Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

भूकम्पको विपत्तिबाट उठ्न जनताले देखाएको साहस अद्वितीय छ : अध्यक्ष दाहाल

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख १२, २०८२
|
|
३४ पटक हेरिएको
Shares
भूकम्पको विपत्तिबाट उठ्न जनताले देखाएको साहस अद्वितीय छ : अध्यक्ष दाहाल

सारांश

  • गोरखा भूकम्पको स्मरणमा आज सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले पुनर्निर्माणका केही कार्य सम्पन्न भए पनि जनताले अझै पनि शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, पूर्वाधार, रोजगारजस्ता विषयमा विभिन्न चुनौतीको सामना गरिरहेको उल्लेख गर्नुभयो ।
  • “दोस्रो पटक प्रधानमन्त्री हुँदा मैले बारपाकसहित भूकम्पबाट अति प्रभावित क्षेत्रको पुनर्निर्माण र पुनःसंरचनाका लागि प्रयास गरेँ ।
  • स्थानीय जनताको सहयोग र साथका कारण धेरै कामहरू अघि बढे ।

 

१२ वैशाख, काठमाडौँ, 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक दशकअघि आजकै दिन गएको भूकम्प (गोरखा भूकम्प) को विपत्तिबाट उठ्न जनताले देखाएको साहस, संयमता र दृढ सङ्कल्प अद्वितीय रहेको बताउनुभएको छ । गोरखा भूकम्पको स्मरणमा आज सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले पुनर्निर्माणका

केही कार्य सम्पन्न भए पनि जनताले अझै पनि शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, पूर्वाधार, रोजगारजस्ता विषयमा विभिन्न चुनौतीको सामना गरिरहेको उल्लेख गर्नुभयो । “दोस्रो पटक प्रधानमन्त्री हुँदा मैले बारपाकसहित भूकम्पबाट अति प्रभावित क्षेत्रको पुनर्निर्माण र पुनःसंरचनाका लागि प्रयास गरेँ । स्थानीय जनताको सहयोग र साथका कारण धेरै कामहरू अघि बढे । तेस्रो कार्यकालमा पनि प्रकोप व्यवस्थापनका क्षेत्रमा उल्लेख्य पहलकदमी भएको विदितै छ”, अध्यक्ष दाहालले उल्लेख गर्नुभयो । अध्यक्ष दाहालले जनताबाट प्राप्त विश्वास, सुझाव र प्रेरणाले आफूहरुलाई अझ जिम्मेवार र प्रतिबद्ध बनाएको उहाँले बताउनुभयो । “हामीले विगतमा एकताबद्ध भएर विपत्तिको सामना गर्न सकेका थियौँ, अब पनि साझा उद्देश्यका साथ विकास र समृद्धिको लक्ष्य हासिल गर्न सक्छौँ भन्ने दृढ विश्वास छ”, उहाँले सन्देशमा भन्नुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वास्थ्य नितिहरुमा यौनिक तथा लैङ्गिक समाजका व्यक्तिहरूलाई समेत जोड्नु पर्छ: मन्त्रि सुरिता कुमारी
स्वास्थ्य नितिहरुमा यौनिक तथा लैङ्गिक समाजका व्यक्तिहरूलाई समेत जोड्नु पर्छ: मन्त्रि सुरिता कुमारी
प्रधानाध्यापक विरूद्ध अख्तियारले दायर गर्‍यो भ्रष्टाचार मुद्दा दायर
प्रधानाध्यापक विरूद्ध अख्तियारले दायर गर्‍यो भ्रष्टाचार मुद्दा दायर
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
गोली चलाएर अभियुक्त नियन्त्रणमा
गोली चलाएर अभियुक्त नियन्त्रणमा
स्वास्थ्य विभागका २० हजार कर्मचारी बर्खास्त गर्दै ट्रम्प प्रशासन
स्वास्थ्य विभागका २० हजार कर्मचारी बर्खास्त गर्दै ट्रम्प प्रशासन
जनकपुरधाममा हिन्दूवादीहरुले गरे बांगलादेशविरुद्ध प्रदर्शन
जनकपुरधाममा हिन्दूवादीहरुले गरे बांगलादेशविरुद्ध प्रदर्शन
ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु
ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु
इलाम उपनिर्वाचन : उम्मेदवारले गरे मतदान
इलाम उपनिर्वाचन : उम्मेदवारले गरे मतदान
काठमाडौं उपत्यकाका नदीनाला स्वच्छ बनाउँछाै‌ : मन्त्री सिंह
काठमाडौं उपत्यकाका नदीनाला स्वच्छ बनाउँछाै‌ : मन्त्री सिंह
हिमपातमा फसेका ३ विदेशीसहित १५ पर्यटकलाई सेनाले गर्‍यो उद्धार
हिमपातमा फसेका ३ विदेशीसहित १५ पर्यटकलाई सेनाले गर्‍यो उद्धार