सांसद खरेलको सम्पर्क कार्यालय उद्घाटन, चुनाव जितेपछि हराउने प्रथाको अन्त्य गर्ने उद्देश्य

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र १९, २०८२
|
|
४३ पटक हेरिएको
Shares
सांसद खरेलको सम्पर्क कार्यालय उद्घाटन, चुनाव जितेपछि हराउने प्रथाको अन्त्य गर्ने उद्देश्य

सारांश

  • ललितपुर क्षेत्र नम्बर २ स्थित ग्वार्को चोक नजिकै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलको सम्पर्क कार्यालय उद्घाटन गरिएको छ ।
  • बिहीबार एक विशेष कार्यक्रमको आयोजनागरी उक्त कार्यालयको उद्घाटन गरिएको हो ।
  • कार्यालय उद्घाटनपछि सांसद खरेलले चुनावमा जनतासँग नजिक हुने र चुनाव जितेपछि सांसदहरु हराउने प्रथाको अन्त्य गर्ने उद्देश्यले सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको बताए ।

१९ चैत,काठमाडौं ।

ललितपुर क्षेत्र नम्बर २ स्थित ग्वार्को चोक नजिकै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलको सम्पर्क कार्यालय उद्घाटन गरिएको छ ।बिहीबार एक विशेष कार्यक्रमको आयोजनागरी उक्त कार्यालयको उद्घाटन गरिएको हो । कार्यालय उद्घाटनपछि सांसद खरेलले चुनावमा जनतासँग नजिक हुने र चुनाव जितेपछि सांसदहरु हराउने प्रथाको अन्त्य गर्ने उद्देश्यले सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको बताए ।

अब कार्यालय उद्घाटन भएसँगै जनतासँग प्रत्यक्ष नियमितरुपमा जोडिने, सम्पर्क र सम्बन्ध बनाउने साथै कुराकानी गर्ने उनको भनाई छ ।उनले भने,‘चुनावमा आउने र चुनाव सकिएपछि र जितेपछि सांसदहरु हराउने प्रथाको अन्त्य हुनुपर्छ भन्ने लागेर हामीले जनतासँग प्रत्यक्ष एवम नियमितरुपमा जोडिन, सम्पर्क सम्बन्ध बढाउन र कुराकानी गर्नको लागि ग्वार्को चोकमा सांसद सम्पर्क कार्यालय उद्घाटन गरेको छौं ।उनको अुनसार आफ्नो क्षेत्रका मतदाताको लागि छुट्टै विशेष समय छुट्याइएको छ ।

हरेक शनिबार बिहान ७ बजेदेखि १० बजेसम्म ललितपुर क्षेत्र नं२का जनताले मात्र भेट्न पाउने छन् । त्यो बाहेकको समयमा भने अरुले पनि भेट गर्न सक्नेछन् ।‘हरेक शनिबार ७ बजेदेखि १० बजेको समयमा ललितपुर २को जनताको लागि मात्र भनेर छुट्याएको छौं । अब जनताको समस्या ,धारणा र सुझाव प्रत्यक्ष रुपमा लिने छौं । अब सांसद देखिन्छ, सुनिन्छ र भेटिन्छ पनि ।’उनले अत्यधिक मतले आफूलाई विजयी गराउने मतदाताहरुलाई धन्यवाद समेत दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भिजिट भिसा प्रकरण : छानबिन समितिप्रति रास्वपा असन्तुष्ट, थप निर्णय गर्न बैठक बस्दै
भिजिट भिसा प्रकरण : छानबिन समितिप्रति रास्वपा असन्तुष्ट, थप निर्णय गर्न बैठक बस्दै
गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवा
गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवा
मुलुक सधैं यस्तो अवस्थामा रहिरहन सक्दैन, समाधान निकालौं : पूर्वराष्ट्रपति भण्डारी
मुलुक सधैं यस्तो अवस्थामा रहिरहन सक्दैन, समाधान निकालौं : पूर्वराष्ट्रपति भण्डारी
काठमाडौँ विश्वविद्यालयको उपकुलपति सिफारिसका लागि दबाब दिन प्राध्यापक संघद्वारा आन्दोलनको घोषणा
काठमाडौँ विश्वविद्यालयको उपकुलपति सिफारिसका लागि दबाब दिन प्राध्यापक संघद्वारा आन्दोलनको घोषणा
सुदूरपश्चिम प्रदेश सरकारबाट बाहिरियो नाउपा
सुदूरपश्चिम प्रदेश सरकारबाट बाहिरियो नाउपा
भारतको केदारनाथ नजिकै पहिरोमा परी मृत्यु हुने चार नेपालीको पहिचान खुल्यो
भारतको केदारनाथ नजिकै पहिरोमा परी मृत्यु हुने चार नेपालीको पहिचान खुल्यो
सुदूरपश्चिम प्रदेशमा बजेट अधिवेशनको तयारी
सुदूरपश्चिम प्रदेशमा बजेट अधिवेशनको तयारी
प्रतिनिधिसभाको बैठक बस्दै
प्रतिनिधिसभाको बैठक बस्दै
३ दिनमा १५ हजार ४ सय बढेको सुनको मूल्य आज पनि वृद्धि
३ दिनमा १५ हजार ४ सय बढेको सुनको मूल्य आज पनि वृद्धि
शाहबको ह्याट्रिकसहित ६ विकेट, पोखरालाई हराउँदै काठमान्डु गोर्खाज प्लेअफमा
शाहबको ह्याट्रिकसहित ६ विकेट, पोखरालाई हराउँदै काठमान्डु गोर्खाज प्लेअफमा