सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

पक्राउ रोक्न देउवाले दायर गरेको रिटमा सुनुवाइ सुरु

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ ११, २०८३
|
|
१५५ पटक हेरिएको
Shares
पक्राउ रोक्न देउवाले दायर गरेको रिटमा सुनुवाइ सुरु

सारांश

  • सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पक्राउ पुर्जी कार्यान्वयन नगर्न माग गर्दै पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दायर गरेको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ ।
  •  न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा सोमबार (जेठ ११) सुनुवाइ सुरु भएको हो ।
  • यसअघि, सर्वोच्चका न्यायाधीश मेघराज पोखरेलको इजलासले अघिल्लो साता पक्राउ पुर्जी प्रकरणमा अन्तरिम आदेश जारी गर्ने र नगर्ने विषयमा छलफलका लागि सोमबारलाई झिकाएको थियो ।

 

११ जेठ, काठमाडौं ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पक्राउ पुर्जी कार्यान्वयन नगर्न माग गर्दै पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दायर गरेको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ । न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा सोमबार (जेठ ११) सुनुवाइ सुरु भएको हो । यसअघि, सर्वोच्चका न्यायाधीश मेघराज पोखरेलको इजलासले अघिल्लो साता पक्राउ पुर्जी प्रकरणमा अन्तरिम आदेश जारी गर्ने र नगर्ने विषयमा छलफलका लागि सोमबारलाई झिकाएको थियो ।


विभागले काठमाडौं जिल्ला अदालतबाट पक्राउका लागि अनुमति लिएपछि क्षेत्राधिकारको प्रश्न उठाउँदै देउवा वारेशमार्फत सर्वोच्च पुगेका हुन् ।  रिटमा जिल्ला अदालतलाई पक्राउका लागि क्षेत्राधिकार नभएको दाबी देउवाको छ । देउवाको तर्फबाट संयुक्त इजलासमा सुनुवाइ चलिरहेको छ । आफूले अनुसन्धानमा सहयोग गर्न तयार रहेको बताउँदै पक्राउ गर्नुपर्ने अवस्था नरहेको दाबी समेत रिटमा गरिएको छ । सर्वोच्चले पक्ष/विपक्षको बहस सकिएपछि पक्राउ पुर्जी रोक्न अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयको टुंगो लगाउनेछ । निर्वाचनअघि हङकङ गएका देउवा दम्पती अझै नेपाल फर्किएका छैनन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको मौसम : पहाडी र हिमाली भूभागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
आजको मौसम : पहाडी र हिमाली भूभागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
प्रचण्डलाई रविले भने- भैरहवा भन्दा यहाँको बसाइ धेरै राम्रो छ
प्रचण्डलाई रविले भने- भैरहवा भन्दा यहाँको बसाइ धेरै राम्रो छ
सहकारीसम्बन्धी संसदीय छानबिन समितिले प्रधानमन्त्रीसँग छलफलल गर्दै
सहकारीसम्बन्धी संसदीय छानबिन समितिले प्रधानमन्त्रीसँग छलफलल गर्दै
जेनजीलाई बालेनको आग्रह- अब संयमित हुनुहोला
जेनजीलाई बालेनको आग्रह- अब संयमित हुनुहोला
रास्वपाको संसदीय दलको बैठक बस्दै
रास्वपाको संसदीय दलको बैठक बस्दै
बाजुरामा औषधि व्यवसायीको विरोध : अव्यावहारिक प्रावधान खारेज गर्नुपर्ने माग
बाजुरामा औषधि व्यवसायीको विरोध : अव्यावहारिक प्रावधान खारेज गर्नुपर्ने माग
सहमति नजुट्दा मधेस प्रदेशसभाको बैठक अनिश्चित
सहमति नजुट्दा मधेस प्रदेशसभाको बैठक अनिश्चित
सर्लाहीको कबिलासी नगरपालिकामा चोरी, कम्प्युटर र कार्यालय सामग्रीसहित पाँच जना पक्राउ
सर्लाहीको कबिलासी नगरपालिकामा चोरी, कम्प्युटर र कार्यालय सामग्रीसहित पाँच जना पक्राउ
पौने ६ लाख मानिसले छाडिसके काठमाडौँ उपत्यका
पौने ६ लाख मानिसले छाडिसके काठमाडौँ उपत्यका
एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै
एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै