Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

जानकी नवमीमा राष्ट्रिय बिदा दिन प्रधानमन्त्रीलाई साधुसन्तको आग्रह

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र २१, २०८२
|
|
१२५ पटक हेरिएको
Shares
जानकी नवमीमा राष्ट्रिय बिदा दिन प्रधानमन्त्रीलाई साधुसन्तको आग्रह

सारांश

  • जनकपुरधामका साधुसन्तहरुले बालेन नेतृत्वको नव गठित सरकारलाई जानकी नवमीको दिन राष्ट्रिय बिदा दिन आग्रह गरेका छन् ।
  • शुक्रबार जनकपुरधामस्थित तुलसी सदनमा पत्रकार सम्मेलन गर्दै जनकपुरधामका साधुसन्तहरुले नेपाल सरकारलाई वैशाख १२ गत्ते राष्ट्रिय बिदा दिन आग्रह गरेका छन् ।
  • रामायण कालिन इतिहास बोकेको जनकपुरधामको भूमिमा जन्मेकी माता सीतालाई राष्ट्रिय विभूतिको संज्ञा दिँदै देश भरी सीता माताको जन्म जयन्ती मनाउनु पर्ने रामानन्दिय वैशणव समाजका अध्यक्ष एवम् जानकी मन्दिरका छोटे महन्थ राम रोशन दासले बताए ।

२१ चैत, जनकपुरधाम ।

जनकपुरधामका साधुसन्तहरुले बालेन नेतृत्वको नव गठित सरकारलाई जानकी नवमीको दिन राष्ट्रिय बिदा दिन आग्रह गरेका छन् ।शुक्रबार जनकपुरधामस्थित तुलसी सदनमा पत्रकार सम्मेलन गर्दै जनकपुरधामका साधुसन्तहरुले नेपाल सरकारलाई वैशाख १२ गत्ते राष्ट्रिय बिदा दिन आग्रह गरेका छन् ।

रामायण कालिन इतिहास बोकेको जनकपुरधामको भूमिमा जन्मेकी माता सीतालाई राष्ट्रिय विभूतिको संज्ञा दिँदै देश भरी सीता माताको जन्म जयन्ती मनाउनु पर्ने रामानन्दिय वैशणव समाजका अध्यक्ष एवम् जानकी मन्दिरका छोटे महन्थ राम रोशन दासले बताए । उनले बालेन साह नेतृत्वको सरकारले हालसम्म उत्कृष्ट काम गर्दै आएकोले जनकपुरधामका साधुसन्त पनि प्रधानमन्त्री बालेनसंग आशावादी रहेको बताए ।

जानकी नवमीको दिन प्रदेश सरकाले बिदा दिँदै आए पनि प्रदेश सरकारको क्यालेन्डरमा भने बिदा अङ्कित नहुनु दुःखद रहेको महन्थ दासले बताए । उनले विश्वमा राम सीताको पूजा हुने गरे पनि आफ्नै देशमा माता सीता उपेक्षित हुनु दुखद रहेको बताए । प्रत्येक वर्ष झैँ यस वर्ष पनि जनकपुरधामको जानकी मन्दिरसहित अन्य सम्पूर्ण मठ मन्दिरहरूमा जानकी नवमी धूमधामका साथ मनाइने महन्थ दासले जानकारी दिए । उनले यो दिन जानकी मन्दिरमा विशेष पूजा पाठका साथै द्विप प्रज्वलनलगायत विभिन्न धार्मिक कार्यक्रमहरू हुने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतीय लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न इप्पानका अध्यक्षको आग्रह
भारतीय लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न इप्पानका अध्यक्षको आग्रह
दुईपाङ्ग्रे सवारी चालकसँग ‘दुई मिनेट’ अभियान सुरु
दुईपाङ्ग्रे सवारी चालकसँग ‘दुई मिनेट’ अभियान सुरु
लालबन्दी नगरपालिका स्वास्थ्य क्षेत्रमा जिल्लाकै उत्कृष्ट
लालबन्दी नगरपालिका स्वास्थ्य क्षेत्रमा जिल्लाकै उत्कृष्ट
ललितपुरका यी क्षेत्रमा आजदेखि २ महिनासम्म निषेधाज्ञा
ललितपुरका यी क्षेत्रमा आजदेखि २ महिनासम्म निषेधाज्ञा
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
अदालतको आदेशपछि अमृत साइन्स क्याम्पसमा चैत १० गते स्ववियु निर्वाचन हुने
अदालतको आदेशपछि अमृत साइन्स क्याम्पसमा चैत १० गते स्ववियु निर्वाचन हुने
कांग्रेसको केन्द्रीय अनुशासन समिति बैठक बस्दै
कांग्रेसको केन्द्रीय अनुशासन समिति बैठक बस्दै
नेपाल औषधि लिमिटिडसँग जिटुजीमार्फत औषधि खरिद गर्ने स्वास्थ्य मन्त्रालयको तयारी
नेपाल औषधि लिमिटिडसँग जिटुजीमार्फत औषधि खरिद गर्ने स्वास्थ्य मन्त्रालयको तयारी
मुगुमा ट्याक्टर दुर्घटना : एकको मृत्यु आठ घाइते
मुगुमा ट्याक्टर दुर्घटना : एकको मृत्यु आठ घाइते
कारले मोटरसाइकललाई ठक्कर दिँदा बाबु छोरीको मृत्यु
कारले मोटरसाइकललाई ठक्कर दिँदा बाबु छोरीको मृत्यु