चितवन राष्ट्रिय निकुञ्जमा नियन्त्रित डढेलो

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र २०, २०८१
|
|
२५ पटक हेरिएको
Shares
चितवन राष्ट्रिय निकुञ्जमा नियन्त्रित डढेलो

सारांश

  • गत फागुन दोस्रो सातादेखि निकुञ्जले घाँसेमैदान व्यवस्थापनका लागि नियन्त्रित डढेलो लगाएको हो ।
  • निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार घाँसेमैदान व्यवस्थापनका लागि नियन्त्रित डढेलो लगाइएको बताउँदै निकुञ्जका कर्मचारी, नेपाली सेना, स्थानीयसहितको टोलीले डढेलो लगाएर नियन्त्रणमा लिएका जानकारी दिए ।
  • उनका अनुसार निकुञ्जको पूर्वी क्षेत्रमा दुई सय हेक्टरभन्दा बढी र पश्चिम क्षेत्रमा तीन सय हेक्टरभन्दा वढी क्षेत्रफलमा डढेलो लगाइएको थियो ।

 

२० चैत, चितवन-

चितवन राष्ट्रिय निकुञ्जले पाँच सय हेक्टरभन्दा बढी क्षेत्रफलमा नियन्त्रित डढेलो लगाएको छ । गत फागुन दोस्रो सातादेखि निकुञ्जले घाँसेमैदान व्यवस्थापनका लागि नियन्त्रित डढेलो लगाएको हो । निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार घाँसेमैदान व्यवस्थापनका लागि नियन्त्रित डढेलो लगाइएको बताउँदै निकुञ्जका कर्मचारी, नेपाली सेना, स्थानीयसहितको टोलीले डढेलो लगाएर नियन्त्रणमा लिएका जानकारी दिए ।

उनका अनुसार निकुञ्जको पूर्वी क्षेत्रमा दुई सय हेक्टरभन्दा बढी र पश्चिम क्षेत्रमा तीन सय हेक्टरभन्दा वढी क्षेत्रफलमा डढेलो लगाइएको थियो । “घाँसेमैदानमा भएका ज्वलनशील पदार्थमा डढेलो लगाएर नियन्त्रणमा लिएका हौँ”, सूचना अधिकारी मगरले भने । निकुञ्जमा नेपाली सेना र निकुञ्ज कर्मचारीले डढेलो लगाएका बताउँदै मध्यवर्ती सामुदायिक वनमा उपभोक्ता समितिहरूले निकुञ्जको समन्वयमा नियन्त्रित रूपमा घाँसेमैदान व्यवस्थापनका लागि डढेलो लगाएका उनले जानकारी दिए । अहिले नियन्त्रित डढेलो लगाइसकिएको बताउँदै उनले अग्नि रेखा व्यवस्थापनको कामलाई तीव्र बनाइएको मगरले जानकारी दिए ।

उनले भने, “निकुञ्जभित्र रहेका अग्नि रेखाहरूको व्यवस्थापनको काम भइरहेको छ । सरसफाइ गर्ने, नयाँ अग्नि रेखा बनाउनेलगायत काम भइरहेका छन् ।” पछिल्ला दिनमा अनियन्त्रित डढेलो लगाउन सुरु भएकाले यसलाई रोक्न नेपाली सेना र निकुञ्ज कर्मचारीसहित २० जनाको संयुक्त ‘रेस्पोन्स’ समूह बनाएर काम भइरहेको उनले बताए । निकुञ्ज क्षेत्रमा भन्दा अहिले मध्यवर्ती क्षेत्रमा अनियन्त्रित डढेलो बढी लगाइएको पाइएपछि टिमले ती डढेलो नियन्त्रण गर्दै आइरहेको निकुञ्जका सूचना अधिकारी मगरले बताए । उनका अनुसार निकुञ्जमा १० हजार हेक्टर क्षेत्रफल घाँसेमैदान रहेकामा अहिले तीन सय हेक्टर क्षेत्रफलको घाँसेमैदान व्यवस्थापन गरिएको छ । नियन्त्रित डढेलोबाट वन्यजन्तुले नखाने ढड्डी, फोहर, पातलगायत घाँस डढ्ने गर्दछ । घाँसेमैदानमा नियन्त्रित डढेलो लगाउँदा नयाँ र कलिलो घाँस पलाउने भएकाले जनावरलाई चरनका लागि सहज हुन्छ”, मगरले भने ।

उनका अनुसार नियन्त्रित डढेलोले जनावरमा क्षति गर्दैन । डढेलोपछि उम्रने कलिलो घाँसका कारण वन्यजन्तु बस्ती पस्न पनि कम हुने उहाँले विश्वास व्यक्त गरे । वसन्तयममा घाँस तथा बुट्टयानमा नयाँ पालुवा पलाउने मौसम भएकाले नियन्त्रित डढेलो लगाउने गरिन्छ ।यस निकुञ्जमा गैँडा, बाघ, हात्ती, चित्तललगायत दुलर्भ वन्यजन्तुहरू छन् । यहाँ विश्वभरबाट पर्यटक जङ्गल सफारीका लागि आउने गर्दछन् । नियन्त्रित डढेलो लगाएर निकुञ्ज सफा भएपछि निकुञ्जभित्रको बाटोबाट टाढाटाढासम्म वन्यजन्तु देख्न सकिन्छ । डढेलोपछिको मौसममा पर्यटकहरूले सहजै वन्यजन्तु देख्ने भएकाले सफारीका लागि रुचाउने निकुञ्ज कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दक्षिणपश्चिम पाकिस्तानमा बम विस्फोट : १० मजदुरको मृत्यु
दक्षिणपश्चिम पाकिस्तानमा बम विस्फोट : १० मजदुरको मृत्यु
नेपाल प्रहरीकी सहायक निरीक्षक कुञ्जाङ सगरमाथा चुचुरोमा
नेपाल प्रहरीकी सहायक निरीक्षक कुञ्जाङ सगरमाथा चुचुरोमा
जनकपुरस्थित धानखेतमा एक युवकको शव फेला
जनकपुरस्थित धानखेतमा एक युवकको शव फेला
राष्ट्रियसभामा शून्य समयः ‘कुलिङ पिरियड’को घटनाका दोषीलाई कारबाही गर्न माग
राष्ट्रियसभामा शून्य समयः ‘कुलिङ पिरियड’को घटनाका दोषीलाई कारबाही गर्न माग
९० वर्षभन्दा माथिका नागरिकलाई सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य नहुने
९० वर्षभन्दा माथिका नागरिकलाई सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य नहुने
साफ यू–१७ च्याम्पियनसिपः नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै
साफ यू–१७ च्याम्पियनसिपः नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै
एमालेले अध्यक्ष ओलीको पक्राउको विरोधमा थप देशव्यापी विरोध कार्यक्रम गर्ने
एमालेले अध्यक्ष ओलीको पक्राउको विरोधमा थप देशव्यापी विरोध कार्यक्रम गर्ने
भूमिहीन नागरिकको समस्या भूमि समस्या समाधान आयोगबाट हुन्छ
भूमिहीन नागरिकको समस्या भूमि समस्या समाधान आयोगबाट हुन्छ
आदिवासी आयोगद्वारा प्रदेश प्रमुखलाई प्रतिवेदन हस्तान्तरण
आदिवासी आयोगद्वारा प्रदेश प्रमुखलाई प्रतिवेदन हस्तान्तरण
माइतीघरबाट पक्राउ परेकाहरूलाई तत्काल रिहा गर्न ज्ञानेन्द्र शाहीको माग
माइतीघरबाट पक्राउ परेकाहरूलाई तत्काल रिहा गर्न ज्ञानेन्द्र शाहीको माग