Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

बर्दियामा बाघको आक्रमणबाट १२ वर्षीय बालकको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, पौष ७, २०८०
|
|
५८ पटक हेरिएको
Shares
बर्दियामा बाघको आक्रमणबाट १२ वर्षीय बालकको मृत्यु

सारांश

  • बर्दियामा बाघको आक्रमणबाट एक बालकको मृत्यु भएको छ।
  • बारबर्दिया नगरपालिका– ४ बैरिया गाउँका १२ वर्षीय सुमित चौधरीको बाघको आक्रमण बाट मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी सुधिरराज शाहीले जानकारी  दिए।
  • आज बिहान साढे ११ बजेतिर सामुदायिक वन नजिकै सुमितलाई बाघले आक्रमण गरेको थियो।

७ पुस, बर्दिया। बर्दियामा बाघको आक्रमणबाट एक बालकको मृत्यु भएको छ।

बारबर्दिया नगरपालिका– ४ बैरिया गाउँका १२ वर्षीय सुमित चौधरीको बाघको आक्रमण बाट मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी सुधिरराज शाहीले जानकारी  दिए। आज बिहान साढे ११ बजेतिर सामुदायिक वन नजिकै सुमितलाई बाघले आक्रमण गरेको थियो। उनको उद्धार गरी उपचारका लागि अस्ताल लगिएकोमा दिउँसो साढे १ बजे मृत्यु भएको एसपी शाहीले जानकारी दिए। बैरिया गाउँका एक जना स्थानीयले भने बालक सामुदायिक वन भित्र प्रवेश गरेको र त्यही बेला बाघले उनीमाथि आक्रमण गरेको बताए। मृतक बालकको शव पोष्टमर्टमका लागि जिल्ला अस्पतालमा राखिएको एसपी शाहीले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ