Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

पालिका पूर्वअध्यक्षबाटै ठगिएको भन्दै वडाध्यक्षले दिए प्रशासनमा उजुरी

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ १६, २०८२
|
|
४१ पटक हेरिएको
Shares
पालिका पूर्वअध्यक्षबाटै ठगिएको भन्दै वडाध्यक्षले दिए प्रशासनमा उजुरी

सारांश

  • मोरङको कटहरी गाउँपालिका–३ का वडाध्यक्ष जदुलाल कामतले पालिकाका पूर्वअध्यक्ष रामकुमार कामतविरुद्ध उजुरी दिएका छन् ।
  • अनुचित लाभ लिएको भन्दै कामतलाई कारवाही गरिपाउँ भन्दै उनले प्रशासन कार्यालयमा आइतबार लिखित उजुरी दिएका हुन् ।
  • लिएको ऋणभन्दा बढी पैसा फिर्ता गरिसक्दा पनि पूर्वअध्यक्ष कामतले आफ्नो जग्गा फिर्ता नगरेको भन्दै वडाध्यक्ष जदुलालले जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएका हुन् ।

१६ असार ,मोरङ ।

मोरङको कटहरी गाउँपालिका–३ का वडाध्यक्ष जदुलाल कामतले पालिकाका पूर्वअध्यक्ष रामकुमार कामतविरुद्ध उजुरी दिएका छन् । अनुचित लाभ लिएको भन्दै कामतलाई कारवाही गरिपाउँ भन्दै उनले प्रशासन कार्यालयमा आइतबार लिखित उजुरी दिएका हुन् । लिएको ऋणभन्दा बढी पैसा फिर्ता गरिसक्दा पनि पूर्वअध्यक्ष कामतले आफ्नो जग्गा फिर्ता नगरेको भन्दै वडाध्यक्ष जदुलालले जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएका हुन् ।

वडाध्यक्ष जदुले ७ वर्षअघि कामतकी पत्नी रुनादेवी कामतलाई ६ कट्टा जग्गा नामसारी गरेर २१ लाख रुपैयाँ कर्जा लिएका थिए । २१ लाख लिएका उनले हालसम्म ३५ लाख रुपैयाँ तिरिसकेका छन् । तर, रामकुमारले अझै २३ लाख रुपैयाँ दिएमात्रै जग्गा फिर्ता गरिदिने भन्दै धम्काउने गरेको उनले बताए । ‘घरजग्गा बैंकमा राखेर रामकुमारसँग लिएको कर्जा तिरें । अहिले त म रोडमा आएको छु,’ जदुले भने । उनले १५ धुर जग्गा बिक्री गरेर ७ लाख रुपैयाँसमेत दिएको बताए ।  तर, अझै २३ लाख बुझाए मात्र जग्गा फिर्ता गर्ने कामत अडान छ ।

‘बैंकमा राखेको घरजग्गा बेचेर ऋण तिरेँ, तर अझै पनि भुक्तान गर्न बाँकी रहेको भनिरहेका छन्,’ वडाध्यक्ष जदु कामतले भने । वडाअध्यक्ष जदुलाल कामत आफैं कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् । पूर्वअध्यक्ष कामत भने पालिकाका सभापति हुन्  । ‘कांग्रेस नेता विनोद बस्नेतको घरमै मिटिङ बस्यौं, तर रामकुमारले कसैको कुरा मानेनन्,’ वडाध्यक्ष उदुले भने ।  कामतले भने वडाध्यक्षसँग आफूले कुनै आर्थिक लेनदेन नै नभएको उनले बताए । ​ पूर्वअध्यक्ष कामतबाट पीडित जदु मात्रै होइनन् । जदुजस्तै पीडित छिन्, कटहरी–२ की ५५ वर्षीय रामवती राजवंशी । उनको कथा झनै पीडादायी छ । रामवतीको जग्गा पनि कामतकै नाममा पुगेको छ । आठ लाख रुपैयाँ ऋण लिएकी उनले अहिले तिर्छुभन्दा पनि जग्गा फिर्ता पाएकी छैनन्

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्वोच्च अदालतमा ६ न्यायाधीश नियुक्त
सर्वोच्च अदालतमा ६ न्यायाधीश नियुक्त
भक्तपुरको सूर्यविनायकमा ५० हजार दर्शक क्षमताको फुटबल रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा
भक्तपुरको सूर्यविनायकमा ५० हजार दर्शक क्षमताको फुटबल रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा
त्रिचन्द्र क्याम्पसमा अनेरास्ववियुको प्रदर्शन
त्रिचन्द्र क्याम्पसमा अनेरास्ववियुको प्रदर्शन
राष्ट्रिय सभामा पानीजहाज र विधि विज्ञान प्रयोगशाला विधेयक पेस
राष्ट्रिय सभामा पानीजहाज र विधि विज्ञान प्रयोगशाला विधेयक पेस
राष्ट्रपति पौडेल र न्युजिल्यान्डका उपप्रधानमन्त्रीबीच शिष्टाचार भेट
राष्ट्रपति पौडेल र न्युजिल्यान्डका उपप्रधानमन्त्रीबीच शिष्टाचार भेट
सुनचाँदीको भाउमा उछाल, सुन तोलामा २३ सयले बढ्दा चाँदी पनि महँगियो
सुनचाँदीको भाउमा उछाल, सुन तोलामा २३ सयले बढ्दा चाँदी पनि महँगियो
ट्रक दुर्घटना हुँदा चालकको मृत्यु
ट्रक दुर्घटना हुँदा चालकको मृत्यु
मानव अधिकारलाई हामी सबैले अपरिहार्य आधारको रूपमा स्वीकार गर्नुपर्छ : प्रधानमन्त्री
मानव अधिकारलाई हामी सबैले अपरिहार्य आधारको रूपमा स्वीकार गर्नुपर्छ : प्रधानमन्त्री
१०.२५ अंक घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
१०.२५ अंक घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
जनकपुरस्थित धानखेतमा एक युवकको शव फेला
जनकपुरस्थित धानखेतमा एक युवकको शव फेला