कम्युनिष्ट नेतृत्वको सरकार लुटतन्त्रको संरक्षणमा जुटेको छ : अध्यक्ष नेपाल

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, भाद्र १४, २०८२
|
|
४१ पटक हेरिएको
Shares
कम्युनिष्ट नेतृत्वको सरकार लुटतन्त्रको संरक्षणमा जुटेको छ : अध्यक्ष नेपाल

सारांश

  • नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले वर्तमान सरकारमाथि तीव्र आलोचना गर्दै ‘लुटतन्त्रको संरक्षणमा जुटेको’ आरोप लगाएका छन् ।
  • शनिबार काठमाडौंमा आयोजित नेकपा (एकीकृत समाजवादी) मजदुर जिल्ला कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले हालको सरकारले जनविरोधी र मजदुरविरोधी नीतिहरु अघि बढाएको आरोप लगाए ।
  • ‘अहिलेको सरकारलाई कम्युनिष्ट पार्टीको नेतृत्वको सरकार भनिए पनि यसको प्रवृत्ति दक्षिणपन्थी अवसरवादी छ,’ उनले भने, ‘क्रान्तिकारी सिद्धान्त समाप्त पार्ने, दलाल पूँजीपतिहरुको सेवा गर्ने, विचौलियाको पक्षपोषण गर्ने, दलालीको काम गर्नेहरुलाई साथ दिने काम भइरहेको छ ।

१४ भदौ, काठमाडौं ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले वर्तमान सरकारमाथि तीव्र आलोचना गर्दै ‘लुटतन्त्रको संरक्षणमा जुटेको’ आरोप लगाएका छन् । शनिबार काठमाडौंमा आयोजित नेकपा (एकीकृत समाजवादी) मजदुर जिल्ला कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले हालको सरकारले जनविरोधी र मजदुरविरोधी नीतिहरु अघि बढाएको आरोप लगाए ।

‘अहिलेको सरकारलाई कम्युनिष्ट पार्टीको नेतृत्वको सरकार भनिए पनि यसको प्रवृत्ति दक्षिणपन्थी अवसरवादी छ,’ उनले भने, ‘क्रान्तिकारी सिद्धान्त समाप्त पार्ने, दलाल पूँजीपतिहरुको सेवा गर्ने, विचौलियाको पक्षपोषण गर्ने, दलालीको काम गर्नेहरुलाई साथ दिने काम भइरहेको छ ।’

नेपालले अहिलेको सरकार सुशासन होइन, लुटतन्त्रलाई संरक्षण गर्ने दिशामा अगाडि बढेको दाबी गर्दै त्यसविरुद्ध एकीकृत समाजवादी पार्टी निरन्तर विरोध र भण्डाफोरमा लागेको बताए । उनले मजदुरवर्गका अधिकार र हितविरुद्ध सरकारको नीति रहेको भन्दै त्यसको तीव्र विरोध गर्दै पार्टी श्रमिक वर्गको पक्षमा दृढतापूर्वक उभिएको स्पष्ट पारे ।

उनले भने, ‘अहिलेको सरकार सुशासन होइन लुटतन्त्रलाई संरक्षण गर्ने गरेकोर र यस्ता काममा जुटेको हुनाले वर्तमान सरकारको जनविरोधी नीतिको हामी विरोध गरिरहेका छौं । वर्तमान सरकारको मजदुर विरोधी नीतिको हामी आलोचना र भण्डाफोर गरिरहेका छौं ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कास्की प्रहरी कार्यालय जलाउँदा घाइते भएका लामाको मृ*त्यु
कास्की प्रहरी कार्यालय जलाउँदा घाइते भएका लामाको मृ*त्यु
मुटुको समस्या देखिएपछि सिरोहिया अस्पताल भर्ना 
मुटुको समस्या देखिएपछि सिरोहिया अस्पताल भर्ना 
देशमा केही भएन भनेर भ्रम फैलाउने प्रयास भइरहेको छ : उपप्रधानमन्त्री सिंह
देशमा केही भएन भनेर भ्रम फैलाउने प्रयास भइरहेको छ : उपप्रधानमन्त्री सिंह
महानगरले धरपकड गरेको भन्दै कवाड व्यवसायीहरुद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण
महानगरले धरपकड गरेको भन्दै कवाड व्यवसायीहरुद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण
कांग्रेसले भन्यो- गृहमन्त्रीको राजीनामा आउँदैन, छानबिन समिति पनि बन्दैन
कांग्रेसले भन्यो- गृहमन्त्रीको राजीनामा आउँदैन, छानबिन समिति पनि बन्दैन
बाढी पहिरोबाट कोशीमा १४ जनाको मृत्यु, आठ बेपत्ता
बाढी पहिरोबाट कोशीमा १४ जनाको मृत्यु, आठ बेपत्ता
लामिछानेको बन्दीप्रत्यक्षीकरणको निवेदनमा आज सुनुवाइ नहुने
लामिछानेको बन्दीप्रत्यक्षीकरणको निवेदनमा आज सुनुवाइ नहुने
प्रहरी वृत्त महाराजगञ्जका २ जना प्रहरीको मृ*त्यु
प्रहरी वृत्त महाराजगञ्जका २ जना प्रहरीको मृ*त्यु
प्रतिनिधिसभामा विपक्षीको निरन्तर अवरोध, भोलिसम्मका लागि बैठक स्थगित
प्रतिनिधिसभामा विपक्षीको निरन्तर अवरोध, भोलिसम्मका लागि बैठक स्थगित
आज यी जिल्लाका नदी-खोलामा ठुलो बाढी आउने सम्भावना
आज यी जिल्लाका नदी-खोलामा ठुलो बाढी आउने सम्भावना