लागूऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, पौष ३, २०८१
|
|
२५ पटक हेरिएको
Shares

सारांश

  • जिल्ला प्रहरी कार्यालय बाँकेले १६१ ग्राम ९५० मिलिग्राम ब्राउन सुगर, प्रतिबन्धित औषधि ८० ट्याब्लेट, नाइट्राजेपाम र ४३६ ट्याब्लेट ट्राम डोलसहित १६ जना ओसारपसारकर्तालाई पक्राउ गरेको जानकारी दिएको छ।
  • जिल्लाभरबाट अवैध तस्करी बरामदतर्फ रु.
  • नौ लाख ३३ हजार ७६० बराबरको अवैध सामग्रीसमेत बरामद भएको र बरामद गरिएको सबै सामग्रीलाई नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए।

 

३ पुस, नेपालगञ्ज- प्रहरीले बाँकेमा गत मङ्सिरमा मात्रै लागूऔषधओसारपसारविरुद्धको कारबाहीमा ठूलो परिमाणमा ब्राउन सुगर बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेले १६१ ग्राम ९५० मिलिग्राम ब्राउन सुगर, प्रतिबन्धित औषधि ८० ट्याब्लेट, नाइट्राजेपाम र ४३६ ट्याब्लेट ट्राम डोलसहित १६ जना ओसारपसारकर्तालाई पक्राउ गरेको जानकारी दिएको छ।

जिल्लाभरबाट अवैध तस्करी बरामदतर्फ रु. नौ लाख ३३ हजार ७६० बराबरको अवैध सामग्रीसमेत बरामद भएको र बरामद गरिएको सबै सामग्रीलाई नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए। जिल्ला प्रहरी बाँकेबाट खटिएको टोलीले मङ्सिरमा ५४ जना फरार प्रतिवादीलाई पक्राउ गर्न सफल भएको छ। उनीहरूलाई सात वर्ष दुई महिना २० दिन कैद र रु. आठ लाख ६३ हजार ८०० जरिवाना असुल उपर गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले बाँकेमा दर्ता भएका जम्मा ८४ मुद्दामा ५२ व्यक्तिलाई पक्राउ गरी कानुनी दायरामा ल्याइएकामा पर्खाइमा रहेका ३८ मुद्दालाई फर्छ्यौट गरिएको जानकारी दिएको छ। ठाडो उजुरीतर्फका ४२८ मुद्दामा ४१६ फर्छ्यौट भएको र १२ वटा बाँकी निवेदन फर्छ्यौट प्रक्रियामा रहेका छन्। जिल्लाभरमा अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन गर्ने चार ट्याक्टर नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाएर रु. ४६ हजार जरिवाना गराइएको छ। जिल्ला प्रहरी कार्यालयमा महिला बालबालिकासँग सम्बन्धित छ मुद्दा दर्ता हुँदा छ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको छ भने घरेलु हिंसासम्बन्धी दर्ता भएका ५० उजुरीमा ३६ उजुरी फर्छ्यौट गरिएको छ।

चौध उजुरी अनुसन्धानको प्रक्रियामा रहेको प्रहरीले जानकारी दिएको छ। हराएका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकतर्फको १० निवेदनमा छ जनालाई फेला पारी अभिभावकको जिम्मा लगाइएको र बाँकी खोजतलासको क्रममा रहेका छन्। ट्राफिक प्रहरीको कारबाहीतर्फ मङ्सिरमा मात्रै दुई हजार ८८६ सवारी साधनलाई कारबाही गर्दै रु. २४ लाख ७१ हजार ५०० राजस्व संकलन गरिएको छ। जिल्ला प्रहरी कार्यालयले मङ्सिर २८ गते मात्रै १५० ग्राम ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फोटो खिच्ने क्रममा भरुवा बन्दुक पड्किँदा २५ वर्षीय युवकको मृ*त्यु
फोटो खिच्ने क्रममा भरुवा बन्दुक पड्किँदा २५ वर्षीय युवकको मृ*त्यु
राजावादीहरुको प्रदर्शनमा मृ*त्यु भएका पत्रकार रजककी श्रीमतीलाई सरकारी जागिर
राजावादीहरुको प्रदर्शनमा मृ*त्यु भएका पत्रकार रजककी श्रीमतीलाई सरकारी जागिर
सप्तरीमा लुटेराहरुले गरे नेपाल बैंकका सुरक्षा गार्डको हत्या
सप्तरीमा लुटेराहरुले गरे नेपाल बैंकका सुरक्षा गार्डको हत्या
कांग्रेसकै नेताले मागे गृहमन्त्री लेखकको राजीनामा
कांग्रेसकै नेताले मागे गृहमन्त्री लेखकको राजीनामा
‘यातायात क्षेत्रका समस्या समाधानमा सबैको सहयोग आवश्यक छ’
‘यातायात क्षेत्रका समस्या समाधानमा सबैको सहयोग आवश्यक छ’
गाडीको ठक्करबाट तिलोत्तमामा एक जनाको मृत्यु
गाडीको ठक्करबाट तिलोत्तमामा एक जनाको मृत्यु
शिक्षकका माग पुरा गर्न शिक्षामन्त्रीलाई जहदा गाउँपालिकाको पत्र
शिक्षकका माग पुरा गर्न शिक्षामन्त्रीलाई जहदा गाउँपालिकाको पत्र
विमान दुर्घटना : मृतकको शव आफन्तले ३ दिनपछि पाउने
विमान दुर्घटना : मृतकको शव आफन्तले ३ दिनपछि पाउने
अमेरिका-इरानबीच दुई साताका लागि युद्धविराम
अमेरिका-इरानबीच दुई साताका लागि युद्धविराम
राष्ट्रपतिको पहलमा शीर्ष नेता र प्रधानमन्त्रीबीच भेटवार्ता
राष्ट्रपतिको पहलमा शीर्ष नेता र प्रधानमन्त्रीबीच भेटवार्ता