सञ्चारमन्त्री खरेल र बागमती प्रदेश सांसद श्रेष्ठबीच भेटवार्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, माघ २, २०८२
|
|
२२ पटक हेरिएको
Shares
सञ्चारमन्त्री खरेल र बागमती प्रदेश सांसद श्रेष्ठबीच भेटवार्ता

सारांश

  • सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र बागमती प्रदेशका सांसद रामेश्वर श्रेष्ठबीच भेटवार्ता भएको छ ।
  • बिहीबार ललितपुरको महालक्ष्मी नगरपालिका टिकाथलीस्थित निवासमा भएको भेटमा आगामी निर्वाचन र विकास निर्माणलगायत समसामयिक विषयमा कुराकानी भएको सञ्चारमन्त्री खरेलले जानकारी दिए ।
  • सङ्घ प्रदेश र स्थानीय तहको बलियो समन्वय र सहकार्यलगायत विषयमा पनि उनीहरुबीच छलफल भएको छ ।

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र बागमती प्रदेशका सांसद रामेश्वर श्रेष्ठबीच भेटवार्ता भएको छ । बिहीबार ललितपुरको महालक्ष्मी नगरपालिका टिकाथलीस्थित निवासमा भएको भेटमा आगामी निर्वाचन र विकास निर्माणलगायत समसामयिक विषयमा कुराकानी भएको सञ्चारमन्त्री खरेलले जानकारी दिए ।

सङ्घ प्रदेश र स्थानीय तहको बलियो समन्वय र सहकार्यलगायत विषयमा पनि उनीहरुबीच छलफल भएको छ । विकास निर्माणको कामलाई प्रभावनकारी बनाउदै जनताको आकांक्षालाई पुरा गर्न लागिपर्ने समझदारी बनेको छ । सञ्चारमन्त्री खरेलले पछिल्लो समय निर्वाचनको वातावरण बनाउनका लागि ठूला राजनीतिक दलका शीर्ष नेताहरुसँग एकपक्षीय र बहुपक्षीय भेटवार्ता गरिरहेका छन् । उनले प्रदेशका मूख्यमन्त्रीदेखि विभिन्न मन्त्रीहरुसँग पनि चरणवद्ध भेटवार्ता र विकास निर्माणलगायत समसामयिक विाषयमा छलफल गरिररहेका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनलाई सफल बनाउन सरकारकोतर्फबाट सबैखाले तयारी भएको छ । राजनीतिक दलहरुले पनि निर्वाचनको तयारी र निर्वाचनसम्बन्धी गतिविविधिलाई तीब्रता दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
वेष्ट इन्डिजविरुद्ध भारतको ‘क्लिन स्वीप’, गिलको कप्तानीमा पहिलो श्रृंखला
वेष्ट इन्डिजविरुद्ध भारतको ‘क्लिन स्वीप’, गिलको कप्तानीमा पहिलो श्रृंखला
पालिका पूर्वअध्यक्षबाटै ठगिएको भन्दै वडाध्यक्षले दिए प्रशासनमा उजुरी
पालिका पूर्वअध्यक्षबाटै ठगिएको भन्दै वडाध्यक्षले दिए प्रशासनमा उजुरी
ग्वार्को ओभरपासको आज उदघाटन हुँदै
ग्वार्को ओभरपासको आज उदघाटन हुँदै
१२ कक्षाको नतिजा सार्वजनिक
१२ कक्षाको नतिजा सार्वजनिक
बुढानीलकण्ठको थानेडाँडा वनमा एक युवक मृत फेला
बुढानीलकण्ठको थानेडाँडा वनमा एक युवक मृत फेला
टिकटक प्रतिबन्धको निर्णय कार्यान्वयन रोक्न सर्वोच्चले दिएन अन्तरिम आदेश
टिकटक प्रतिबन्धको निर्णय कार्यान्वयन रोक्न सर्वोच्चले दिएन अन्तरिम आदेश
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली नभएसम्म देशमा राजनीतिक स्थिरता हुँदैनः बाबुराम भट्टराई
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली नभएसम्म देशमा राजनीतिक स्थिरता हुँदैनः बाबुराम भट्टराई
भारतबाट फर्किँदै गरेका एक नेपाली गाडीभित्रै मृ*त फेला
भारतबाट फर्किँदै गरेका एक नेपाली गाडीभित्रै मृ*त फेला
विश्व क्रान्तिका नायक चे ग्वेभारा, हत्याको ४७ वर्षपछि मात्र भेटियो उनको शव
विश्व क्रान्तिका नायक चे ग्वेभारा, हत्याको ४७ वर्षपछि मात्र भेटियो उनको शव