Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

महोत्तरीको जलेश्वर र गौशाला बजार बन्द

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण १५, २०८३
|
|
६९ पटक हेरिएको
Shares
महोत्तरीको जलेश्वर र गौशाला बजार बन्द

सारांश

  • सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर तथा गौशाला बजार शुक्रबार बन्द गरिएको छ ।
  • प्रदर्शनकारीहरूले जलेश्वरका विभिन्न चोकमा टायर बालेर विरोध प्रदर्शन गर्दै बजार, व्यवसाय तथा यातायात पूर्ण रूपमा बन्द गराएका छन् ।
  • बन्दका कारण दैनिक जनजीवन प्रभावित भएको छ भने बजार क्षेत्र सुनसान बनेको छ ।

 

१५ साउन, महोत्तरी ।

सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर तथा गौशाला बजार शुक्रबार बन्द गरिएको छ । प्रदर्शनकारीहरूले जलेश्वरका विभिन्न चोकमा टायर बालेर विरोध प्रदर्शन गर्दै बजार, व्यवसाय तथा यातायात पूर्ण रूपमा बन्द गराएका छन् । बन्दका कारण दैनिक जनजीवन प्रभावित भएको छ भने बजार क्षेत्र सुनसान बनेको छ । सर्वसाधारणको चहलपहल फाटफुट रुपमा मात्र देखिएको छ । यस्तै, जिल्लाको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा पनि हिन्दुवादी संघ–संगठनका अगुवाहरूले विरोध प्रदर्शन गर्दै बजार व्यवसाय बन्द गराएका छन् ।

यद्यपि, जिल्लाको समग्र सुरक्षा अवस्था सामान्य रहेको महोत्तरीका प्रहरी प्रवक्ता एवं डिएसपी पञ्चलाल गोलेले जानकारी दिए । उनका अनुसार जिल्लाका केही स्थानमा छिटफुट प्रदर्शन भए पनि अवस्था नियन्त्रणमा रहेको छ । सम्भावित परिस्थितिलाई ध्यानमा राख्दै जिल्लाभर सुरक्षा व्यवस्था थप कडा पारिएको उनले बताए । यसैबीच, जिल्ला प्रशासन कार्यालय महोत्तरीले शान्ति, सामाजिक सद्भाव, आपसी भाइचारा तथा धार्मिक सहिष्णुता कायम राख्न सम्पूर्ण जिल्लावासीसँग हार्दिक अपिल गरेको छ । प्रशासनले जारी गरेको अपिलमा महोत्तरी सदियौँदेखि धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी भाइचाराको उदाहरणका रूपमा परिचित जिल्ला रहेको उल्लेख गर्दै कुनै पनि बाह्य प्रभाव, अफवाह वा उत्तेजनात्मक गतिविधिले समाजको शान्ति र एकतामा नकारात्मक असर पार्न सक्ने भएकाले संयमित, जिम्मेवार र कानुनको पालना गर्दै सामाजिक सद्भाव कायम राख्न सबैसँग आग्रह गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विशेष महाधिवेशन माग्नु पार्टी फुटाउने प्रयास होइन : गगन थापा
विशेष महाधिवेशन माग्नु पार्टी फुटाउने प्रयास होइन : गगन थापा
कलैयामा गोली प्रहारबाट घाइते भएका प्रधानाध्यापकको मृत्यु
कलैयामा गोली प्रहारबाट घाइते भएका प्रधानाध्यापकको मृत्यु
झापा गोल्डकपका पूर्व अध्यक्ष बस्नेत घरमै झुण्डिएको अवस्थामा मृ*त फेला
झापा गोल्डकपका पूर्व अध्यक्ष बस्नेत घरमै झुण्डिएको अवस्थामा मृ*त फेला
गण्डकीमा लमजुङका भेषबहादुर पौडेल वनमन्त्री बन्दै
गण्डकीमा लमजुङका भेषबहादुर पौडेल वनमन्त्री बन्दै
मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा ढुंगामुढा
मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा ढुंगामुढा
शीर्ष नेताको बैठक स्थगित
प्रतिबन्धित लागू औषध र गाँजा सहित फार्मेसी सञ्चालिका र अन्य दुईजना पक्राउ
प्रतिबन्धित लागू औषध र गाँजा सहित फार्मेसी सञ्चालिका र अन्य दुईजना पक्राउ
चितवन राष्ट्रिय निकुञ्जमा नियन्त्रित डढेलो
चितवन राष्ट्रिय निकुञ्जमा नियन्त्रित डढेलो
सीआईबीले नियन्त्रणमा लियाे डीडीसी मुख्यालयका महत्त्वपूर्ण कागजात
सीआईबीले नियन्त्रणमा लियाे डीडीसी मुख्यालयका महत्त्वपूर्ण कागजात
क्रिकेट संघद्धारा फाइनल खेलको टिकट बिक्रीबाट आउने रकमको आधा भूकम्प पीडितलाई दिने घोषणा.
क्रिकेट संघद्धारा फाइनल खेलको टिकट बिक्रीबाट आउने रकमको आधा भूकम्प पीडितलाई दिने घोषणा.