आज उपनिर्वाचन उम्मेदवारको नामावली प्रकाशन गरिँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, मंसिर ४, २०८१
|
|
१०२ पटक हेरिएको
Shares
आज उपनिर्वाचन उम्मेदवारको नामावली प्रकाशन गरिँदै

सारांश

  •   यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनअन्तर्गत आज (मंसिर ४ गते) उम्मेदवारको नामावली प्रकाशन गरिदिँदै छ।
  • निर्वाचन कार्यतालिकाअनुसार आज साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने भएको हो।
  • यसअघि सोमबार (मंसिर ३ गते) उम्मेदवारविरुद्ध उजुरी लिने, त्यसपछि मनोनयनपत्र र उजुरीको जाँचबुझ एवं निर्णय गर्ने कार्यक्रम थियो।

४ मंसिर, काठमाडौँ ।  यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनअन्तर्गत आज (मंसिर ४ गते) उम्मेदवारको नामावली प्रकाशन गरिदिँदै छ। निर्वाचन कार्यतालिकाअनुसार आज साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने भएको हो।

यसअघि सोमबार (मंसिर ३ गते) उम्मेदवारविरुद्ध उजुरी लिने, त्यसपछि मनोनयनपत्र र उजुरीको जाँचबुझ एवं निर्णय गर्ने कार्यक्रम थियो। अब आज उम्मेदवारको नामावली प्रकाशन गरिने भएको हो।  यसपछि भोलि मंसिर ५ गते बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिनसक्ने छन् भने सोही दिन दिउँसो १ देखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। अनि यही दिन दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम छ।

यसपछि मंसिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ।निधनलगायत विभिन्न कारणले देशका विभिन्न स्थानीय तहमा रिक्त ४४ स्थानमा पदपूर्तिका लागि उपनिर्वाचन गर्न लागिएको हो।  उक्त उपनिर्वाचनले जिल्ला समन्वय समितिका प्रमुख २ जना, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एक/एक र वडाध्यक्ष ३४ जना निर्वाचित गर्नेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारलाई माओवादीको प्रश्‍न : २ बुँदे सहमति कहिले कार्यान्वयन हुन्छ ?
सरकारलाई माओवादीको प्रश्‍न : २ बुँदे सहमति कहिले कार्यान्वयन हुन्छ ?
लगातारको गिरावटपछि दोहोरो अङ्कले बढ्यो नेप्से​, ९ अर्बको कारोबार
लगातारको गिरावटपछि दोहोरो अङ्कले बढ्यो नेप्से​, ९ अर्बको कारोबार
त्रिपुरेश्वरमा बसभित्रै शरीरमा आ*गो लगाएका चालकको मृ*त्यु
त्रिपुरेश्वरमा बसभित्रै शरीरमा आ*गो लगाएका चालकको मृ*त्यु
एमालेको केन्द्रीय सदस्यमा स्वास्थ्य क्षेत्रबाट डा.गौतम उम्मेदवार
एमालेको केन्द्रीय सदस्यमा स्वास्थ्य क्षेत्रबाट डा.गौतम उम्मेदवार
रसुवागढी हाइड्रोपावर र क्याम्पमा क्षति, कर्मचारीहरु विस्थापित
रसुवागढी हाइड्रोपावर र क्याम्पमा क्षति, कर्मचारीहरु विस्थापित
राप्रपा बैठक : राजेन्द्र लिङ्देनद्वारा आन्दोलनमा जाने प्रस्ताव
राप्रपा बैठक : राजेन्द्र लिङ्देनद्वारा आन्दोलनमा जाने प्रस्ताव
चैत १५ गते काठमाडौँमा ठुलो सङ्ख्यामा आउन पर्सावासीलाई प्रचण्डको अपिल
चैत १५ गते काठमाडौँमा ठुलो सङ्ख्यामा आउन पर्सावासीलाई प्रचण्डको अपिल
आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका व्यक्ति पक्राउ
आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका व्यक्ति पक्राउ
प्रधानमन्त्री अस्वस्थ, सांसद्सँग प्रश्नोत्तर कार्यसूचीबाट हटाइयो
प्रधानमन्त्री अस्वस्थ, सांसद्सँग प्रश्नोत्तर कार्यसूचीबाट हटाइयो
मुख्यमन्त्री कँडेललाई कांग्रेसले विश्वासको मत नदिने
मुख्यमन्त्री कँडेललाई कांग्रेसले विश्वासको मत नदिने