बुटबलमा झन्डै डेढ करोड राजस्व छल्ने दुई व्यवसायीविरुद्ध मुद्दा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ २, २०८२
|
|
३२ पटक हेरिएको
Shares
बुटबलमा झन्डै डेढ करोड राजस्व छल्ने दुई व्यवसायीविरुद्ध मुद्दा

सारांश

  • झन्डै डेढ करोड राजस्व छलीमा रूपन्देही बुटवलका दुई व्यवसायीविरुद्ध मुद्दा दायर गरिएको छ ।
  • राजस्व अनुसन्धान विभागअन्तर्गत रहेको राजस्व अनुसन्धान कार्यालय बुटवलले मोटर पार्टसको कारोबार गर्दै आएका बस व्यवसायी दधिराम खरेल र उहाँका साझेदार जगन्नाथ खनालविरुद्ध उच्च अदालतत तुलसीपुरको बुटवल इजलासमा मुद्दा दायर गरेको हो ।
  • उनीहरू सञ्चालक रहेको फर्मबाट गाडीका महँगा पार्टसहरू राजस्व छली गरेर ल्याउने र बिक्री वितरण गर्ने गरेको र साना गाडीका महँगा पार्टसको तस्करीको आरोपमा राजस्व अनुसन्धान कार्यालयले मुद्दा दायर गरेको हो ।

२ जेठ, काठमाडौं ।

झन्डै डेढ करोड राजस्व छलीमा रूपन्देही बुटवलका दुई व्यवसायीविरुद्ध मुद्दा दायर गरिएको छ । राजस्व अनुसन्धान विभागअन्तर्गत रहेको राजस्व अनुसन्धान कार्यालय बुटवलले मोटर पार्टसको कारोबार गर्दै आएका बस व्यवसायी दधिराम खरेल र उहाँका साझेदार जगन्नाथ खनालविरुद्ध उच्च अदालतत तुलसीपुरको बुटवल इजलासमा मुद्दा दायर गरेको हो ।

उनीहरू सञ्चालक रहेको फर्मबाट गाडीका महँगा पार्टसहरू राजस्व छली गरेर ल्याउने र बिक्री वितरण गर्ने गरेको र साना गाडीका महँगा पार्टसको तस्करीको आरोपमा राजस्व अनुसन्धान कार्यालयले मुद्दा दायर गरेको हो । शुभलक्ष्मी अटो लिंक प्रालिका प्रोप्राइटर खनाल र खरेल राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ संशोधनसहितको दफा २०९६० बमोजिम मुद्दा दायर भएको राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख विवेक घिमिरेले जानकारी दिनुभयो । उनीहरुविरुद्ध बिगो र बिगो बराबरको जरिमाना माग गर्दै १ करोड ४४ लाख २२ हजारको मुद्दा दायर गरिएको राजस्व अनुुसन्धान कार्यालयले जनाएको छ ।

प्रतिवादीहरूले सो फर्मका नाममा मालवस्तु खरिद गरी मौज्दात किताबमा प्रविष्टि नगर्नु, बिजक नै जारी नगरी मालवस्तु बिक्री गर्नु, बिक्री भएको मालवस्तुको अभिलेख बिक्री खातामा प्रविष्टि नगर्नु, पेस गरेको मौज्दात विवरणभन्दा अधिक मालवस्तु गोदामबाट फेला पर्नु, बढी फेला परेको मालवस्तुको खरिद तथा भन्सार पैठारी गरेको कुनै निस्सा प्रमाण निजसँग नहुनु तथा कारोबार छल्ने उद्देश्यले न्यून बिक्री देखाई राजस्व चुहावट कसुर गरेको पुष्टि भएकोले ७२ लाख ११ हजार तीनसय रुपियाँ बिगो कायम गरी बिगोको शतप्रतिशत जरिवाना गरी एक करोड चवालिस लाख बाइस हजार छ सय असुलउपर गरी हदैसम्मको कैद सजायको मागदाबी गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गण्डकीमा लमजुङका भेषबहादुर पौडेल वनमन्त्री बन्दै
गण्डकीमा लमजुङका भेषबहादुर पौडेल वनमन्त्री बन्दै
टी-२० अन्तर्राष्ट्रिय खेलमा शतक पूरा गर्दै नेपाली राष्ट्रिय टोली
टी-२० अन्तर्राष्ट्रिय खेलमा शतक पूरा गर्दै नेपाली राष्ट्रिय टोली
राष्ट्रिय सभाको बैठक बस्दै
राष्ट्रिय सभाको बैठक बस्दै
मधेसी आयोगको छैटौँ वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस, आरक्षणको नीति परिमार्जन गर्न सिफारिस
मधेसी आयोगको छैटौँ वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस, आरक्षणको नीति परिमार्जन गर्न सिफारिस
कुस्मा बजारमा ८० लाख खर्चेर निर्माण गरिएको घण्टाघर प्रयोगहीन, घडी नै नेपालमा पाइएन
कुस्मा बजारमा ८० लाख खर्चेर निर्माण गरिएको घण्टाघर प्रयोगहीन, घडी नै नेपालमा पाइएन
रुकुमपश्चिममा चट्याङ लागेर एक महिलाको मृ*त्यु
रुकुमपश्चिममा चट्याङ लागेर एक महिलाको मृ*त्यु
सुनसरीमा दुवै मृतकका परिवारलाई भेट्दै गृहमन्त्री गुरुङ
सुनसरीमा दुवै मृतकका परिवारलाई भेट्दै गृहमन्त्री गुरुङ
माटोको ढिस्कोले पुरिएर सर्लाहीमा चार जनाको मृ*त्यु
माटोको ढिस्कोले पुरिएर सर्लाहीमा चार जनाको मृ*त्यु
मन्त्री दाहालद्वारा सडक योजना भवन उद्घाटन
मन्त्री दाहालद्वारा सडक योजना भवन उद्घाटन
काठमाडौंका सीडीओको आदेश- सार्वजनिक सम्पत्ति तोडफोड भए गोली चलाउनू
काठमाडौंका सीडीओको आदेश- सार्वजनिक सम्पत्ति तोडफोड भए गोली चलाउनू