विनियोजन र खर्चबीचको खाडल पुर्न चाहन्छु : अर्थमन्त्री पौडेल

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, बैशाख २७, २०८२
|
|
२७ पटक हेरिएको
Shares
विनियोजन र खर्चबीचको खाडल पुर्न चाहन्छु : अर्थमन्त्री पौडेल

सारांश

  • उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले विनियोजन र खर्चबीचको खाडल यस वर्ष पुर्ने प्रयासमा आफू रहेको बताएका छन् ।
  • नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले शनिबार काठमाडौंमा आयोजना गरेको प्रिबजेट छलफलमा बोल्दै अर्थमन्त्री पौडेलले भने, ‘विनियोजन र खर्चका बीचको खाडल हामीले नै खनेका हौं, यस वर्ष अर्थमन्त्री यो खाडल पुर्न चाहन्छ, सबैले साथ दिनुहोस ।
  • ’ यस वर्ष बजेटमा ७ हजार आयोजनामा ११ हजार आयोजना थपिएकोमा व्यङ्ग्यसमेत गरे ।

 

२७ वैशाख, काठमाडौं ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले विनियोजन र खर्चबीचको खाडल यस वर्ष पुर्ने प्रयासमा आफू रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले शनिबार काठमाडौंमा आयोजना गरेको प्रिबजेट छलफलमा बोल्दै अर्थमन्त्री पौडेलले भने, ‘विनियोजन र खर्चका बीचको खाडल हामीले नै खनेका हौं, यस वर्ष अर्थमन्त्री यो खाडल पुर्न चाहन्छ, सबैले साथ दिनुहोस ।’

यस वर्ष बजेटमा ७ हजार आयोजनामा ११ हजार आयोजना थपिएकोमा व्यङ्ग्यसमेत गरे । उनले संविधानको सीमाभित्र सबै बस्ने हो भने विनियोजनमा विकृति नहुने उनको भनाइ छ । अनुमान गरेभन्दा बाहिरबाट स्रोत सिर्जना हुँदा चालु खर्च बढ्ने गरेको उनले बताए । यस वर्ष अदालतको आदेश, शिक्षकका माग पूरा गर्दा दायित्व थप भएको उनको भनाइ छ । यो सामर्थ्यको दायराभन्दा माथि पुगेको उनको भनाइ छ । सामाजिक सुरक्षामा प्रतिस्पर्धा गर्दा विकृत्ति भएको उनको भनाइ छ । स्वास्थ बीमा नेपाललाई महत्त्वपूर्ण रहेको भए पनि स्रोत र खर्चमा खाडल रहेको उनले स्वीकार गरे । बहुवर्षीय स्रोत सुनिश्चिततामा अभिलेखमा समस्या रहेको भन्दै कैयौं दशकमा पूरा गर्न नसक्ने आयोजना रहेको उनको भनाइ छ ।  न्यून विनियोजना समेत अर्को समस्या रहेको उनको स्विकारोक्ति छ ।

राजस्वले साधारण खर्च धानिरहेको भन्ने देखाउन त्यै अनुसार बजेट लोड भैरहेको उनले उदाहरण दिए । ‘हामी समस्यै समस्याको चाङमा छौं, यो अवस्थाबाट अगाडि बढ्नुपर्ने छ,’ उनले भने । सामाजिक सुरक्षा, बिमामा दोहोरोपन रहेको भन्दै उनले बजेट प्रणालीका विकृति सुनाए । स्थानीय सरकारले पैसा बाढ्ने कार्यक्रममा जोड दिएका कारण यसमा सुधार गर्नुपर्ने आवश्यकता रहेको बताए । संघीय सरकार पुँजी सिर्जना हुने आयोजनामा केन्द्रित हुनुपर्ने भन्दै उनले ठुला आयोजनामा यसवर्ष जोड दिइने उनको भनाइ छ । बजेट निर्माणको अभ्यासलाई वास्तविकता हुनुपर्नेमा आफू सहमत रहेको उनको भनाइ छ । कार्यान्वयन सुनिश्चितता सहितको बजेट निर्माणको कोसि भइरहेको उनले जानकारी दिए । स्रोतको लक्जरी नभएको भन्दै उनले त्यै सिमाभित्रै रहेर बजेट बन्ने उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नारायणगढ–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्र
नारायणगढ–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्र
वासिङ्टन गोलीकाण्डका संदिग्ध आक्रमणकारीको तस्वीर सावर्जनिक
वासिङ्टन गोलीकाण्डका संदिग्ध आक्रमणकारीको तस्वीर सावर्जनिक
तीनकुने घटना: सविन र सुरेशलाई सहिद घोषणा गर्न राप्रपाको माग
तीनकुने घटना: सविन र सुरेशलाई सहिद घोषणा गर्न राप्रपाको माग
रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश
रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश
वर्षाले सूर्यविनायक–साँगा सडकमा एकतर्फी सवारी सञ्चालन
वर्षाले सूर्यविनायक–साँगा सडकमा एकतर्फी सवारी सञ्चालन
कदर पत्र वितरणमा भेदभाव
कदर पत्र वितरणमा भेदभाव
पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा आउन एमालेको रोक, सम्झायो संविधानको धारा ६१
पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा आउन एमालेको रोक, सम्झायो संविधानको धारा ६१
प्रचण्ड सरकारले भ्रष्टाचारविरुद्ध होइन, चोख्याउने अभियान चाँहि चलाएको थियो : ओली
उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच एकता, चाँडै जिम्मेवारी बाँडफाँट हुने
उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच एकता, चाँडै जिम्मेवारी बाँडफाँट हुने
+२ परीक्षा दिएर बसेका विद्यार्थीका लागि एक सातासम्म निःशुल्क आईटी तालिम हुँदै
+२ परीक्षा दिएर बसेका विद्यार्थीका लागि एक सातासम्म निःशुल्क आईटी तालिम हुँदै