Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्दछु: ओली

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, फाल्गुन २८, २०८२
|
|
४४ पटक हेरिएको
Shares
जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्दछु: ओली

सारांश

  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो निर्वाचनमा आफ्नो पार्टीले अपेक्षित परिणाम ल्याउन नसकेको बताएका छन्।
  •  बिहीबार सामाजिक सञ्जालमा उनले जनताको मतलाई पूर्ण सम्मानका साथ स्वीकार गर्ने बताएका हुन्।
  • ‘यस पटकको निर्वाचनमा मैले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न सकिनँ।

 

२८ फागुन, काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो निर्वाचनमा आफ्नो पार्टीले अपेक्षित परिणाम ल्याउन नसकेको बताएका छन्। बिहीबार सामाजिक सञ्जालमा उनले जनताको मतलाई पूर्ण सम्मानका साथ स्वीकार गर्ने बताएका हुन्।

‘यस पटकको निर्वाचनमा मैले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न सकिनँ। हाम्रो पार्टीले पनि अपेक्षित परिणाम ल्याउन सकेन,’ झापा ५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)सँग पराजित ओलीले भनेका छन् ‘लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ, र त्यो फैसला शिरोधार्य गर्नु म र मेरो पार्टीको कर्तव्य हो। जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्दछु।’ उनले अहिलेको कठिन घडीमा पनि सूर्य चिन्हमा मतदान गरेर एमालेको पक्षमा उभिने सम्पूर्ण मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक र समर्थकहरूप्रति धन्यवाद व्यक्त गरेका छन्।

‘यस कठिन घडीमा पनि सूर्य चिन्हमा मतदान गरेर हाम्रो पक्षमा उभिनुहुने सम्पूर्ण मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक र समर्थकहरूप्रति म हार्दिक धन्यवाद व्यक्त गर्दछु। तपाईंहरूको विश्वास नै हाम्रो शक्ति हो। तपाईंहरूको साथ नै हाम्रो ताकत हो,’ ओलीले भनेका छन्।

उनले अगाडि भनेका छन्, ‘निर्वाचनको परिणाम हाम्रो पक्षमा आएन। तर जनताप्रतिको हाम्रो प्रतिबद्धता र सेवाभाव कत्ति पनि कमजोर भएको छैन। हामी जनताकै बीचमा रहनेछौँ, जनताकै लागि काम गरिरहनेछौँ, र विश्वासको यो सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्नेछौँ। मत दिनुहुने, साथ दिनुहुने, विश्वास राख्नुहुने सबैमा हृदयदेखि धन्यवाद।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुग्लिन–नारायणगढ सडकखण्डको पहिरो पन्छाउने काम बिहानैदेखि सुरु
मुग्लिन–नारायणगढ सडकखण्डको पहिरो पन्छाउने काम बिहानैदेखि सुरु
पहिराले गुल्मीको रिडी–तम्घास सडक अवरुद्ध
पहिराले गुल्मीको रिडी–तम्घास सडक अवरुद्ध
हिन्दू सम्राट सेनासँग फेरि वार्तामा बसे गृहमन्त्री गुरुङ
हिन्दू सम्राट सेनासँग फेरि वार्तामा बसे गृहमन्त्री गुरुङ
बेचन झा र प्रतिक थापालाई थुनामै राख्न उच्च अदालतको आदेश
बेचन झा र प्रतिक थापालाई थुनामै राख्न उच्च अदालतको आदेश
लेखा समितिमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरुबीच चर्काचर्की
लेखा समितिमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरुबीच चर्काचर्की
नेपाल-फिनल्यान्ड सम्बन्ध र बहुपक्षीय सहकार्यबारे छलफल
नेपाल-फिनल्यान्ड सम्बन्ध र बहुपक्षीय सहकार्यबारे छलफल
सर्लाहीको नेपाल–भारत सीमामा रहेको ऐतिहासिक मन्दिर एसएसबीले भत्कायो, स्थानीय आक्रोश
सर्लाहीको नेपाल–भारत सीमामा रहेको ऐतिहासिक मन्दिर एसएसबीले भत्कायो, स्थानीय आक्रोश
सर्लाहीमा राज्यमन्त्रीको गाडीले‌ दिए ठक्कर, घाइतेलाई वास्तानगरी फरार
सर्लाहीमा राज्यमन्त्रीको गाडीले‌ दिए ठक्कर, घाइतेलाई वास्तानगरी फरार
‘डार्क फाइल’लाई फेक अडियो पठाउने तिमल्सिना पक्राउ
‘डार्क फाइल’लाई फेक अडियो पठाउने तिमल्सिना पक्राउ
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर