Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

जनकपुरस्थित धानखेतमा एक युवकको शव फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, कार्तिक ९, २०८०
|
|
४५ पटक हेरिएको
Shares
जनकपुरस्थित धानखेतमा एक युवकको शव फेला

सारांश

  • बिहिबार बिहान जनकपुरधाम उपमहानगरपालिका २३ विसपिट्टीदेखि विन्ही जाने बाटोको तल धानबारीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक निरन्जन आवाले जानकारी दिए।
  • उनका अनुसार बाटोमा केही रगत देखिएको तथा शवमा समेत रगतजस्तो पदार्थ देखिएको भन्दै अनुसन्धान पश्चात थप कुरा भन्न सकिने बताए।
  • शवको सनाखत हुन नसकेको भन्दै उनले घटना स्थलमा तालिम प्राप्त कुकुरहरुलाई समेत बोलाइएको बताए।

९ कार्तिक, जनकपुरधाम- जनकपुरधाममा एक युवकको शव फेला परेको छ।

बिहिबार बिहान जनकपुरधाम उपमहानगरपालिका २३ विसपिट्टीदेखि विन्ही जाने बाटोको तल धानबारीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक निरन्जन आवाले जानकारी दिए।

उनका अनुसार बाटोमा केही रगत देखिएको तथा शवमा समेत रगतजस्तो पदार्थ देखिएको भन्दै अनुसन्धान पश्चात थप कुरा भन्न सकिने बताए। शवको सनाखत हुन नसकेको भन्दै उनले घटना स्थलमा तालिम प्राप्त कुकुरहरुलाई समेत बोलाइएको बताए। प्रारम्भिक चरणमा उनको हत्या भएको हुन सक्ने आशंका गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?