नयाँ भर्ना अभियानको योजना बनाउँदै सरकार, शिक्षक भने हड्तालमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र २४, २०८१
|
|
३३ पटक हेरिएको
Shares
नयाँ भर्ना अभियानको योजना बनाउँदै सरकार, शिक्षक भने हड्तालमा

सारांश

  • शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०८२ वैशाखबाट सुरु हुने नयाँ शैक्षिकसत्रको भर्ना अभियान योजना बनाउँदै छ ।
  • तर भर्ना अभियानको मुख्य सरोकार राख्ने शिक्षकहरू भने सडक आन्दोलनमा छन् ।
  • शिक्षकहरूको आन्दोलन जारी रहे नयाँ भर्ना अभियान समेत प्रभावित हुने भएको छ ।

२४ चैत, काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०८२ वैशाखबाट सुरु हुने नयाँ शैक्षिकसत्रको भर्ना अभियान योजना बनाउँदै छ । तर भर्ना अभियानको मुख्य सरोकार राख्ने शिक्षकहरू भने सडक आन्दोलनमा छन् । शिक्षकहरूको आन्दोलन जारी रहे नयाँ भर्ना अभियान समेत प्रभावित हुने भएको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले भर्ना अभियानको योजना बनाएर फाइल मन्त्रालयमा पठाएको छ । ‘भर्ना अभियानको गृहकार्य भइरहेको छ । योजना बनाएर मन्त्रालयमा पठाएका छौँ,’ केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले भने । केन्द्रले भर्ना अभियान, निःशुल्क पाठ्यपुस्तक, प्रारम्भिक बालविकास, छात्रवृत्ति लगायतका योजना बनाएको छ । शैक्षिकसत्र अगाडि नै विद्यार्थीलाई हातहातमा पुस्तक पुर्‍याउने योजना सहित पुस्तक जिल्ला जिल्लामा पठाउने काम भइरहेको छ । तर विद्यालयबाट विद्यार्थीलाई वितरण गर्न शिक्षक नै सडक आन्दोलनमा छन् ।

भर्ना अभियान सुरु हुनुअघि शिक्षकसँग सहमति हुने विश्वास केन्द्रको छ । ‘शिक्षकहरूले जिम्मेवारीवोध गर्नुहुन्छ । संसदको समितिमा विधेयक छ । उपसमिति बनाएर प्रक्रिया अगाडि बढेको छ । प्रधानमन्त्री र मन्त्रीले चासो दिनुभएको छ । छिटै सहमति हुने विश्वास छ,’ महानिर्देशक काप्रीले भने । शिक्षक महासंघले भने चैत २५ गतेदेखि आम शैक्षिक हड्ताल घोषणा नै गरेको छ । यदि वैशाखअघि सहमति नभए ७० लाख बढी बालबालिकाको पढाइ प्रभावित हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजमार्गलाई ग्रामीण सडक सञ्जालमा जोड्दै
राजमार्गलाई ग्रामीण सडक सञ्जालमा जोड्दै
नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु
नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु
अर्थतन्त्र चलायमान बनाउन पूर्वाधार निर्माणमा जोड दिनुपर्छ : उपप्रधानमन्त्री सिंह
अर्थतन्त्र चलायमान बनाउन पूर्वाधार निर्माणमा जोड दिनुपर्छ : उपप्रधानमन्त्री सिंह
चीनसँगका १४ नाका पुनःसञ्चालन गर्न सात वर्षअघि हस्ताक्षर : प्रधानमन्त्री ओली
चीनसँगका १४ नाका पुनःसञ्चालन गर्न सात वर्षअघि हस्ताक्षर : प्रधानमन्त्री ओली
अश्लिल भिडियो खिचेर बार्गेनिङ गरेको आरोपमा २ जना पक्राउ
अश्लिल भिडियो खिचेर बार्गेनिङ गरेको आरोपमा २ जना पक्राउ
वीरगन्जको भकुवा नाकाबाट ८१ हजार पिस बढी लागूऔषध बरामद
वीरगन्जको भकुवा नाकाबाट ८१ हजार पिस बढी लागूऔषध बरामद
सामान्य सुरक्षाकर्मी हुँ, जोखिम उठाएर चुनावी मैदानमा छु : राजु पाण्डे
सामान्य सुरक्षाकर्मी हुँ, जोखिम उठाएर चुनावी मैदानमा छु : राजु पाण्डे
सर्लाहीमा एक युवकलाई अमानवीय ढंगले कुटपिट, एक जना पक्राउ
सर्लाहीमा एक युवकलाई अमानवीय ढंगले कुटपिट, एक जना पक्राउ
अवैध उत्खननले घट्यो खोलाको सतह, राजश्व पनि न्यून संकलन
अवैध उत्खननले घट्यो खोलाको सतह, राजश्व पनि न्यून संकलन
प्रतिभा रावललाई सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी
प्रतिभा रावललाई सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी