सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

देशका तीन राजमार्ग अझै पूर्ण अवरुद्ध

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण १, २०८३
|
|
२४३ पटक हेरिएको
Shares
देशका तीन राजमार्ग अझै पूर्ण अवरुद्ध

सारांश

  • लगातारको वर्षापछि आएको पहिरो र प्रतिकूल मौसमका कारण देशका विभिन्न राजमार्ग प्रभावित भएका छन्।
  • नेपाल प्रहरीले शुक्रबार बिहान करिब ७ बजेसम्मको विवरण सार्वजनिक गर्दै तीन प्रमुख सडकखण्ड अझै पूर्ण रूपमा अवरुद्ध रहेको जनाएको छ।
  • प्रहरीका अनुसार इलामको इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग वर्षाका कारण सडक हिलाम्मे भएपछि पूर्ण रूपमा अवरुद्ध छ।

 

काठमाडौं ।

लगातारको वर्षापछि आएको पहिरो र प्रतिकूल मौसमका कारण देशका विभिन्न राजमार्ग प्रभावित भएका छन्। नेपाल प्रहरीले शुक्रबार बिहान करिब ७ बजेसम्मको विवरण सार्वजनिक गर्दै तीन प्रमुख सडकखण्ड अझै पूर्ण रूपमा अवरुद्ध रहेको जनाएको छ। प्रहरीका अनुसार इलामको इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग वर्षाका कारण सडक हिलाम्मे भएपछि पूर्ण रूपमा अवरुद्ध छ। उक्त क्षेत्रमा वैकल्पिक सडक प्रयोग गर्न सकिने व्यवस्था रहेको छ।

यस्तै अर्घाखाँचीको पाणिनी गाउँपालिका–२ ढुङ्ग्रेखोलास्थित सालझण्डी–ढोरपाटन सडक खण्ड माथिबाट ढुङ्गा खसेपछि पूर्ण रूपमा बन्द रहेको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जिरोकिलोस्थित अरनिको राजमार्ग पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ । यसअघि पहिरोका कारण अवरुद्ध भएको मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखास्थित कान्तिलोकपथ भने शुक्रबार बिहान ६ः२० बजेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ । यस्तै, वर्षायामलाई मध्यनजर गर्दै बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक खण्डमा बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने सवारी सञ्चालन हुने व्यवस्था कायम रहेको छ। त्यस्तै, मकवानपुरको कान्तिलोकपथमा पनि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ। नेपाल प्रहरीले वर्षाका कारण सडकको अवस्था जुनसुकै बेला परिवर्तन हुन सक्ने भएकाले यात्रा गर्नुअघि सम्बन्धित निकाय वा ट्राफिक प्रहरीसँग सडक अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रौतहटबाट चार महिनामा एक करोड बढीका अवैध सामान बरामद
रोजेको मन्त्रालय नपाएपछि मधेश सरकारबाट बाहिरिने जनमतको चेतावनी
रोजेको मन्त्रालय नपाएपछि मधेश सरकारबाट बाहिरिने जनमतको चेतावनी
रेशम चौधरी पक्राउबारे गृहमन्त्री : पक्राउको पत्र ‘फेक’ भएपछि रिहा गर्ने वातावरण बन्यो
रेशम चौधरी पक्राउबारे गृहमन्त्री : पक्राउको पत्र ‘फेक’ भएपछि रिहा गर्ने वातावरण बन्यो
डेङ्गु नियन्त्रण गर्न लामखुट्टेको लार्भा नष्ट अभियान
डेङ्गु नियन्त्रण गर्न लामखुट्टेको लार्भा नष्ट अभियान
गाजामा इजरायली आक्रमणको विरोधमा मोरक्कोको राजधानीमा प्रदर्शन
गाजामा इजरायली आक्रमणको विरोधमा मोरक्कोको राजधानीमा प्रदर्शन
कुष्ठरोग प्रभावितप्रति राज्यले पर्याप्त काम गर्न सकेन : मन्त्री सिन्हा
कुष्ठरोग प्रभावितप्रति राज्यले पर्याप्त काम गर्न सकेन : मन्त्री सिन्हा
टी–२० श्रृंखलाको पहिलो खेलमा आज नेपाल नामिबियासँग भिड्दै
टी–२० श्रृंखलाको पहिलो खेलमा आज नेपाल नामिबियासँग भिड्दै
झापाबाट १५ लाख भारुसहित एक जना पक्राउ
झापाबाट १५ लाख भारुसहित एक जना पक्राउ
पोखरा महानगरका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा कांग्रेसले लगायो ताला
पोखरा महानगरका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा कांग्रेसले लगायो ताला
सुखद सुरुवातपछि उत्साही नेपाल आज बलियो नेदरल्यान्ड्ससँग भिड्दै
सुखद सुरुवातपछि उत्साही नेपाल आज बलियो नेदरल्यान्ड्ससँग भिड्दै