अभिनेत्री रान्या राव, १४ किलो सुनसहित पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, फाल्गुन २१, २०८१
|
|
२८ पटक हेरिएको
Shares
अभिनेत्री रान्या राव, १४ किलो सुनसहित पक्राउ

सारांश

  • कन्नड र तमिल फिल्म अभिनेत्री रान्या रावलाई दुबईबाट फर्कने क्रममा १४.
  • ८ किलो सुनसहित राजस्व गुप्तचर विभागले पक्राउ गरेको छ ।
  • यो सुनको मूल्य लगभग १२ करोड भारू रुपैयाँ रहेको बताइएको छ ।

 

२१ फागुन,  काठमाडौं । कन्नड र तमिल फिल्म अभिनेत्री रान्या रावलाई दुबईबाट फर्कने क्रममा १४.८ किलो सुनसहित राजस्व गुप्तचर विभागले पक्राउ गरेको छ । यो सुनको मूल्य लगभग १२ करोड भारू रुपैयाँ रहेको बताइएको छ । राव कर्नाटकको प्रहरी महानिर्देशकको रूपमा कार्यरत एक आईपीएस अधिकारीकी छोरी हुन् । राव मङ्गलबार सुन लिएर बेङ्गलुरुको केम्पेगौडा अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएकी थिइन् ।

“उनको शरीरमा सुनका बारहरू चलाखीपूर्वक लुकाइएको थियो,” राजस्व गुप्तचर विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ । सुनका बारहरू उनको शरीरमा बाँधिएको विशेष बेल्टमा लुकाइएको थियो । यससँगै उनको साथबाट ८०० ग्राम सुनका गहना पनि बरामद भएको छ । विमानस्थलमा पक्राउ गरेपछि डीआरआईका अधिकारीहरूले उनको घरको खानतलासी गरेका थिए । खानतलासीको क्रममा उनको घरबाट २.०६ करोड रुपैयाँको सुनका गहना र २.६७ करोड रुपैयाँको नगद जफत गरिएको छ । डीआरआईले भन्यो, “महिला यात्रुलाई भन्सार ऐन, १९६२ अन्तर्गत पक्राउ गरिएको थियो र न्यायिक हिरासतमा पठाइएको छ ।

” यस मामिलामा कुल १७.२९ करोड रुपैयाँ जफत गरिएको छ । डीआरआईले दाबी गरेको छ, “१४.२ किलो सुन बरामद हुनु बेङ्गलुरु अन्तर्राष्ट्रिय विमानस्थलमा हालैका समयमा भएको सबैभन्दा ठूलो बरामदमध्ये एक हो ।” प्रहरी अधिकारीहरूबाट प्राप्त जानकारीअनुसार दुबई बारम्बार जाने भएकाले रान्या राव डीआरआईको निगरानीमा थिइन् । पछिल्ला पन्ध्र दिनमा चार पटक दुबई यात्रा गरेपछि उनीमाथिको शङ्का झनै बढ्यो । अन्य यात्रुहरूले अध्यागमन प्रक्रिया पार गर्नुपरेको बेला, रान्या राव कुनै जाँच बिना नै विमानस्थलबाट बाहिर निस्किएको बताइएको छ ।

उनी विमानस्थलमा आफू डीजीपीकी छोरी भएको दाबी गर्थिन् र आफ्नो पहिचान प्रमाणित गर्न एक प्रोटोकल हवल्दार सधैँ उनीसँगै हुन्थे । एक वरिष्ठ अधिकारीले भने, “प्रोटोकल कन्स्टेबल वा अधिकारीहरूलाई दोष दिनु गलत हुनेछ ।” ३२ वर्षीया अभिनेत्री रान्या राव लगभग १० वर्षअघि कन्नड फिल्म ‘माणिक्य’मा प्रसिद्ध कन्नड अभिनेता सुदीपसँग देखिएकी थिइन् । रावले यस फिल्मबाट आफ्नो पहिचान बनाइन् । दुई वर्षपछि उनले विक्रम प्रभुको अपोजिटमा तमिल फिल्म वाघमा अभिनय गरिन् । सन् २०१७ मा उनले प्रसिद्ध अभिनेता गणेशको अपोजिट कन्नड फिल्म ‘पत्की’ मा मुख्य भूमिका निभाएकी थिइन् । पत्रकारबाट फिल्म निर्माता सुनैना सुरेशले भनिन्, “उनी पछिल्ला केही वर्षदेखि फिल्म उद्योगमा सक्रिय छैनन् ।

तर, उनले काम गरेका फिल्महरूमा महत्वपूर्ण भूमिकामा खेलेकी छन् ।” कन्नड फिल्म उद्योगकी अर्की सदस्य, जसले आफ्नो पहिचान नबताउने शर्तमा भनिन्, “रावले इन्जिनियरिङ पूरा गरेपछि फिल्म उद्योगमा प्रवेश गरेकी थिइन् ।” राव कर्नाटकको चिक्कमगालुरु जिल्लाकी बासिन्दा हुन् । उनकी आमा कफी किसान परिवारकी हुन् र उनका बुवा रामचन्द्र राव कर्नाटक प्रहरी आवास निगमका प्रमुख हुन् । रामचन्द्रले स्थानीय पत्रिकालाई भने, “रान्याको गतिविधिसँग कुनै सम्बन्ध छैन र मलाई छोरी र ज्वाइँको व्यवसायको बारेमा कुनै जानकारी छैन ।” रान्याको चार महिनाअघि विवाह भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका लागि सामूहिक प्रतिबद्धता आवश्यक : बालेन
नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका लागि सामूहिक प्रतिबद्धता आवश्यक : बालेन
आज पनि चल्न सकेन राष्ट्रियसभा बैठक, भोलिसम्मका लागि स्थगित
आज पनि चल्न सकेन राष्ट्रियसभा बैठक, भोलिसम्मका लागि स्थगित
नक्कली लाइसेन्स प्रकरणमा यातायात विभागका इञ्जिनियर पक्राउ
नक्कली लाइसेन्स प्रकरणमा यातायात विभागका इञ्जिनियर पक्राउ
फुटबल टिमको मुख्य प्रशिक्षकमा म्याट रोस नियुक्त, एक वर्षको सम्झौता
जनकपुरको निजी अस्पतालमा अनुगमन जारी, ४ अस्पताल बन्द
जनकपुरको निजी अस्पतालमा अनुगमन जारी, ४ अस्पताल बन्द
ठूला दुई दल मिलेर बनेको स्थिर सरकारले आक्रमक ढंगबाट काम गर्न आवश्यक : मन्त्री खड्का
ठूला दुई दल मिलेर बनेको स्थिर सरकारले आक्रमक ढंगबाट काम गर्न आवश्यक : मन्त्री खड्का
सार्वजनिक लेखा समितिको काम प्रभावकारी बनाउनुपर्नेमा जोड
सार्वजनिक लेखा समितिको काम प्रभावकारी बनाउनुपर्नेमा जोड
इजरायली सेनाद्वारा २ प्यालेस्टिनी बालबालिकाको हत्या
इजरायली सेनाद्वारा २ प्यालेस्टिनी बालबालिकाको हत्या
हाइटेन्सन लाइनमा छोइँदा करेन्ट लागेर छात्राको मृ*त्यु
हाइटेन्सन लाइनमा छोइँदा करेन्ट लागेर छात्राको मृ*त्यु
बाराको उनासी पुलमा बस दुर्घटना, ४३ जना घाइते, आठको अवस्था गम्भीर
बाराको उनासी पुलमा बस दुर्घटना, ४३ जना घाइते, आठको अवस्था गम्भीर