मधेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पत्रकार सम्मेलन गर्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, कार्तिक २५, २०८२
|
|
३४ पटक हेरिएको
Shares
मधेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पत्रकार सम्मेलन गर्दै

सारांश

  • मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आज पत्रकार सम्मेलन गर्न लागेका छन् ।
  • आज बिहान ११ बजे जनकपुरको जानके चार होटलमा उनले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
  • पछिल्ला घटनाक्रमको बारेमा उनले आज आफ्ना धारणा राख्ने मुख्यमन्त्रीका सचिवालयका रन्जित सिंहले जानकारी दिए ।

२५ कात्तिक, जनकपुरधाम ।

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आज पत्रकार सम्मेलन गर्न लागेका छन् । आज बिहान ११ बजे जनकपुरको जानके चार होटलमा उनले पत्रकार सम्मेलन गर्न लागेका हुन् । पछिल्ला घटनाक्रमको बारेमा उनले आज आफ्ना धारणा राख्ने मुख्यमन्त्रीका सचिवालयका रन्जित सिंहले जानकारी दिए ।

दलहरूलाई छलेर प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनलाई गत आइतबार संविधानको धारा १६८ को ३ बमोजिम मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । सोमबार बिहान बिरामी रहेको बहानामा उपचारको लागि काठमाडौं निस्केकी प्रदेश प्रमुख भण्डारीले महोत्तरीको बर्दिबास नगरपालिका-३ कालापानीस्थित पानस होटलमा शपथ ग्रहण गराएकी थिइन् । यसपछि मधेश भवनको अवस्था असहज भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?