पालिका पूर्वअध्यक्षबाटै ठगिएको भन्दै वडाध्यक्षले दिए प्रशासनमा उजुरी

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ १६, २०८२
|
|
३० पटक हेरिएको
Shares
पालिका पूर्वअध्यक्षबाटै ठगिएको भन्दै वडाध्यक्षले दिए प्रशासनमा उजुरी

सारांश

  • मोरङको कटहरी गाउँपालिका–३ का वडाध्यक्ष जदुलाल कामतले पालिकाका पूर्वअध्यक्ष रामकुमार कामतविरुद्ध उजुरी दिएका छन् ।
  • अनुचित लाभ लिएको भन्दै कामतलाई कारवाही गरिपाउँ भन्दै उनले प्रशासन कार्यालयमा आइतबार लिखित उजुरी दिएका हुन् ।
  • लिएको ऋणभन्दा बढी पैसा फिर्ता गरिसक्दा पनि पूर्वअध्यक्ष कामतले आफ्नो जग्गा फिर्ता नगरेको भन्दै वडाध्यक्ष जदुलालले जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएका हुन् ।

१६ असार ,मोरङ ।

मोरङको कटहरी गाउँपालिका–३ का वडाध्यक्ष जदुलाल कामतले पालिकाका पूर्वअध्यक्ष रामकुमार कामतविरुद्ध उजुरी दिएका छन् । अनुचित लाभ लिएको भन्दै कामतलाई कारवाही गरिपाउँ भन्दै उनले प्रशासन कार्यालयमा आइतबार लिखित उजुरी दिएका हुन् । लिएको ऋणभन्दा बढी पैसा फिर्ता गरिसक्दा पनि पूर्वअध्यक्ष कामतले आफ्नो जग्गा फिर्ता नगरेको भन्दै वडाध्यक्ष जदुलालले जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएका हुन् ।

वडाध्यक्ष जदुले ७ वर्षअघि कामतकी पत्नी रुनादेवी कामतलाई ६ कट्टा जग्गा नामसारी गरेर २१ लाख रुपैयाँ कर्जा लिएका थिए । २१ लाख लिएका उनले हालसम्म ३५ लाख रुपैयाँ तिरिसकेका छन् । तर, रामकुमारले अझै २३ लाख रुपैयाँ दिएमात्रै जग्गा फिर्ता गरिदिने भन्दै धम्काउने गरेको उनले बताए । ‘घरजग्गा बैंकमा राखेर रामकुमारसँग लिएको कर्जा तिरें । अहिले त म रोडमा आएको छु,’ जदुले भने । उनले १५ धुर जग्गा बिक्री गरेर ७ लाख रुपैयाँसमेत दिएको बताए ।  तर, अझै २३ लाख बुझाए मात्र जग्गा फिर्ता गर्ने कामत अडान छ ।

‘बैंकमा राखेको घरजग्गा बेचेर ऋण तिरेँ, तर अझै पनि भुक्तान गर्न बाँकी रहेको भनिरहेका छन्,’ वडाध्यक्ष जदु कामतले भने । वडाअध्यक्ष जदुलाल कामत आफैं कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् । पूर्वअध्यक्ष कामत भने पालिकाका सभापति हुन्  । ‘कांग्रेस नेता विनोद बस्नेतको घरमै मिटिङ बस्यौं, तर रामकुमारले कसैको कुरा मानेनन्,’ वडाध्यक्ष उदुले भने ।  कामतले भने वडाध्यक्षसँग आफूले कुनै आर्थिक लेनदेन नै नभएको उनले बताए । ​ पूर्वअध्यक्ष कामतबाट पीडित जदु मात्रै होइनन् । जदुजस्तै पीडित छिन्, कटहरी–२ की ५५ वर्षीय रामवती राजवंशी । उनको कथा झनै पीडादायी छ । रामवतीको जग्गा पनि कामतकै नाममा पुगेको छ । आठ लाख रुपैयाँ ऋण लिएकी उनले अहिले तिर्छुभन्दा पनि जग्गा फिर्ता पाएकी छैनन्

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विपद् व्यवस्थापनमा तीनै तहका सरकारबीच सहकार्य जरुरी : गृहमन्त्री
विपद् व्यवस्थापनमा तीनै तहका सरकारबीच सहकार्य जरुरी : गृहमन्त्री
रविलाई नख्खु जेलबाट निकाले प्रदर्शनकारीले
रविलाई नख्खु जेलबाट निकाले प्रदर्शनकारीले
टिकटकको प्रतिबन्ध हटाउने सरकारको तयारी
टिकटकको प्रतिबन्ध हटाउने सरकारको तयारी
विद्युत् आपूर्तिमा देखिएको समस्या समाधान गर्न माग
विद्युत् आपूर्तिमा देखिएको समस्या समाधान गर्न माग
आज विश्व रेडियो दिवस मनाइँदै
आज विश्व रेडियो दिवस मनाइँदै
नयाँ पार्टीहरुको कुनै सिद्धान्त स्पष्ट छैन, तर प्रधानमन्त्रीको दलाली सुरु भइसक्यो : लिङ्देन
नयाँ पार्टीहरुको कुनै सिद्धान्त स्पष्ट छैन, तर प्रधानमन्त्रीको दलाली सुरु भइसक्यो : लिङ्देन
व्यक्तिको खातामा सरकारले खर्च गर् भनेर पैसा पठाएमात्रै अर्थतन्त्र चलायमान हुन्छः पूर्वगभर्नर नेपाल
व्यक्तिको खातामा सरकारले खर्च गर् भनेर पैसा पठाएमात्रै अर्थतन्त्र चलायमान हुन्छः पूर्वगभर्नर नेपाल
नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने चारजना पक्राउ
नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने चारजना पक्राउ
आज विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै
आज विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै
राति यात्रा नगर्न सडक विभागको अनुरोध
राति यात्रा नगर्न सडक विभागको अनुरोध