Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

तीन प्रदेशमा अझै मनसुनी वायुको प्रभाव, कहाँ–कहाँ छ वर्षाको सम्भावना ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन २५, २०८१
|
|
५९ पटक हेरिएको
Shares
तीन प्रदेशमा अझै मनसुनी वायुको प्रभाव, कहाँ–कहाँ छ वर्षाको सम्भावना ?

सारांश

  • मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशलगायत मधेश प्रदेशको अधिकांश भू–भाग र बागमती प्रदेशको पूर्वी भू–भागमा मनसुनी वायुको प्रभाव रहेको छ ।
  • देशको बाँकी भू–भागमा पश्चिमी वायुको प्रभाव रहेको छ ।
  • अहिले पहाडी भू–भागमा बदली भइरहेको छ ।

 

२५ असोज, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशलगायत मधेश प्रदेशको अधिकांश भू–भाग र बागमती प्रदेशको पूर्वी भू–भागमा मनसुनी वायुको प्रभाव रहेको छ । देशको बाँकी भू–भागमा पश्चिमी वायुको प्रभाव रहेको छ ।

अहिले पहाडी भू–भागमा बदली भइरहेको छ । आज (शुक्रबार) दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा बदली हुनेछ । कोशी प्रदेशका थोरै तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा बदली हुनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । आगामी २४ घण्टामा कोशी प्रदेशका थोरै तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शिक्षाका निजामति कर्मचारीका लागि छात्रवृत्ति आवेदन माग
शिक्षाका निजामति कर्मचारीका लागि छात्रवृत्ति आवेदन माग
उपप्रधानमन्त्री श्रेष्ठ स्वदेश फिर्ता
उपप्रधानमन्त्री श्रेष्ठ स्वदेश फिर्ता
प्रतिनिधि सभाको बैठक बस्दै
प्रतिनिधि सभाको बैठक बस्दै
रोल्पामा गोठालो गएका दुई महिला पहिरोमा बेपत्ता, खोजी जारी
रोल्पामा गोठालो गएका दुई महिला पहिरोमा बेपत्ता, खोजी जारी
पानी संकटमा ट्यांकरमार्फत निःशुल्क पानी वितरण, स्थानीयलाई राहत
पानी संकटमा ट्यांकरमार्फत निःशुल्क पानी वितरण, स्थानीयलाई राहत
भलिबल प्रशिक्षणबाट ‘ब्रेक’ लिने प्रशिक्षक भट्टको घोषणा
भलिबल प्रशिक्षणबाट ‘ब्रेक’ लिने प्रशिक्षक भट्टको घोषणा
जेनजीको मिराज समूहले गर्यो आन्दोलनको घोषणा, सरकार असफल भएको आरोप
जेनजीको मिराज समूहले गर्यो आन्दोलनको घोषणा, सरकार असफल भएको आरोप
सुदूरपश्चिम प्रदेश सरकारले भदौ ३१ गते परिमार्जित बजेट ल्याउँदै
सुदूरपश्चिम प्रदेश सरकारले भदौ ३१ गते परिमार्जित बजेट ल्याउँदै
दिल्लीमा संसद् मार्च गर्न खोज्ने प्रदर्शनकारीमाथि अश्रुग्यास र लाठीचार्ज
दिल्लीमा संसद् मार्च गर्न खोज्ने प्रदर्शनकारीमाथि अश्रुग्यास र लाठीचार्ज
जनप्रतिनिधिको ६ दिन र कर्मचारीको ३ दिनको तलब पुनःनिर्माण कोषमा
जनप्रतिनिधिको ६ दिन र कर्मचारीको ३ दिनको तलब पुनःनिर्माण कोषमा