सामाजिक सञ्जाल बन्द गर्ने निर्णय तत्काल फिर्ता लिन रास्वपाको माग

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र २०, २०८२
|
|
३२ पटक हेरिएको
Shares
सामाजिक सञ्जाल बन्द गर्ने निर्णय तत्काल फिर्ता लिन रास्वपाको माग

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने सरकारी निर्णयलाई ‘असंवैधानिक’ भन्दै तत्काल फिर्ता लिन माग गरेको छ।
  • पार्टीको केन्द्रीय विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभागकी प्रमुख सुमना श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै सरकारको यो कदमले नागरिकको अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकमाथि गम्भीर प्रहार गरेको बताएका छन्।
  • विज्ञप्तिमा भनिएको छ, ‘सामाजिक सञ्जाल मनोरञ्जनका लागि मात्र नभई विचार-अभिव्यक्ति, व्यवसाय, शिक्षा र सूचना आदान-प्रदानको अभिन्न माध्यम बनिसकेको छ।

२० भदौ, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने सरकारी निर्णयलाई ‘असंवैधानिक’ भन्दै तत्काल फिर्ता लिन माग गरेको छ। पार्टीको केन्द्रीय विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभागकी प्रमुख सुमना श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै सरकारको यो कदमले नागरिकको अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकमाथि गम्भीर प्रहार गरेको बताएका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘सामाजिक सञ्जाल मनोरञ्जनका लागि मात्र नभई विचार-अभिव्यक्ति, व्यवसाय, शिक्षा र सूचना आदान-प्रदानको अभिन्न माध्यम बनिसकेको छ। यसलाई एक्कासी बन्द गर्नु जनताको मौलिक हकमाथिको ठाडो हस्तक्षेप हो।’ रास्वपाले नेपालको संविधानको धारा १७ (विचार र अभिव्यक्ति स्वतन्त्रता) र धारा १९ (सञ्चारको हक) ले प्रत्याभूत गरेको अधिकार सरकारले खोस्न खोजेको भन्दै त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ।

पार्टीले यस कदमलाई लोकतान्त्रिक मूल्य र संवैधानिक व्यवस्थाविपरीत ठहर गरेको छ। थप भनिएको छ, ‘संविधानले नागरिकलाई दिएको संवैधानिक अधिकार खोस्ने सरकारको रवैयाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी कडा प्रतिवाद गर्दछ। सामाजिक सञ्जाललाई एकैपटक बन्द गर्नु नागरिक अधिकारको प्रत्यक्ष उल्लङ्घन मात्र नभई लोकतान्त्रिक मूल्य र संवैधानिक व्यवस्था विपरीत कदम हो।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अर्थसहित ४ मन्त्रालय लिएर कांग्रेस मधेश सरकारमा सहभागी हुँदै
अर्थसहित ४ मन्त्रालय लिएर कांग्रेस मधेश सरकारमा सहभागी हुँदै
धरानको पानबारी वनभित्र मृत भेटिएकी महिलाको खुल्यो पहिचान
धरानको पानबारी वनभित्र मृत भेटिएकी महिलाको खुल्यो पहिचान
नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा आचार्य
नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा आचार्य
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ
हिजो तोलामा १४ सय बढेको सुनको मूल्य आज घट्यो
हिजो तोलामा १४ सय बढेको सुनको मूल्य आज घट्यो
पूर्वराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले रोक्दैन : शेरबहादुर देउवा
पूर्वराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले रोक्दैन : शेरबहादुर देउवा
कसले के गर्दा नेपाल ग्रे लिस्टमा पर्‍यो, छिट्टै सदनमा प्रस्तुत गर्छु : अर्थमन्त्री पौडेल
कसले के गर्दा नेपाल ग्रे लिस्टमा पर्‍यो, छिट्टै सदनमा प्रस्तुत गर्छु : अर्थमन्त्री पौडेल
रास्वपाले बोलायो संसदीय दलको बैठक
रास्वपाले बोलायो संसदीय दलको बैठक
आठौँ संस्करणको भोजपुर गोल्डकप वैशाख १४ देखि २० गतेसम्म
आठौँ संस्करणको भोजपुर गोल्डकप वैशाख १४ देखि २० गतेसम्म
संघीय संसदको अधिवेशन चैत १९ मा बोलाउन राष्ट्रपति समक्ष सिफारिस
संघीय संसदको अधिवेशन चैत १९ मा बोलाउन राष्ट्रपति समक्ष सिफारिस