एमालेको सचिवालय बैठक बस्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, कार्तिक १५, २०८२
|
|
४१ पटक हेरिएको
Shares
एमालेको सचिवालय बैठक बस्दै

सारांश

  • नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।
  • बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बिहान ११ बजे बस्नेछ ।
  •  आज बस्ने सचिवालय बैठकले महाधिवेशनको तयारी र जनचालनबारे निर्णय गर्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

१५ कात्तिक, काठमाडौं ।

नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बिहान ११ बजे बस्नेछ । आज बस्ने सचिवालय बैठकले महाधिवेशनको तयारी र जनचालनबारे निर्णय गर्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । ‘एमाले अब महाधिवेशनमा होमिएको छ । यो सचिवालय बैठकले गर्ने मुख्य एजेण्डा महाधिवेशनको क्यालेण्डर निर्माण हो,’ उनले भने ।

असोज अन्तिम साता बसेको केन्द्रीय कमिटी बैठकले २७/२९ मंसिरमा एघारौँ महाधिवेशन पोखरामा गर्ने निर्णय गरेको छ । उक्त महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको छनोटको मिति, अनुपात, संख्या र आधारबारे यो सचिवालय बैठकले निर्णय गर्ने गौतमले बताए । ‘पहिले एक हजार पार्टी सदस्य बराबर ३ जना प्रतिनिधि छनोट गर्ने मापदण्ड अपनाइएको थियो । यसपटक १२ सय सदस्य बराबर ३ जना प्रतिनिधि छनोट गर्ने सल्लाह भइरहेको छ,’ गौतमले भने ।

पार्टी सदस्य संख्या बढेकाले अनुपात बढाउनु परेको उनले बताए । गौतमका अनुसार एमालेमा ६ लाख ६३ हजार पार्टी सदस्य कायम भएको छ । जनसंगठन, विभाग, केन्द्रीय कार्यालय, प्रवास र आयोजक गरी २२ सयको हाराहारीमा प्रतिनिधि चयन हुनसक्ने अनुमान गरिएको छ । तर, यसबारे निर्णय सचिवालय बैठकले गर्ने स्थायी कमिटी सदस्य गौतमले बताए ।

सचिवालय बैठकको अर्को एजेण्डा जनपरिचालन हुने पनि उनले बताए । ‘पार्टीले प्रतिनिधि सभा पुनर्स्थापना भनेको छ । त्यसैले यो बैठकले जनपरिचालनको कार्ययोजना ल्याउँछ,’ गौतमले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बर्दियाको भादा नदीमा बेपत्ता युवक मृत फेला
बर्दियाको भादा नदीमा बेपत्ता युवक मृत फेला
म्यान्मार भूकम्प : मृत्यु हुनेको सङ्ख्या तीन हजार नाध्याे
म्यान्मार भूकम्प : मृत्यु हुनेको सङ्ख्या तीन हजार नाध्याे
मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन प्रमुख शाह ब्राजिल प्रस्थान
मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन प्रमुख शाह ब्राजिल प्रस्थान
जलवायु न्यायको विषय हरेक अन्तर्राष्ट्रिय मञ्चहरूमा उठ्न जरुरी छ : राष्ट्रपति पौडेल
जलवायु न्यायको विषय हरेक अन्तर्राष्ट्रिय मञ्चहरूमा उठ्न जरुरी छ : राष्ट्रपति पौडेल
कमल थापाले भने : हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना गर्ने अभियान नयाँ ढंगबाट बढ्ने छ
कमल थापाले भने : हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना गर्ने अभियान नयाँ ढंगबाट बढ्ने छ
सेती नदीमा निर्माणाधीन ‘सिग्नेचर’ पुलको काम सुस्त
सेती नदीमा निर्माणाधीन ‘सिग्नेचर’ पुलको काम सुस्त
आज विश्व रक्तदाता दिवस
आज विश्व रक्तदाता दिवस
प्रचण्डलाई गीतसहितको कडा पत्र लेख्दै रहबरले छाडे पार्टी
प्रचण्डलाई गीतसहितको कडा पत्र लेख्दै रहबरले छाडे पार्टी
नाढीमन तालमा ग्रामीण चलचित्र महोत्सव सम्पन्न (फोटो फिचर)
नाढीमन तालमा ग्रामीण चलचित्र महोत्सव सम्पन्न (फोटो फिचर)
तिनकुने घटना प्रकरण ; अभिनेत्री एनी कुँवर पक्राउ
तिनकुने घटना प्रकरण ; अभिनेत्री एनी कुँवर पक्राउ