कांग्रेस संसदीय दलको बैठक बस्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आषाढ ६, २०८३
|
|
१६५ पटक हेरिएको
Shares
कांग्रेस संसदीय दलको बैठक बस्दै

सारांश

  • बैठक दिउँसो १२ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्ने भएको हो।
  • दलका नेता भीष्मराज आङ्देम्बेका अनुसार बैठकमा सरकारका काम-कारबाहीमा निगरानी बढाउन यसअघि तोकिएका विभागीय मन्त्रालयका संयोजकहरूसँग मन्त्रालयगत छलफल हुनेछ।
  • मन्त्रालयगत संयोजकहरूले मन्त्रिपरिषद्‌को निर्णय तथा सरकारकोे कामकारबाहीको नियमित निगरानी, मन्त्रालयगत गतिविधिको अध्ययन र विश्लेषण गरिरहेका छन्।

 

नेपाली कांग्रेस संसदीय दलको बैठक आज शनिबार बस्दै छ। बैठक दिउँसो १२ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्ने भएको हो। दलका नेता भीष्मराज आङ्देम्बेका अनुसार बैठकमा सरकारका काम-कारबाहीमा निगरानी बढाउन यसअघि तोकिएका विभागीय मन्त्रालयका संयोजकहरूसँग मन्त्रालयगत छलफल हुनेछ।

मन्त्रालयगत संयोजकहरूले मन्त्रिपरिषद्‌को निर्णय तथा सरकारकोे कामकारबाहीको नियमित निगरानी, मन्त्रालयगत गतिविधिको अध्ययन र विश्लेषण गरिरहेका छन्। आजको बैठकमा संसदीय समितिका गतिविधि, संसद्‌मा कांग्रेसको भूमिका र समसामयिक राजनीतिक विषयमा समेत बैठकमा छलफल हुने भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?