पक्राउ रोक्न देउवाले दायर गरेको रिटमा सुनुवाइ सुरु

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ ११, २०८३
|
|
१४८ पटक हेरिएको
Shares
पक्राउ रोक्न देउवाले दायर गरेको रिटमा सुनुवाइ सुरु

सारांश

  • सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पक्राउ पुर्जी कार्यान्वयन नगर्न माग गर्दै पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दायर गरेको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ ।
  •  न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा सोमबार (जेठ ११) सुनुवाइ सुरु भएको हो ।
  • यसअघि, सर्वोच्चका न्यायाधीश मेघराज पोखरेलको इजलासले अघिल्लो साता पक्राउ पुर्जी प्रकरणमा अन्तरिम आदेश जारी गर्ने र नगर्ने विषयमा छलफलका लागि सोमबारलाई झिकाएको थियो ।

११ जेठ, काठमाडौं ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पक्राउ पुर्जी कार्यान्वयन नगर्न माग गर्दै पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दायर गरेको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ । न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा सोमबार (जेठ ११) सुनुवाइ सुरु भएको हो । यसअघि, सर्वोच्चका न्यायाधीश मेघराज पोखरेलको इजलासले अघिल्लो साता पक्राउ पुर्जी प्रकरणमा अन्तरिम आदेश जारी गर्ने र नगर्ने विषयमा छलफलका लागि सोमबारलाई झिकाएको थियो ।

विभागले काठमाडौं जिल्ला अदालतबाट पक्राउका लागि अनुमति लिएपछि क्षेत्राधिकारको प्रश्न उठाउँदै देउवा वारेशमार्फत सर्वोच्च पुगेका हुन् ।  रिटमा जिल्ला अदालतलाई पक्राउका लागि क्षेत्राधिकार नभएको दाबी देउवाको छ । देउवाको तर्फबाट संयुक्त इजलासमा सुनुवाइ चलिरहेको छ । आफूले अनुसन्धानमा सहयोग गर्न तयार रहेको बताउँदै पक्राउ गर्नुपर्ने अवस्था नरहेको दाबी समेत रिटमा गरिएको छ । सर्वोच्चले पक्ष/विपक्षको बहस सकिएपछि पक्राउ पुर्जी रोक्न अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयको टुंगो लगाउनेछ । निर्वाचनअघि हङकङ गएका देउवा दम्पती अझै नेपाल फर्किएका छैनन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
प्रतिनिधि सभा निर्वाचन प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश, कुल खर्च ५ अर्ब ३७ करोड रुपैयाँ
प्रतिनिधि सभा निर्वाचन प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश, कुल खर्च ५ अर्ब ३७ करोड रुपैयाँ
पाकिस्तानमा स्कूल बसमा बम विष्फोट, चार बालबालिकाको मृ*त्यु
पाकिस्तानमा स्कूल बसमा बम विष्फोट, चार बालबालिकाको मृ*त्यु
कञ्चनपुरको भीमदत्त नगरपालिकाका कांग्रेस सभापति मृत भेटिए
कञ्चनपुरको भीमदत्त नगरपालिकाका कांग्रेस सभापति मृत भेटिए
सशस्त्रका ३ डीआईजीको अवकाश
सशस्त्रका ३ डीआईजीको अवकाश
मधेश प्रदेश सभाको ८ वर्ष पूरा
मधेश प्रदेश सभाको ८ वर्ष पूरा
हितेन्द्रलाई प्राधिकरणको कार्यकारी निर्देशकमा फर्काउन सर्वोच्चको परमादेश
हितेन्द्रलाई प्राधिकरणको कार्यकारी निर्देशकमा फर्काउन सर्वोच्चको परमादेश
मतदान समय फेरियो : एमाले नयाँ नेतृत्व चयनका लागि मतदान दिउँसो ४ बजे
मतदान समय फेरियो : एमाले नयाँ नेतृत्व चयनका लागि मतदान दिउँसो ४ बजे
नेपाल पुलिस क्लबले जित्यो जय ट्रफीको उपाधि, सागरले लिए छ विकेट
नेपाल पुलिस क्लबले जित्यो जय ट्रफीको उपाधि, सागरले लिए छ विकेट
गृह मन्त्रालयले गरे २० प्रमुख जिल्ला अधिकारीको सरुवा (सूची)
गृह मन्त्रालयले गरे २० प्रमुख जिल्ला अधिकारीको सरुवा (सूची)