मधेशमा वनमन्त्री बनेकी विच्छालाई राप्रपाले गर्यो निलम्बन
सारांश
- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीबाट मधेश प्रदेश सभा सदस्य बनेकी कञ्चन विच्छालाई पार्टी साधारण सदस्यबाट निलम्बन गरेको छ ।
- बिहीबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले केन्द्रीय अनुशासन समितिको सिफारिस अनुसार विच्छालाई ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको हो ।
- पार्टीको निर्देशन अवज्ञा गर्ने कार्यमा संलग्न विच्छालाई मधेश प्रदेश सभा सदस्यबाट फिर्ता बोलाउने निर्णय गरिएको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
११ मंसिर, काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीबाट मधेश प्रदेश सभा सदस्य बनेकी कञ्चन विच्छालाई पार्टी साधारण सदस्यबाट निलम्बन गरेको छ । बिहीबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले केन्द्रीय अनुशासन समितिको सिफारिस अनुसार विच्छालाई ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको हो ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया