मेडिकलमा सुई लगाए लगत्तै महिलाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र ३०, २०८१
|
|
५८ पटक हेरिएको
Shares
मेडिकलमा सुई लगाए लगत्तै महिलाको मृत्यु

सारांश

  • कैलालीको टीकापुरस्थित एल.
  • एन मेडिकलमा सुई लगाए लगत्तै महिलाको मृत्यु भएको छ ।
  • हिजो साँझ ६ बजेतिर उपचारका लागि मेडिकल पुगेकी जोशीपुर गाउँपालिका वडा नं.

३० भदौ ,काठमाडौं । कैलालीको टीकापुरस्थित एल.एन मेडिकलमा सुई लगाए लगत्तै महिलाको मृत्यु भएको छ । हिजो साँझ ६ बजेतिर उपचारका लागि मेडिकल पुगेकी जोशीपुर गाउँपालिका वडा नं. १ पिपरकोटीकी ६८ वर्षीया सञ्चुरिया चौधरीको सुई लगाए लगत्तै मृत्यु भएको हो । टाइफाइडको उपचारका लागि मेडिकल गएकी सञ्चुरियालाई मेडिकल सञ्चालक हरि चौधरीले सुई लगाए लगत्तै मृत्यु भएको मृतकका आफन्तले बताएका छन् । बिरामीको मृत्यु भएसँगै सञ्चालक चौधरीलाई इलाका प्रहरी कार्यालय टीकापुरले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरिक्षक विश्व अधिकारीले जानकारी दिए। घटना लगत्तै हिजो साँझ नै सञ्चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको प्रमुख अधिकारीले बताउनु भयो ।मृतक सञ्चुरियाकी छोरी रिमा चौधरीले जोशीपुरबाट दिउँसो एक्लै टीकापुरस्थित छोरीको घर पुगेकी उनलाई मेडिकलमा उपचारका लागि लगेकी थिइन् । जोशीपुरबाट हिँडेर आएकी आमाको सुई लगाएको एक मिनेटमै ज्यान गएकोले मेडिकल सञ्चालकको लापरवाही देखिएकाले सञ्चालकलाई कारबाही हुनुपर्ने छोरी रिमाको भनाई छ । सञ्चुरियाको ज्यान गएपछि स्थानीयहरू आक्रोशित भएका छन् । यसअघिसमेत उक्त मेडिकलमा दुई जना बिरामीको उपचारका क्रममा सुई लगाए लगत्तै ज्यान गएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युनुस सरकारमाथि शेख हसिनाको कडा आलोचना, भारत–बंगलादेश सम्बन्ध दीर्घकालीन हुने दाबी
युनुस सरकारमाथि शेख हसिनाको कडा आलोचना, भारत–बंगलादेश सम्बन्ध दीर्घकालीन हुने दाबी
रौतहटबाट चार महिनामा एक करोड बढीका अवैध सामान बरामद
रौतहटबाट चार महिनामा एक करोड बढीका अवैध सामान बरामद
लागूऔषधसहित कैलालीबाट चार जना पक्राउ
लागूऔषधसहित कैलालीबाट चार जना पक्राउ
नागढुंगामा प्रहरी जवानलाई कुट्ने ट्राफिक इन्सपेक्टरलाई जिम्मेवारीबाट हटाइयो
नागढुंगामा प्रहरी जवानलाई कुट्ने ट्राफिक इन्सपेक्टरलाई जिम्मेवारीबाट हटाइयो
मधेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्छः सभापति देउवा
मधेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्छः सभापति देउवा
आजको मौसम : कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका भू‍–भागमा आंशिक बादल लाग्ने
आजको मौसम : कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका भू‍–भागमा आंशिक बादल लाग्ने
आजको मौसमः देशका केहि क्षेत्रमा सामान्य बदली भई वर्षाको सम्भावना
आजको मौसमः देशका केहि क्षेत्रमा सामान्य बदली भई वर्षाको सम्भावना
सात बुँदे मागसहित धनगढीमा सत्याग्रह बस्दै डा.केसी
सात बुँदे मागसहित धनगढीमा सत्याग्रह बस्दै डा.केसी
काठमाडौंको जमलमा तीन वटा सवारी आपसमा ठोक्किए
काठमाडौंको जमलमा तीन वटा सवारी आपसमा ठोक्किए
वाम प्रगतिशील ध्रुवीकरण घोषणा गर्दै जनार्दन
वाम प्रगतिशील ध्रुवीकरण घोषणा गर्दै जनार्दन