बालकृष्ण खाणको निवेदन न्यायाधीश कोइरालाको इजलासमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर २८, २०८०
|
|
३७ पटक हेरिएको
Shares
बालकृष्ण खाणको निवेदन न्यायाधीश कोइरालाको इजलासमा

सारांश

  • नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणले दिएको निवेदनमाथि उच्च अदालत पाटनमा आज सुनुवाइ हुने भएको छ ।
  • यसअघि अरुका हकमा राय मिलेको भए पनि खाँणको हकमा दुई न्यायाधीशबीच राय बाझिएकाले तेस्रो न्यायाधीशकोमा पेस हुन लागेको हो ।
  • कुन न्यायाधीशको इजलासमा सुनुवाइ हुन्छ भन्ने कुरा अहिले नै टुंगो लागिसकेको छैन ।

२८ मंसिर, काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणले दिएको निवेदनमाथि उच्च अदालत पाटनमा आज सुनुवाइ हुने भएको छ ।

यसअघि अरुका हकमा राय मिलेको भए पनि खाँणको हकमा दुई न्यायाधीशबीच राय बाझिएकाले तेस्रो न्यायाधीशकोमा पेस हुन लागेको हो । कुन न्यायाधीशको इजलासमा सुनुवाइ हुन्छ भन्ने कुरा अहिले नै टुंगो लागिसकेको छैन । आज कार्यालय समय सुरु भएपछि गोला प्रक्रियाबाट मात्रै इजलास टुंगो लगाइने छ । आज सुनुवाइ गर्नेले यसअघिका दुई मध्ये जुन न्यायाधीशको राय समर्थन गर्छन्, त्यही आदेश कार्यान्वयन हुन्छ ।

तर यी न्यायाधीशले अघिका दुई बाहेक तेस्रो राय दिएमा निवेदन सुनुवाइका लागि सर्वोच्च अदालतको एकल इजलासमा पुग्नेछ । १५ मंसिरमा उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकणमा पूर्वमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, आङटावा शेर्पासहित ९ जनालाई थुनामै राख्न आदेश दिएको थियो । भुटानी शरणार्थीका नेता टेकनाथ रिजाललाई भने १५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न उच्च अदालतले आदेश दिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश गौरवको आयोजना लुम्बिनी प्रादेशिक अस्पतालको १२ तले भवनको शिलान्यास
प्रदेश गौरवको आयोजना लुम्बिनी प्रादेशिक अस्पतालको १२ तले भवनको शिलान्यास
राष्ट्रपति पौडेलको अपिल, म संवैधानिक दायराबाटै निकासका लागि हरप्रयासमा छु, संयम हुनुहोला
राष्ट्रपति पौडेलको अपिल, म संवैधानिक दायराबाटै निकासका लागि हरप्रयासमा छु, संयम हुनुहोला
बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव : मंगलबारसम्म हावाहुरीसहित पानी पर्ने संभावना
बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव : मंगलबारसम्म हावाहुरीसहित पानी पर्ने संभावना
कांग्रेस कार्यकर्ताले पार्टी कार्यालयमै खेलकुद मन्त्रीलाई देखाए कालो झण्डा
कांग्रेस कार्यकर्ताले पार्टी कार्यालयमै खेलकुद मन्त्रीलाई देखाए कालो झण्डा
सडक निर्माणमा एमसीए नेपालले गर्‍यो साढे ३ अर्बको ठेक्का सम्झौता
सडक निर्माणमा एमसीए नेपालले गर्‍यो साढे ३ अर्बको ठेक्का सम्झौता
यात्रुले आपतकालिन ढोका खोल्दा भैरहवा–काठमाडौं उडान ढिला
यात्रुले आपतकालिन ढोका खोल्दा भैरहवा–काठमाडौं उडान ढिला
रिगलको कैद मिनाहा मुद्दामा सर्वोच्चले भोलि निर्णय सुनाउने
रिगलको कैद मिनाहा मुद्दामा सर्वोच्चले भोलि निर्णय सुनाउने
ललितपुर प्रहरीद्वारा एम्बुलेन्सबाट लागुऔषध बरामद
ललितपुर प्रहरीद्वारा एम्बुलेन्सबाट लागुऔषध बरामद
कुराले चिउरा भिज्दैन व्यवहारमै कम्युनिस्ट एकता देखिनुपर्छ :माधव नेपाल
कुराले चिउरा भिज्दैन व्यवहारमै कम्युनिस्ट एकता देखिनुपर्छ :माधव नेपाल
घुस ‘डिल’ प्रकरण : सामान्य प्रशासनमन्त्री गुप्तालाई हटाइँदै
घुस ‘डिल’ प्रकरण : सामान्य प्रशासनमन्त्री गुप्तालाई हटाइँदै