Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा लगानी गर्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र २९, २०८२
|
|
४३ पटक हेरिएको
Shares
राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा लगानी गर्ने

सारांश

  •   नेपाल राष्ट्र बैंकले एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।
  • राष्ट्र बैंकले बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्नु परेकाले इच्छुक बैंक तथा वित्तीय संस्थालाई सहभागिताका लागि आग्रह समेत गरेको छ ।
  • यही भदौ ३० गतेभित्र निवेदन दिन केन्द्रीय बैंकले आग्रह गरेको छ ।

२९ भदौ, काठमाडौं । 

नेपाल राष्ट्र बैंकले एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।राष्ट्र बैंकले बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्नु परेकाले इच्छुक बैंक तथा वित्तीय संस्थालाई सहभागिताका लागि आग्रह समेत गरेको छ । यही भदौ ३० गतेभित्र निवेदन दिन केन्द्रीय बैंकले आग्रह गरेको छ ।

‘क’ वर्गका वाणिज्य बैंकमा रु एक अर्ब चार करोड, ‘ख’ वर्गका विकास बैंकमा रु १९ करोड ५० लाख र ‘ग’ वर्गका वित्त कम्पनीमा रु छ करोड ५० लाख बराबरको रकम बैंकले लगानी गर्नेछ । बैंकबाट तोकिएको न्यूनतम कुल पुँजीकोष कायम रहेको र निष्क्रिय कर्जा सापटीको आठ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात तीन प्रतिशत ननाघेको हुनुपर्ने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ