Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

अर्थमन्त्री पौडेल डिस्चार्ज हुँदै, मेयर आचार्य केही दिन अस्पतालमै रहने

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, फाल्गुन ५, २०८१
|
|
३२ पटक हेरिएको
Shares
अर्थमन्त्री पौडेल डिस्चार्ज हुँदै, मेयर आचार्य केही दिन अस्पतालमै रहने

सारांश

  • पोखरा भ्रमण वर्ष उदघाटनको क्रममा जलेर घाइते भएका अर्थमन्त्री विष्णु पौडेल अस्पतालबाट आज डिस्चार्ज हुँदै छन् ।
  • मेयर आचार्य भने केही दिन अस्पतालमै रहने छन् ।
  • मन्त्री पौडेलको घाउ निको हुँदै गएको र फोक्सोमा कुनै खराब असर नपरेकाले उनलाई डिस्चार्ज गर्ने निर्णय गरिएको कीर्तिपुरस्थित बर्न अस्पतालका निर्देशक डा.

 

५ फागुन, काठमाडौं । पोखरा भ्रमण वर्ष उदघाटनको क्रममा जलेर घाइते भएका अर्थमन्त्री विष्णु पौडेल अस्पतालबाट आज डिस्चार्ज हुँदै छन् । मेयर आचार्य भने केही दिन अस्पतालमै रहने छन् । मन्त्री पौडेलको घाउ निको हुँदै गएको र फोक्सोमा कुनै खराब असर नपरेकाले उनलाई डिस्चार्ज गर्ने निर्णय गरिएको कीर्तिपुरस्थित बर्न अस्पतालका निर्देशक डा. किरण किशोर नकर्मीले बताए ।

मेयर आचार्यको भने पहिलेदेखि नै उच्च रक्तचापको समस्या भएकाले हृदयरोग विशेषज्ञसँग परामर्श गरी केही दिन उपचार गरिने छ ।अर्थमन्त्री पौडेलको सचिवालयका अनुसार अस्पतालले डिस्चार्जको निर्णय गरिसकेको जानकारी दिएको छ तर घर फर्किने समय भने निश्चित छैन । शनिबार पोखरा भ्रमण वर्ष उदघाटनको क्रममा हाइड्रोजन ग्यास भरिएका बेलुनका झुप्पा आगोको झिल्कोमा परी विष्फोट हुँदा प्रमुख अतिथि पौडेल र मेयर आचार्य घाइते भएका थिए । उनीहरुलाई सोही दिन नै हेलिकोप्टरबाट काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा ल्याई भर्ना गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आधा घण्टालाई स्थगित संसद् अझै सुरु भएन
आधा घण्टालाई स्थगित संसद् अझै सुरु भएन
भारतको हरिद्वारस्थित मनसा देवी मन्दिरमा भागदौड, ६ जनाको मृ*त्यु
भारतको हरिद्वारस्थित मनसा देवी मन्दिरमा भागदौड, ६ जनाको मृ*त्यु
काठमाडौंको जय नेपाल हल अगाडिको बिजुलीको पोलमा आगलागी
काठमाडौंको जय नेपाल हल अगाडिको बिजुलीको पोलमा आगलागी
रामेछापमा बस दुर्घटना हुँदा एक किशोरीको मृत्यु, १२ घाइते
रामेछापमा बस दुर्घटना हुँदा एक किशोरीको मृत्यु, १२ घाइते
गृह मन्त्रालयले गर्‍यो १० अधिकारीहरुको सरुवा
गृह मन्त्रालयले गर्‍यो १० अधिकारीहरुको सरुवा
माधव नेपाल भेट्न आलोकनगर पुगे वामदेव गौतम
माधव नेपाल भेट्न आलोकनगर पुगे वामदेव गौतम
कञ्चनपुर कारागारबाट भागेका ३८८ कैदीबन्दी फिर्ता
कञ्चनपुर कारागारबाट भागेका ३८८ कैदीबन्दी फिर्ता
एमाले बाजुराको पार्टी कार्यालयमा ताला, युवापुस्तालाई अवसर नदिएको आक्रोश
एमाले बाजुराको पार्टी कार्यालयमा ताला, युवापुस्तालाई अवसर नदिएको आक्रोश
माइतीघरबाट सुरु भयो युवा संघको मार्चपास, आजै ‘नेसनल भोलेन्टियर फोर्स’ घोषणा हुने
माइतीघरबाट सुरु भयो युवा संघको मार्चपास, आजै ‘नेसनल भोलेन्टियर फोर्स’ घोषणा हुने
बाढी महाशाखाद्वारा काठमाडौँसहित २७ जिल्लामा ‘एल्लो अलर्ट’ जारी
बाढी महाशाखाद्वारा काठमाडौँसहित २७ जिल्लामा ‘एल्लो अलर्ट’ जारी