हजारभन्दा बढी नागरिक बसेको र उद्धार गर्नुपर्ने अवस्था छ,’ जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक दिनेशबहादुर कुँवरले भने, ‘सुरुमा नेपाली सेनाको हेलिकप्टर मार्फत मंगलटारमा खाद्यान्न पुर्‍याएर राजमार्गमा फसेकाहरूको उद्धार सुरु भएको छ ।’ उद्धार गरिएकामध्ये १३ जना बिरामी समेत छन् ।

जिल्लामा ठूला मानवयि र भौतिक संरचना क्षति भए पनि यकिन विवरण संकलन हुँदै गरेको उनले बताए । विभिन्न स्थानीय तहसँग समन्वय गर्ने प्रयास भए पनि विद्युत् र दूरसञ्चार सेवा समेत अवरोध हुँदा समस्या भएको छ । जिल्लाका प्रमुख दुई राजमार्ग बीपी र अरनिको सहित अधिकांश स्थानीय तह जोड्न सडक समेत अवरुद्ध छ ।

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?