युके पठाइदिन्छु भन्दै ३२ लाख ५७ हजार ठगी गरेको आरोपमा एक जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, फाल्गुन २, २०८१
|
|
२३ पटक हेरिएको
Shares
युके पठाइदिन्छु भन्दै ३२ लाख ५७ हजार ठगी गरेको आरोपमा एक जना पक्राउ

सारांश

  • पक्राउ पर्नेमा धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका-३ घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका-५ बस्ने ५३ वर्षीय दिनेश अधिकारी छन् ।
  • उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार काठमाडौं-२६ बाट पक्राउ गरेको उक्त कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेशकुमार बस्नेतले जानकारी दिए ।
  • अधिकारीले युकेमा आकर्षक तलब हुने प्रलोभनमा पारेर एक व्यक्तिलाई ३२ लाख ५७ हजार रुपैयाँ ठगी गरेको आरोप छ ।

 

२ फागुन, काठमाडौं– वैदेशिक रोजगारीका लागि युके पठाइदिने बहानामा ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका-३ घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका-५ बस्ने ५३ वर्षीय दिनेश अधिकारी छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार काठमाडौं-२६ बाट पक्राउ गरेको उक्त कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेशकुमार बस्नेतले जानकारी दिए । अधिकारीले युकेमा आकर्षक तलब हुने प्रलोभनमा पारेर एक व्यक्तिलाई ३२ लाख ५७ हजार रुपैयाँ ठगी गरेको आरोप छ ।  लामो समयसम्म झुक्यानमा पार्दै विदेश नपठाएर अधिकारी सम्पर्कविहीन भएपछि ती पीडित प्रहरीमा उजुरी दिन पुगेका थिए । पक्राउ परेका अधिकारीलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि शुक्रबार नै वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको एसएसपी बस्नेतले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?