यी हुन आज अवरुद्ध भएका सडकहरू (सूचीसहित)

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन ६, २०८२
|
|
२९ पटक हेरिएको
Shares
यी हुन आज अवरुद्ध भएका सडकहरू (सूचीसहित)

सारांश

  • दशैँ पर्व सुरु भइसक्दा पनि वर्षा नरोकिंदा सडक यात्रा प्रभावित भएको छ ।
  • पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका यात्रुहरु अप्ठेरोमा परेका छन् ।
  • आज बिहान ९ बजेसम्मको जानकारी अनुसार देशका ५ सडक पूर्णरुपमा अवरुद्ध भएका छन् भने ७ सडक एकतर्फी रुपमा मात्रै सञ्चालनमा आएका छन् ।

६ असोज, काठमाडौं ।

दशैँ पर्व सुरु भइसक्दा पनि वर्षा नरोकिंदा सडक यात्रा प्रभावित भएको छ । पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका यात्रुहरु अप्ठेरोमा परेका छन् । आज बिहान ९ बजेसम्मको जानकारी अनुसार देशका ५ सडक पूर्णरुपमा अवरुद्ध भएका छन् भने ७ सडक एकतर्फी रुपमा मात्रै सञ्चालनमा आएका छन् । प्रहरीका अनुसार कोशी राजमार्ग अन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका-४ बरुण र मकालु गाउँपालिका-३ एकुवा क्षेत्रमा सडक पूर्ण रुपमा अवरुद्ध छ । बाढीका कारण रसुवाको गोसाइकुन्ड गाउँपालिका-२ स्थित नेपाल चीन नाका जोड्ने पुल पूर्ण रुपमा बन्द भएको छ ।

पहिरोले पासाङ ल्हामु राजमार्गअन्तर्गत रसुवाको गोसाइकुन्ड-२ कै बालुवाखानीस्थित सडक पूर्णरुपमा अवरुद् भएको छ । अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ कोदारीस्थित सडक पूर्ण रुपमा बन्द भएको छ । अवरुद्ध भएका सडकहरू सुरक्षाकर्मीसहितको टोलीले खुलाउने प्रयास गरिरहेको छ । मुग्लिन-नारायणगढ सडक पनि लामो समयको प्रयासपछि एकतर्फी रुपमा मात्रै सञ्चालनमा आएको छ । रातिको समयमा भने जोखिम हुने भन्दै बन्द गरिएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लुम्बिनी लायन्सलाई विराटनगर किंग्सको १४५ रनको लक्ष्य
लुम्बिनी लायन्सलाई विराटनगर किंग्सको १४५ रनको लक्ष्य
मधेश प्रदेशमा पहिलो पटक महिला क्रिकेट प्रतियोगिता हुँदै
मधेश प्रदेशमा पहिलो पटक महिला क्रिकेट प्रतियोगिता हुँदै
सुन्दरीजलमा युवतीको हत्या, दुई जना पक्राउ
सुन्दरीजलमा युवतीको हत्या, दुई जना पक्राउ
बाँकेको नेपालगञ्जमा कर्फ्यु
बाँकेको नेपालगञ्जमा कर्फ्यु
संसदीय छानबिन समिति नबनेसम्म कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्न नदिने
संसदीय छानबिन समिति नबनेसम्म कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्न नदिने
प्रधानमन्त्री कप क्रिकेट: कोशीविरुद्ध मधेशले जोड्यो हालसम्मकै उच्चस्कोर, तीन खेलाडीले हिर्काए अर्धशतक
प्रधानमन्त्री कप क्रिकेट: कोशीविरुद्ध मधेशले जोड्यो हालसम्मकै उच्चस्कोर, तीन खेलाडीले हिर्काए अर्धशतक
रास्वपाका समानुपातिक सांसदको नाम सार्वजनीक
रास्वपाका समानुपातिक सांसदको नाम सार्वजनीक
पानीमा डुबेर एक युवकको मृत्यु
पानीमा डुबेर एक युवकको मृत्यु
विदेशी मुद्रासहित नेपाल वायु सेवा निगमका दुई कर्मचारी पक्राउ
विदेशी मुद्रासहित नेपाल वायु सेवा निगमका दुई कर्मचारी पक्राउ
भारतीय प्रधानमन्त्री मोदीको निजी सचिवमा निधि तिवारी नियुक्त
भारतीय प्रधानमन्त्री मोदीको निजी सचिवमा निधि तिवारी नियुक्त