Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

जेनजीलाई गुटबन्दी र खुट्टा तानातान नगर्न शिक्षामन्त्री पुनको सुझाव

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन २६, २०८२
|
|
४७ पटक हेरिएको
Shares
जेनजीलाई गुटबन्दी र खुट्टा तानातान नगर्न शिक्षामन्त्री पुनको सुझाव

सारांश

  • शिक्षामन्त्री महावीर पुनले जेनजीहरूलाई राष्ट्रिय हितको लागि गुटबन्दी र खुट्टा तानातान नगर्न सुझाव दिएका छन् ।
  • उनले सामाजिक सञ्जालमार्फत देश विकास र सार्वभौम सत्ताको रक्षाको लागि गुटबन्दी नगर्न जेनजीलाई ६ बुँदामा सुझाव दिएका हुन् ।
  • उनले भनेका छन्, ‘…मेरो अनुरोध जेन-जी सहित सम्पूर्ण राष्ट्रलाई माया गर्ने नेपालीहरुलाई अनुरोध छ।

२६ असोज, काठमाडौं।

शिक्षामन्त्री महावीर पुनले जेनजीहरूलाई राष्ट्रिय हितको लागि गुटबन्दी र खुट्टा तानातान नगर्न सुझाव दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत देश विकास र सार्वभौम सत्ताको रक्षाको लागि गुटबन्दी नगर्न जेनजीलाई ६ बुँदामा सुझाव दिएका हुन् । उनले भनेका छन्, ‘…मेरो अनुरोध जेन-जी सहित सम्पूर्ण राष्ट्रलाई माया गर्ने नेपालीहरुलाई अनुरोध छ।

गुटबन्दी र खुट्टा तानातान गऱ्यो भने कसलाई फाईदा हुने रहेछ भन्ने कुरा तलको इतिहासको पाना बाट पनि सिकौं।’ गुटबन्दी खुट्टा तानातानले नेपाली जनताले १०४ वर्षसम्म निरकुंश राणातन्त्र बेहोर्नु परेको, राजतन्त्र हुँदा पनि गुटबन्दी भोग्नु परेको, २०१७-४६सम्म बहुदलहरूको गुटबन्दी ब्यहोर्नु परेको र ४६देखि ८२ सम्म पनि राजनैतिक पार्टीहरूबीच चरम आन्तरिक गुटबन्दी र खुट्टा तानातान रहेको  भन्‍दै उनले इतिहासको पानाबाट पाठ सिकेर अगाडि बढ्न आग्रह गरेका छन् । ‘यो माथिको इतिहास हेरेर जेन-जीहरुले पाठ सिक्न अनुरोध छ। तपाईहरु भनेको एउटा निश्चित उमेरको युवाहरुको समूह हो।मातृभूमिको अस्तित्वको लागि म विनम्र अनुरोध गर्दछु की नेपालमा गुटबन्दी र खुट्टा तानातानको इतिहास नदोहऱ्याउनु होस्।’ उनले भनेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सामाजिक सञ्जालको विकृति रोक्न ऐन संशोधन जरुरी : मन्त्री खरेल
सामाजिक सञ्जालको विकृति रोक्न ऐन संशोधन जरुरी : मन्त्री खरेल
इन्धनको मूल्य घटेसँगै बजार मूल्य घटाउन सरकारको आग्रह
इन्धनको मूल्य घटेसँगै बजार मूल्य घटाउन सरकारको आग्रह
टिकटक बन्द नगरे आइएसपीहरूलाई कारबाही गर्छौं : प्राधिकरण
टिकटक बन्द नगरे आइएसपीहरूलाई कारबाही गर्छौं : प्राधिकरण
प्रतिनिधिसभाद्वारा राष्ट्रपति पौडेलको सम्बोधनप्रति धन्यवाद प्रस्ताव पारित
प्रतिनिधिसभाद्वारा राष्ट्रपति पौडेलको सम्बोधनप्रति धन्यवाद प्रस्ताव पारित
मलेखु–मुग्लिन सडकखण्ड आजदेखि साढे ५ घण्टा बन्द हुने
मलेखु–मुग्लिन सडकखण्ड आजदेखि साढे ५ घण्टा बन्द हुने
उच्च पदस्थको सम्पत्ति छानबिन आयोगद्वारा कार्य प्रारम्भ
उच्च पदस्थको सम्पत्ति छानबिन आयोगद्वारा कार्य प्रारम्भ
हतियार देखाएर वृद्ध दम्पत्तिको गहना लुटेको आरोपमा तीनजना पक्राउ
हतियार देखाएर वृद्ध दम्पत्तिको गहना लुटेको आरोपमा तीनजना पक्राउ
केपी ओली टी-२० क्रिकेट चैत २३ देखि
केपी ओली टी-२० क्रिकेट चैत २३ देखि
त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब २९ वटा जहाज पार्किङ गर्न सकिने
त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब २९ वटा जहाज पार्किङ गर्न सकिने
दुईपाङ्ग्रे सवारी चालकसँग ‘दुई मिनेट’ अभियान सुरु
दुईपाङ्ग्रे सवारी चालकसँग ‘दुई मिनेट’ अभियान सुरु