आजको मौसम : यी स्थानहरुमा चट्याङ्ग सहित वर्षाको सम्भावना

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आषाढ ४, २०८३
|
|
१४१ पटक हेरिएको
Shares
आजको मौसम : यी स्थानहरुमा चट्याङ्ग सहित वर्षाको सम्भावना

सारांश

  • हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा स्थानीय वायू तथा पूर्वीय वायूको समेत आंशिक प्रभाव रहेको छ।
  • देशको हिमाल र पहाडी भूभाग साथै गण्डकी र बागमती प्रदेशको तराईमा साधारणतया बादल लागेको छ ।
  • अन्य तराईमा मुख्यतया सफा रहेको छ ।

काठमाडौं ।

हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा स्थानीय वायू तथा पूर्वीय वायूको समेत आंशिक प्रभाव रहेको छ। देशको हिमाल र पहाडी भूभाग साथै गण्डकी र बागमती प्रदेशको तराईमा साधारणतया बादल लागेको छ । अन्य तराईमा मुख्यतया सफा रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एकरदुई स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।

आज दिउँसो देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ। कोशी र मधेश प्रदेशका तराई भू–भागमा आंशिक बादल लाग्नेछ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा मौसम मूख्यतया सफा रहनेछ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ।  महाशाखाका अनुसार कोशी र मधेश प्रदेशको तराईका पनि एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानहरू तथा बागमती र गण्डकी प्रदेशका तराई भू–भागका थोरै स्थानमा पनि तातो दिन हुने सम्भावना छ ।

यस्तै आज राती भने कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भाग, लुम्बिनी प्रदेशको हिमाली भू–भाग साथै कोशी र मधेश प्रदेशका तराई भू–भागमा साधारणतया बादल लाग्नेछ ।  लुम्बिनी प्रदेशको पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी प्रदेशका थोरै स्थान, गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थान तथा बागमती प्रदेशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।  कोशी प्रदेशको तराईका थोरै स्थानमा तथा मधेश प्रदेशका पनि एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना समेत रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘डेडिकेटेड’ महसुल तिर्न उद्योगीद्वारा सामूहिक अस्वीकार
‘डेडिकेटेड’ महसुल तिर्न उद्योगीद्वारा सामूहिक अस्वीकार
नामिबियाका ट्रम्पलमनले लुम्बिनीबाट एनपीएल खेल्ने
नामिबियाका ट्रम्पलमनले लुम्बिनीबाट एनपीएल खेल्ने
स्वास्थ्य सेवामा डॉ. सचिन यादवको अविस्मरणीय योगदान
स्वास्थ्य सेवामा डॉ. सचिन यादवको अविस्मरणीय योगदान
भुटानका राजनीतिक बन्दीहरूलाई गरिएको व्यवहारको भत्र्सना, तत्काल रिहाइको माग
भुटानका राजनीतिक बन्दीहरूलाई गरिएको व्यवहारको भत्र्सना, तत्काल रिहाइको माग
७५ जिल्लामा पुर्‍याइयो निर्वाचन सामग्री र मतपत्र
७५ जिल्लामा पुर्‍याइयो निर्वाचन सामग्री र मतपत्र
कर्णालीमा गठबन्धनका तीनैजना विजयी
कर्णालीमा गठबन्धनका तीनैजना विजयी
गृहमन्त्री लेखकसहित पाँच सांसदविरुद्धको रिटमा आज सुनुवाइ
गृहमन्त्री लेखकसहित पाँच सांसदविरुद्धको रिटमा आज सुनुवाइ
एनसेलले राज्यलाई तिर्नुपर्ने कर असुलउपर गर्न राज्य व्यवस्था समितिको निर्देशन
एनसेलले राज्यलाई तिर्नुपर्ने कर असुलउपर गर्न राज्य व्यवस्था समितिको निर्देशन
सुशीला कार्की र दुर्गा प्रसाईंलाई विशेष सुरक्षासहित जङ्गीअड्डा लगियो
सुशीला कार्की र दुर्गा प्रसाईंलाई विशेष सुरक्षासहित जङ्गीअड्डा लगियो
मानव तस्करी प्रकरण : पूर्वमन्त्री अधिकारीसहित ९ जनालाई ७ दिन म्याद थप
मानव तस्करी प्रकरण : पूर्वमन्त्री अधिकारीसहित ९ जनालाई ७ दिन म्याद थप