भागेका कैदीबन्दीलाई सम्पर्कमा नआए कारबाही हुने विभागको चेतावनी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, भाद्र २६, २०८२
|
|
२४ पटक हेरिएको
Shares
भागेका कैदीबन्दीलाई सम्पर्कमा नआए कारबाही हुने विभागको चेतावनी

सारांश

  • जेनजी प्रदर्शनको क्रममा भागेका कैदीबन्दीलाई सम्पर्कमा आउन कारागार व्यवस्थापन विभागले आग्रह गरेको छ ।
  • कैदीबन्दी र बलबिज्याईंकर्ताहरुलाई सम्पर्कमा आउन आग्रह गर्दै विभागले सम्पर्कमा नआउनेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
  • विभागका निर्देशक चोमेन्द्र न्यौपानेले विज्ञप्ति जारी गरेर भनेका छन्, ‘सम्पर्कमा नआए कारागार ऐन, २०७९ र प्रचलित कानुन बमोजिम कारबाही हुने व्यहोरा सम्बन्धित सवैमा जानकारी गराइन्छ ।

२६ भदौ, काठमाडौँ ।

जेनजी प्रदर्शनको क्रममा भागेका कैदीबन्दीलाई सम्पर्कमा आउन कारागार व्यवस्थापन विभागले आग्रह गरेको छ । कैदीबन्दी र बलबिज्याईंकर्ताहरुलाई सम्पर्कमा आउन आग्रह गर्दै विभागले सम्पर्कमा नआउनेलाई कारबाही गर्ने चेतावनी दिएको छ । विभागका निर्देशक चोमेन्द्र न्यौपानेले विज्ञप्ति जारी गरेर भनेका छन्, ‘सम्पर्कमा नआए कारागार ऐन, २०७९ र प्रचलित कानुन बमोजिम कारबाही हुने व्यहोरा सम्बन्धित सवैमा जानकारी गराइन्छ ।’

त्यस्तै विभागले देशभरका कारागार र बालगृहलाई सर्कुलर पठाएर फरार भएर अर्को जिल्लामा सम्पर्कमा आएका र पक्राउ परेका कैदीबन्दीलाई सोही जिल्लाको कारागारमा राख्न भनेको छ । स्थिति सामान्य भएपछि सम्बन्धित कारागारमा स्थानान्तरण गर्ने गरी अहिले कैदीबन्दीलाई फेला परेको जिल्लाकै कारागारमा राख्ने व्यवस्था मिलाउन भनिएको विभागका निर्देशक चोमेन्द्र न्यौपानेले जानकारी दिए ।

जेनजी प्रदर्शनपछि २५ वटा कारागारबाट करिब १० हजार कैदीबन्दी भागेका छन् । कारागार कार्यालय डडेलधुरा, सप्तरी, सुनसरी, रुकुम पश्चिम, कपिलवस्तु, म्याग्दी र धादिङ लगायतका जिल्लाबाट कैदीबन्दी भागेका हुन् ।काठमाडौँको केन्द्रीय कारागार र ललितपुरको नख्खु कारागारबाट पनि कैदीबन्दी भागेका छन् । डिल्लीबजार कारागारमा आगजनी गरेर भाग्न खोजेका कैदीबन्दीलाई सेनाले नियन्त्रणमा लिएर अड्डासार गरेको छ ।

कारागारबाट फरार भएका मध्ये सप्तरीबाट ४ जना, सुनसरीबाट २ सय २ जना, रुकुम पश्चिमबाट ४३ जना र कपिलवस्तुबाट ५० जनालाई नियन्त्रण लिइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । म्याग्दी कारागारबाट भागेका ४ जनालाई सेनाको टोलीले नियन्त्रणमा लिएको छ । कारागारबाट फरार भएकाहरू मध्ये कतिपय आफैँ फर्किरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘लोकतन्त्रको जग भत्काउने पूर्वसर्त राखेर सुशीला कार्की प्रधानमन्त्री बन्नुभयो’
‘लोकतन्त्रको जग भत्काउने पूर्वसर्त राखेर सुशीला कार्की प्रधानमन्त्री बन्नुभयो’
टी–२० विश्वकपमा आज नेपाल र वेस्ट इन्डिज भिड्दै, जितको दबाबमा नेपाल
टी–२० विश्वकपमा आज नेपाल र वेस्ट इन्डिज भिड्दै, जितको दबाबमा नेपाल
वीरगञ्जका मेयर सिंहसहित सात जनामाथि भ्रष्टाचार मुद्दा
वीरगञ्जका मेयर सिंहसहित सात जनामाथि भ्रष्टाचार मुद्दा
विदेशमा रहेका नेपालीहरूका लागि परराष्ट्रले ल्यायो ‘मोफा मित्र’ एप
विदेशमा रहेका नेपालीहरूका लागि परराष्ट्रले ल्यायो ‘मोफा मित्र’ एप
सडक विभाग बाहिर काठमाडौं महानगरले थुपारिदियो धुलो
सडक विभाग बाहिर काठमाडौं महानगरले थुपारिदियो धुलो
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
विद्युत महशुल बक्यौता प्रकरणमा उद्योगीहरूको सरकारलाई आग्रह– तथ्यगत छानबिन होस
विद्युत महशुल बक्यौता प्रकरणमा उद्योगीहरूको सरकारलाई आग्रह– तथ्यगत छानबिन होस
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
पोर्चुगलका पूर्वप्रधानमन्त्रीमाथि भ्रष्टाचार मुद्दा दर्ता
पोर्चुगलका पूर्वप्रधानमन्त्रीमाथि भ्रष्टाचार मुद्दा दर्ता
३० जेठदेखि मलेखु-मुग्लिन सडक राति बन्द हुने
३० जेठदेखि मलेखु-मुग्लिन सडक राति बन्द हुने