नेपाल–भारत वाणिज्य सचिवस्तरको बैठक काठमाडौंमा शुरु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, पौष २६, २०८१
|
|
५२ पटक हेरिएको
Shares
नेपाल–भारत वाणिज्य सचिवस्तरको बैठक काठमाडौंमा शुरु

सारांश

  • विगत चार वर्षदेखि हुन नसकेको नेपाल–भारत वाणिज्य सचिवस्तरको बैठक आजदेखि काठमाडौंमा शुरु भएको हो ।
  • बैठकमा नेपालले भारतमा वस्तु निर्यातमा देखिएको समस्या समाधानदेखि वाणिज्य सन्धि पुनरावलोकनसम्मका विषय उठाउने गरिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता बाबुराम अधिकारीले बताए।
  • उनले भारत नेपालको आयात निर्यात र व्यापारका हिसावले महत्वपूर्ण पार्टनर भएकाले भारतसँगको यस्ता छलफल निकै महत्वपूर्ण हुने उल्लेख गर्नुभयो ।

२६ पुस, नेपाल—भारत वाणिज्य सचिवस्तरीय संयन्त्र (आईजीसी) को बैठक आजदेखि काठमाडौंमा शुरु भएको छ । विगत चार वर्षदेखि हुन नसकेको नेपाल–भारत वाणिज्य सचिवस्तरको बैठक आजदेखि काठमाडौंमा शुरु भएको हो ।

बैठकमा नेपालले भारतमा वस्तु निर्यातमा देखिएको समस्या समाधानदेखि वाणिज्य सन्धि पुनरावलोकनसम्मका विषय उठाउने गरिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता बाबुराम अधिकारीले बताए। उनले भारत नेपालको आयात निर्यात र व्यापारका हिसावले महत्वपूर्ण पार्टनर भएकाले भारतसँगको यस्ता छलफल निकै महत्वपूर्ण हुने उल्लेख गर्नुभयो । प्रवक्ता बाबुराम अधिकारीले नेपाल भारतबीच केही समयदेखि व्यापा र पारवहनमा देखिका समस्याहरु समाधान गर्ने विषयमा केन्द्रित भएर छलफल हुने जानकारी दिए।

उनले एक अर्को देशको गुणस्तर प्रमाणीकरण गर्ने निकायले जारी गरेको गुणस्तर प्रमाणपत्रलाई मान्यता दिन सहमति गर्ने, नेपाली निर्यातकर्ताले बीआईएस प्रमाणपत्र लिनुपर्ने व्यवस्थालाई नेपालको गुणस्तर तथा नापतौल विभागले दिने गुणस्तर प्रमाणपत्रलाई मान्यता दिन आग्रह गर्ने जस्ता एजेण्डा नेपालको रहेको बताए। उनले बैठकमा भारतका प्रतिनिधिहरु सकारात्मक भएर बैठकमा सहभागिता भएकाले बैठक उपलब्धिमुलुक हुने आशा रहेको बताए। नेपाली निर्यातकर्ताले बीआईएस प्रमाणपत्र लिन ढिलाई भएको विषयलाई पनि बैठकमा राखिने बताउँदै भारत त्यो विषयमा सकारात्मक रहेको उनले बताए।  उनले यो बैठकले नेपाली निर्यातकर्ताले बीआईएस प्रमाणपत्र लिन सहज बनाउने विषयमा ब्रेक थ्रु हुने बताए। .

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनमत पार्टीका प्रभावसाली नेता इन्जिनियर बिपिन कापरको सहयोगमा कृषि औजार वितरण
जनमत पार्टीका प्रभावसाली नेता इन्जिनियर बिपिन कापरको सहयोगमा कृषि औजार वितरण
भ्रमजालबाट मुक्त हुनुस् : प्रचण्डलाई राजेन्द्र लिङ्देनको सुझाव
भ्रमजालबाट मुक्त हुनुस् : प्रचण्डलाई राजेन्द्र लिङ्देनको सुझाव
सामान्य प्रशासन मन्त्रीमा भगवती न्यौपाने नियुक्त
सामान्य प्रशासन मन्त्रीमा भगवती न्यौपाने नियुक्त
नेपालले तेस्रोपटक टी–२० विश्वकप खेल्ने निश्चित
नेपालले तेस्रोपटक टी–२० विश्वकप खेल्ने निश्चित
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
यो वर्ष एसईईमा ५ लाख २२ हजार परीक्षार्थी, प्रश्नपत्र जिल्ला-जिल्लामा पठाइँदै
यो वर्ष एसईईमा ५ लाख २२ हजार परीक्षार्थी, प्रश्नपत्र जिल्ला-जिल्लामा पठाइँदै
सरकारको विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ : हर्क साम्पाङ
सरकारको विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ : हर्क साम्पाङ
काठमाडौं र ललितपुरका यी स्थानमा आज तीन घण्टा विद्युत अवरूद्ध हुने
काठमाडौं र ललितपुरका यी स्थानमा आज तीन घण्टा विद्युत अवरूद्ध हुने
सरकार जनता र सदनप्रति अनुत्तरदायी बनेको छ :अध्यक्ष राई
सरकार जनता र सदनप्रति अनुत्तरदायी बनेको छ :अध्यक्ष राई
मन्त्री हेरफेरको तत्काल कुनै संकेत छैनः मुख्यमन्त्री सिंह
मन्त्री हेरफेरको तत्काल कुनै संकेत छैनः मुख्यमन्त्री सिंह