तीन प्रदेशमा अझै मनसुनी वायुको प्रभाव, कहाँ–कहाँ छ वर्षाको सम्भावना ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन २५, २०८१
|
|
२१ पटक हेरिएको
Shares
तीन प्रदेशमा अझै मनसुनी वायुको प्रभाव, कहाँ–कहाँ छ वर्षाको सम्भावना ?

सारांश

  • मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशलगायत मधेश प्रदेशको अधिकांश भू–भाग र बागमती प्रदेशको पूर्वी भू–भागमा मनसुनी वायुको प्रभाव रहेको छ ।
  • देशको बाँकी भू–भागमा पश्चिमी वायुको प्रभाव रहेको छ ।
  • अहिले पहाडी भू–भागमा बदली भइरहेको छ ।

२५ असोज, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशलगायत मधेश प्रदेशको अधिकांश भू–भाग र बागमती प्रदेशको पूर्वी भू–भागमा मनसुनी वायुको प्रभाव रहेको छ । देशको बाँकी भू–भागमा पश्चिमी वायुको प्रभाव रहेको छ ।

अहिले पहाडी भू–भागमा बदली भइरहेको छ । आज (शुक्रबार) दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा बदली हुनेछ । कोशी प्रदेशका थोरै तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा बदली हुनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । आगामी २४ घण्टामा कोशी प्रदेशका थोरै तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुस्ताङमा एक अर्बभन्दा बढी मूल्यको स्याउ उत्पादन
मुस्ताङमा एक अर्बभन्दा बढी मूल्यको स्याउ उत्पादन
झापा गोल्डकपका पूर्व अध्यक्ष बस्नेत घरमै झुण्डिएको अवस्थामा मृ*त फेला
झापा गोल्डकपका पूर्व अध्यक्ष बस्नेत घरमै झुण्डिएको अवस्थामा मृ*त फेला
चुनावी अभियान तीव्र बनाउँदै उज्यालो नेपाल पार्टी
चुनावी अभियान तीव्र बनाउँदै उज्यालो नेपाल पार्टी
राष्ट्रपतिबाट बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
राष्ट्रपतिबाट बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका घाइतेलाई भेट्न अस्पतालमा
प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका घाइतेलाई भेट्न अस्पतालमा
जुवा खेलेको भन्दै नुवाकोटको होटलबाट २२ जना पक्राउ, करिब ११ लाख बरामद
जुवा खेलेको भन्दै नुवाकोटको होटलबाट २२ जना पक्राउ, करिब ११ लाख बरामद
प्रधानमन्त्रीको जवाफ चाहिने अडानमा विपक्षी, राष्ट्रियसभा बैठक स्थगित
प्रधानमन्त्रीको जवाफ चाहिने अडानमा विपक्षी, राष्ट्रियसभा बैठक स्थगित
काठमाडौं महानगरपालिकाले हुलाकबाट पठाए पूर्व राजालाई जरिवाना पत्र
काठमाडौं महानगरपालिकाले हुलाकबाट पठाए पूर्व राजालाई जरिवाना पत्र
तनहुँ मालपोतद्वारा ३६ करोड राजस्व संकलन
तनहुँ मालपोतद्वारा ३६ करोड राजस्व संकलन
वीर अस्पतालका निर्देशक डा. शर्माले दिए राजीनामा
वीर अस्पतालका निर्देशक डा. शर्माले दिए राजीनामा