संविधानमाथि चुनौती दिन केही शक्ति सक्रियः महासचिव पोखरेल

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र २३, २०८१
|
|
३९ पटक हेरिएको
Shares
संविधानमाथि चुनौती दिन केही शक्ति सक्रियः महासचिव पोखरेल

सारांश

  •   पेसागत महासङ्घ नेपाल राष्ट्रिय समितिको तेस्रो राष्ट्रिय परिषद् बैठकलाई आज सम्बोधन गर्दै उहाँले संविधानबाहिर केही पनि जान नसक्ने बताउनुभयो ।
  • उहाँले पूर्वराजाका गतिविधिले संविधान कार्यान्वयनमा केही चुनौती थपेको बताउनुभयो ।
  •   महासचिव पोखरेलले संविधान कार्यान्वयन गर्ने सम्बन्धमा छिटोभन्दा छिटो कानुन बनाउनुपर्छ भन्नेमा वर्तमान सरकार तथा एमाले र नेपाली कांग्रेस प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।
  २३ चैत,  काठमाडौँ,
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले  संविधान र व्यवस्थामाथि चुनौती दिने गरी केही शक्ति सक्रिय भएको बताउनुभएको छ ।  पेसागत महासङ्घ नेपाल राष्ट्रिय समितिको तेस्रो राष्ट्रिय परिषद् बैठकलाई आज सम्बोधन गर्दै उहाँले संविधानबाहिर केही पनि जान नसक्ने बताउनुभयो । उहाँले पूर्वराजाका गतिविधिले संविधान कार्यान्वयनमा केही चुनौती थपेको बताउनुभयो ।  महासचिव पोखरेलले संविधान कार्यान्वयन गर्ने सम्बन्धमा छिटोभन्दा छिटो कानुन बनाउनुपर्छ भन्नेमा वर्तमान सरकार तथा एमाले र नेपाली कांग्रेस प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।
उहाँले पञ्चायतसँग गणतन्त्रलाई तुलना गरेर अस्थिरता मच्चाउने अपराधी भएको बताउनुभयो । “पञ्चायत र राजतन्त्रसँग जोडेर नेपाली समाजमा जुन प्रचार गरिँदै छ, त्यो अपराध हो, हामी परिवर्तनकारी हौँ, हामी लोकतन्त्रवादी हौँ, यसका आधारमा हामीले आफ्ना दृष्टिकोण समाजमा राख्नसक्नु पर्दछ,” उहाँले भन्नुभयो । महासचिव पोखरेलले नेपालमा सुशासन र सेवाप्रवाहको कारणले जनतालाई प्रश्न उठेको भन्दै सुशासन कायम गर्ने र सेवाप्रवाहलाई छिटोछरिता बनाउन पेसागत महासङ्घलाई आग्रह गर्नुभयो ।  “राजनीतिक नेतृत्वले नीतिगत निर्णय गरिदिन्छ, प्रशासनले कार्यन्वयन गर्ने हो, प्रशासनयन्त्र सक्रिय नहुने हो भने जतिसुकै राम्रा योजना बनाएर पनि परिमाण आउँदैन,” महासचिव पोखरेलले भन्नुभयो, “अहिले हाम्रा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली जति बिहानदेखि बेलुकासम्म जति खट्नुहुुन्छ, त्यति प्रशासनतन्त्र खटेका छैनन्, देश बनाउने कुरा जागिर नभई भावना, आन्दोलन हो ।”
उहाँले सुशासन र सेवा प्रवाहलाई प्रभावकारी बनाउनका लागि सरकारले विभिन्न कानुन संशोधन गरेको बताउनुभयो । यही चैत १५ गते भएको आपराधिक क्रियाकलापमा संलग्न र जिम्मेवार मानिसहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्ने भन्दै उक्त दिनको घटनाको सबै जिम्मा पूर्वराजा ज्ञानेन्द्रले लिनुपर्ने उहाँको भनाइ राख्नुभयो  ।  “काठमाडौँमा प्रदर्शनको नाममा जुन हर्कत भए ती आपराधिक, संविधान विरोधी र जनविरोधी क्रियाकलापका रूपमा भएका छन्,” महासचिव पोखरेलले भन्नुभयो । उहाँले सामाजिक सञ्जालबाट भ्रमको खेती मात्र गरिएको भन्दै त्यस भ्रमलाई चिर्नुपर्ने बताउनुभयो ।  पेसागत महासङ्घका अध्यक्ष पुण्य ढकालले सरकारले सेवा प्रवाहलाई चुस्त बनाउन खोजेको बताउनुभयो । उहाँले कर्मचारीतन्त्र स्थायी सरकार भएकाले सरकारले गरेका कामलाई प्रभावकारी कार्यन्वयन गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

झापामा सात सय ७६ घरेलु तथा साना उद्योग थपिए
झापामा सात सय ७६ घरेलु तथा साना उद्योग थपिए
जनमत-नाउपा एकता वार्ता बर्दियामा जारी
जनमत-नाउपा एकता वार्ता बर्दियामा जारी
आज यी पाँच प्रदेशमा चट्याङसहित वर्षा हुने सम्भावना
आज यी पाँच प्रदेशमा चट्याङसहित वर्षा हुने सम्भावना
३० अंक बढ्यो सेयर बजार, सबै सूचकमा वृद्धि
३० अंक बढ्यो सेयर बजार, सबै सूचकमा वृद्धि
मुनिभैरवमा बसले भ्यान र मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृ*त्यु, ३ जना घाइते
मुनिभैरवमा बसले भ्यान र मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृ*त्यु, ३ जना घाइते
धादिङमा त्रिशूलीमा हाम फालेर महिला बेपत्ता, खोजी हुँदै
धादिङमा त्रिशूलीमा हाम फालेर महिला बेपत्ता, खोजी हुँदै
सर्लाहीमा रकम असुली गरेको भिडियो सार्वजनिक भएपछि दुई सशस्त्र प्रहरीको जिम्मेवारी खोसियो
सर्लाहीमा रकम असुली गरेको भिडियो सार्वजनिक भएपछि दुई सशस्त्र प्रहरीको जिम्मेवारी खोसियो
प्रधानमन्त्रीको कार्कीको उपस्थितीमा आज सर्वपक्षीय राष्ट्रिय संवादको आयोजना
प्रधानमन्त्रीको कार्कीको उपस्थितीमा आज सर्वपक्षीय राष्ट्रिय संवादको आयोजना
जीर्ण आयोजनाको ठेक्का तोडिने, संसद भवन पुसभित्रै सक्नुपर्ने
जीर्ण आयोजनाको ठेक्का तोडिने, संसद भवन पुसभित्रै सक्नुपर्ने
टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृ*त्यु
टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृ*त्यु