सर्लाहीमा घर फोडेर चोरी गरेको आरोपमा दुईजना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, श्रावण ३१, २०८३
|
|
५२६ पटक हेरिएको
Shares
सर्लाहीमा घर फोडेर चोरी गरेको आरोपमा दुईजना पक्राउ

सारांश

  • सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरमा घर फोडेर नगद तथा गहना चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
  • जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार स्थानीय सुरेश तामाङको काठको दुईतले घरको माथिल्लो तलामा रहेको दराजको ताल्चा फुटाएर नगद र सुनचाँदीका गहना चोरी भएको थियो।
  • घटनाबारे सूचना पाएपछि इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको टोलीले अनुसन्धान थालेको थियो।

३१ साउन, सर्लाही ।

सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरमा घर फोडेर नगद तथा गहना चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार स्थानीय सुरेश तामाङको काठको दुईतले घरको माथिल्लो तलामा रहेको दराजको ताल्चा फुटाएर नगद र सुनचाँदीका गहना चोरी भएको थियो। घटनाबारे सूचना पाएपछि इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको टोलीले अनुसन्धान थालेको थियो।

अनुसन्धानका क्रममा प्रहरीले नवलपुरकै २५ वर्षीय कुमार लोप्चन र ३२ वर्षीय रमेश तामाङलाई नियन्त्रणमा लिएको जनाएको छ। सोधपुछका क्रममा उनीहरूको बयानका आधारमा चोरी गरिएका अधिकांश सामान स्थानीय हरि तामाङको भत्किएको पुरानो घरमा माटोमुनी गाडेर राखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले नगद ११ हजार १ सय रुपैयाँ, करिब २.५ तोलाको चाँदीको ब्रेसलेट, २ तोलाको चाँदीको सिक्री तथा ७.५ तोलाका पाँच थान चाँदीका बाला बरामद गरेको जनाएको छ। बरामद सामानको अनुमानित मूल्य ५६ हजार ४२० रुपैयाँ रहेको छ। यद्यपि पाँच आनाको सुनको एक थान मुन्द्रा र २.५ तोलाको एक थान चाँदीको बाला भने अझै फेला नपरेको प्रहरीले जनाएको छ। ती सामानको अनुमानित मूल्य १ लाख ११ हजार ७ सय ७५ रुपैयाँ रहेको छ। पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राप्रपाले प्राविधिक रुपमा चुनाव हारेपनि राजनीतिक रुपमा जितेको छ :अध्यक्ष लिङ्देन
राप्रपाले प्राविधिक रुपमा चुनाव हारेपनि राजनीतिक रुपमा जितेको छ :अध्यक्ष लिङ्देन
शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश
शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश
हिमलुङमा थप ४ श*व फेला, ज्यान गुमाउनेको संख्या पुग्यो ११
हिमलुङमा थप ४ श*व फेला, ज्यान गुमाउनेको संख्या पुग्यो ११
टेक्सासमा आएको भीषण बाढीमा परी कम्तीमा १३ को मृत्यु, २० भन्दा बढी बेपत्ता
टेक्सासमा आएको भीषण बाढीमा परी कम्तीमा १३ को मृत्यु, २० भन्दा बढी बेपत्ता
भ्रष्टाचारसम्बन्धी आयोग बन्छ : प्रधानमन्त्री कार्की
भ्रष्टाचारसम्बन्धी आयोग बन्छ : प्रधानमन्त्री कार्की
तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:
तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:
दिलभूषणको पक्राउ पूर्जीविरुद्ध परेको मुद्दामा सुनुवाइ सकियो
दिलभूषणको पक्राउ पूर्जीविरुद्ध परेको मुद्दामा सुनुवाइ सकियो
२८५ जना कैदीबन्दीलाई ‘प्यारोल’मा राख्न सिफारिस
२८५ जना कैदीबन्दीलाई ‘प्यारोल’मा राख्न सिफारिस
स्वास्थ्यमन्त्रीको निर्देशनपछि दुरुपयोग भएका गाडी मन्त्रालय तानियो
स्वास्थ्यमन्त्रीको निर्देशनपछि दुरुपयोग भएका गाडी मन्त्रालय तानियो
कुलमानबारे राष्ट्रिय सभामा पनि प्रधानमन्त्रीको जवाफ माग
कुलमानबारे राष्ट्रिय सभामा पनि प्रधानमन्त्रीको जवाफ माग