सिरहा–उदयपुरका विकट बस्तीलाई जोड्ने कच्ची ‘ट्रयाक’ खुल्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख १४, २०८२
|
|
३३ पटक हेरिएको
Shares
सिरहा–उदयपुरका विकट बस्तीलाई जोड्ने कच्ची ‘ट्रयाक’ खुल्यो

सारांश

  • सिरहा–उदपुरपर जोड्ने कच्ची ट्रयाक खुलेपछि आवतजावत सुरु भएको छ ।
  • पहाड फोडेर सडकको ट्रयाक खुलेसँगै दुई जिल्लाका स्थानीयका बीच सहज भएको हो ।
  • सिरहाको धनगढीमाई नगरपालिका–१४ गागन बस्ती र उदयपुरको कटारी नगरपालिका–५ सलहेश डाँडासम्म जोडिने सडक धनगढीमाई–१४ वडा कार्यालयले बनाएपछि दुईवटै जिल्लाका सो भेगका विकट बस्ती नजिएका छन् ।

१४ वैशाख, सिरहा ।

सिरहा–उदपुरपर जोड्ने कच्ची ट्रयाक खुलेपछि आवतजावत सुरु भएको छ । पहाड फोडेर सडकको ट्रयाक खुलेसँगै दुई जिल्लाका स्थानीयका बीच सहज भएको हो । सिरहाको धनगढीमाई नगरपालिका–१४ गागन बस्ती र उदयपुरको कटारी नगरपालिका–५ सलहेश डाँडासम्म जोडिने सडक धनगढीमाई–१४ वडा कार्यालयले बनाएपछि दुईवटै जिल्लाका सो भेगका विकट बस्ती नजिएका छन् । सुगम जिल्लाका रूपमा रहेका सिरहाको धनगढीमाई–१४ सडक नहुँदा दुर्गम भेगका रूपमा रहेको थियो ।

सडक बाटो, खानेपानी, बिजुलीको अभाव झेल्दै आएका यहाँका स्थानीयले स्थानीय तह पुनर्गठन भएसँगै अधाभूत सुविधा विस्तारै परिपूर्ति हुन थालेको छभने खानेपानीको अभाव अहिले पनि झेलिरहेका छन् । धनगढीमाई–१४ वडा कार्यालयले आर्थिक वर्ष २०८०÷८१ र २०८१÷८२ मा गरी रु ३० लाख बजेटबाट सात मिटर चौडाइको कच्ची बाटो बनाएको थियो । सोही वडाका दुर्गम क्षेत्रका रूपमा रहेको सलहेस फेदको बस्ती अमले, गागन सिरानका स्थानीय र उदयपुर–५ सलहेस डाँडाका स्थानीयलाई पूर्वपश्चिम लोकमार्गको वडा नं १० जिरोमाइल बजार नजिक भएको छभने धनगढीमाईका स्थानीयका लागि मदनभण्डारी राजमार्ग पुग्न सजिलो भएको छ । धनगढीमाईकै गागन बस्तीबाट तीन किलोमिटर उत्तर उदयपुरको मदनभण्डारी राजमार्ग रहेको छ ।

सो सडक धनगढीमाईको वडा नं १० जिरोमाइल हाथीढुङ्गा, अमलेधोवान, करुढोका र गागनखोला हुँदै सरेखोलाको भित्तेपानीको पश्चिम सलहेस डाँडा कटारी नगरपालिका–५ सम्म हुँदै मदन भण्डारी मार्गमा जोडिन्छ । कटारी–५ का विश्वास तमाङले सिरहाको पूर्व–पश्चिम लोकमार्ग जान सिरहाकै मर्चैया वा सप्तरीको कदमहा बजार जाने घुमाउरो बाटो प्रयोग गर्नुपर्ने थियो, अब सो बाध्यता हटेको उहाँले बताउनुभयो । धनगढीमाई–१४ का वडाध्यक्ष अमित ठकुरीले यो सडक निर्माणले वडावासीका लागि यतायातमा सहजता भएको बताउनुभयो । दुई जिल्लाको बाटोको दूरी छोट्याउने र व्यापार प्रयोजनका लागि पनि उत्तिकै महत्तवपूर्ण भएको उहाँले जानकारी दिनुभो । सो सडक हिउँद बर्खामा सञ्चालन लागि तत्काल १० कल्भर्ट र दुई पुलको आवश्यकता रहेको जनाइएको छ । धनगढीमाई–१४ का जनक मोते परियारले भने सडक निर्माणले गाउँमा आवतजावत गर्न सहज भएको बताउनुभयो । धनगढीमाई नगरपालिकाका इञ्जिनियर गङ्गाप्रसाद यादवले सडक निर्माणले विकासको मूलधारबाट टाढा रहेका बस्तीका लागि सहजता थपिएको बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्णालीमा एसईईका लागि १६१ परीक्षा केन्द्र, ३८ हजार बढी विद्यार्थीले परीक्षा दिँदै
कर्णालीमा एसईईका लागि १६१ परीक्षा केन्द्र, ३८ हजार बढी विद्यार्थीले परीक्षा दिँदै
‘जीडीपीमा उद्योग क्षेत्रको योगदान बढाउनुपर्छ’: अध्यक्ष पाण्डे
‘जीडीपीमा उद्योग क्षेत्रको योगदान बढाउनुपर्छ’: अध्यक्ष पाण्डे
पाकिस्तानको अर्धसैनिक बलको मुख्यालयमा आ*क्रमण, ३ जनाको मृ*त्यु
पाकिस्तानको अर्धसैनिक बलको मुख्यालयमा आ*क्रमण, ३ जनाको मृ*त्यु
आजको मौसम : देशभर मौसम सफा रहने 
आजको मौसम : देशभर मौसम सफा रहने 
प्रधानमन्त्रीको ब्रिफिङ : लामिछानेले आज बोल्न पाउनुहुन्छ
प्रधानमन्त्रीको ब्रिफिङ : लामिछानेले आज बोल्न पाउनुहुन्छ
सौर्य एयर दुर्घटना: मृतकका परिवारले माग पूरा नभएसम्म शव नबुझ्ने
सौर्य एयर दुर्घटना: मृतकका परिवारले माग पूरा नभएसम्म शव नबुझ्ने
पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु, दुई घाइते
पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु, दुई घाइते
नागरिक उन्मुक्ति पार्टी नेपालले पायो दल दर्ताको प्रमाणपत्र
नागरिक उन्मुक्ति पार्टी नेपालले पायो दल दर्ताको प्रमाणपत्र
बजेट पारित गर्न मन्त्रिपरिषद् बैठक बस्दै
बजेट पारित गर्न मन्त्रिपरिषद् बैठक बस्दै
विज्ञता र क्षेत्राधिकारभित्र रहेर काम गर्न मन्त्री देवकोटा निर्देशन
विज्ञता र क्षेत्राधिकारभित्र रहेर काम गर्न मन्त्री देवकोटा निर्देशन