टी-२० अन्तर्राष्ट्रिय खेलमा शतक पूरा गर्दै नेपाली राष्ट्रिय टोली

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ २, २०८२
|
|
२६ पटक हेरिएको
Shares
टी-२० अन्तर्राष्ट्रिय खेलमा शतक पूरा गर्दै नेपाली राष्ट्रिय टोली

सारांश

  •   नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले टी–२० अन्तर्राष्ट्रिय खेलमा सोमबार शतक पूरा गर्दैछ।
  •   नेपालले सन् २०१४ मा हङकङविरुद्ध खेल्दै टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला राखेको थियो।
  •   स्कटल्यान्डमा हुने टी–२० आई त्रिकोणात्मक सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँग आज सोमबार हुने खेल नेपाली पुुरुष क्रिकेट टोलीको एक सयौँ अन्तर्राष्ट्रिय खेल हो।

२ असार, काठमाडौं । 

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले टी–२० अन्तर्राष्ट्रिय खेलमा सोमबार शतक पूरा गर्दैछ।  नेपालले सन् २०१४ मा हङकङविरुद्ध खेल्दै टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला राखेको थियो।  स्कटल्यान्डमा हुने टी–२० आई त्रिकोणात्मक सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँग आज सोमबार हुने खेल नेपाली पुुरुष क्रिकेट टोलीको एक सयौँ अन्तर्राष्ट्रिय खेल हो।  नेपालले नेदरल्यान्ड्ससँग अहिलेसम्म सर्वाधिक १३ पटक प्रतिस्पर्धा गरेको छ। १३ खेलमा नेपालले सबैभन्दा धेरै हार पनि डच टोलीसँग नै व्यहोरेको छ। डच टोलीसँगको १३ खेलमा नेपालले ७ खेलमा हार व्यहोरेको छ।

नेपालले यसअघि खेलेको ९९ खेलमा मलेसियासँग १० पटक भएको छ। टी–२० आई इतिहासमा सर्वाधिक जित हात पार्ने क्रममा नेपालले मलेसियालाई ९ खेलमा पराजित गरेको छ। १ खेलमा मात्र हार भोगेको छ। हङकङसँग १२ पटक भेट भएको नेपालले युएईसँग १० पटक आमनेसामने भएको छ।  बंगलादेशसँग २ पटक विश्वकपमा भेट भएको छ। भारतसँग एसियाली खेलकुद र दक्षिण अफ्रीकासँग टि–२० विश्वकप खेलेको छ।  नेपालबाट अहिलेसम्म ४९ खेलाडीले टी–२० आई क्रिकेट खेलेका छन्। नन्दन यादवले हङकङमा ४९ औँ टी–२० क्याप पाएका थिए।  नेपालका लागि सोमपाल कामी, करण केसी र दिपेन्द्र सिंह ऐरिले सर्वाधिक टी–२० आई खेलेका छन्। नेपालका लागि यी तिन खेलाडीले समान ७८ पटक नेपालका लागि खेलेका छन्।

नेपालले पहिलो पटक टी–२० आई खेल्दा सोमपाल टोलीका सदस्य थिए। तर नेपालको १ सयौँ टी–२० अन्तराष्ट्रिय खेल्दा उनी टोली बाहिर छन्।  कप्तान रोहित पौडेलले ६३ टी–२० आई खेल खेलेका छन्।  नेपालका लागि अमृत भट्टराई र भुवन कार्कीले समान एक खेल मात्र खेलेका छन्। नेपालका ९९ खेलका प्रतिद्वन्द्वी: अफगानिस्तान १, बंगलादेश २, भारत १, आयरल्यान्ड ३, दक्षिण अफ्रीका १, जिम्बावे २, भुटान १, क्यानडा ३, हङकङ १२, केन्या ५, कुवेत ३, मलेसिया १०, माल्दिभ्स ३, मंगोलिया १, नामिबिया २, नेदरल्यान्ड्स १३, ओमान ८, पपुवा न्युगिनी ६, फिलिपिन्स १, कतार ३, साउदी अरब १, सिंगापुर ३, थाइल्याण्ड १, यूएई १०, अमेरिका ३

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिरहा–उदयपुरका विकट बस्तीलाई जोड्ने कच्ची ‘ट्रयाक’ खुल्यो
सिरहा–उदयपुरका विकट बस्तीलाई जोड्ने कच्ची ‘ट्रयाक’ खुल्यो
कम्युनिष्ट नेतृत्वको सरकार लुटतन्त्रको संरक्षणमा जुटेको छ : अध्यक्ष नेपाल
कम्युनिष्ट नेतृत्वको सरकार लुटतन्त्रको संरक्षणमा जुटेको छ : अध्यक्ष नेपाल
कोशी प्राइड लिग क्रिकेटको तेस्रो संस्करण फागुन ९ देखि सुनसरीमा
कोशी प्राइड लिग क्रिकेटको तेस्रो संस्करण फागुन ९ देखि सुनसरीमा
पोषण प्याकेजले नियमित स्वास्थ्य परीक्षण गराउने गर्भवतीको सङ्ख्यामा वृद्धि
पोषण प्याकेजले नियमित स्वास्थ्य परीक्षण गराउने गर्भवतीको सङ्ख्यामा वृद्धि
आज मन्त्रिपरिषद्को बैठक बस्दै
आज मन्त्रिपरिषद्को बैठक बस्दै
देउवालाई सुनिल शर्माले भने– रोइलो छाडेर महाधिवेशनमा सहभागी हुनुहोस्
देउवालाई सुनिल शर्माले भने– रोइलो छाडेर महाधिवेशनमा सहभागी हुनुहोस्
हिमालको संरक्षण हाम्रो साझा कर्तव्य हो : मन्त्री पाण्डे
हिमालको संरक्षण हाम्रो साझा कर्तव्य हो : मन्त्री पाण्डे
सिरहामा विभेद प्रकरण : गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्ष धरौटीमा रिहा
सिरहामा विभेद प्रकरण : गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्ष धरौटीमा रिहा
जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा एकजनामाथि खुकुरी प्रहार
जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा एकजनामाथि खुकुरी प्रहार
पदमार्ग निर्माण भएपछि अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको चाप बढ्यो
पदमार्ग निर्माण भएपछि अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको चाप बढ्यो