जब २ सय यात्रु सवार प्लेन आकाशमै पाइलटबिनै १० मिनेट उड्यो…

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ ४, २०८२
|
|
३२ पटक हेरिएको
Shares
जब २ सय यात्रु सवार प्लेन आकाशमै पाइलटबिनै १० मिनेट उड्यो…

सारांश

  • स्पेनबाट जर्मनीतर्फ जाँदै गरेको एक यात्रुवाहक प्लेन गम्भीर दुर्घटनाबाट जोगिएको छ।
  • २०० यात्रु सवार विमान एक आकस्मिक स्वास्थ्य समस्या र समय नमिलेर परेको शौचालय ब्रेकले सम्भावित ठूलो दुर्घटनाको अवस्था सिर्जना भएको जनाइएको छ।
  • यो घटना सन् २०२४ को फेब्रुअरी महिनामा भए पनि हालै स्पेनी अनुसन्धानकर्ताहरूले घटनाको पूर्ण विवरण सार्वजनिक गरेपछि यसको गम्भिरता बाहिर आएको हो।

४ जेठ, स्पेन।

स्पेनबाट जर्मनीतर्फ जाँदै गरेको एक यात्रुवाहक प्लेन गम्भीर दुर्घटनाबाट जोगिएको छ। २०० यात्रु सवार विमान एक आकस्मिक स्वास्थ्य समस्या र समय नमिलेर परेको शौचालय ब्रेकले सम्भावित ठूलो दुर्घटनाको अवस्था सिर्जना भएको जनाइएको छ। यो घटना सन् २०२४ को फेब्रुअरी महिनामा भए पनि हालै स्पेनी अनुसन्धानकर्ताहरूले घटनाको पूर्ण विवरण सार्वजनिक गरेपछि यसको गम्भिरता बाहिर आएको हो।

बिजनेस इन्साइडरको रिपोर्टअनुसार, फ्र्याङ्कफर्ट (जर्मनी) बाट सेभिल (स्पेन) गइरहेको लुफ्थान्सा एयरलाइन्सको एउटा उडान करिब १० मिनेटसम्म पाइलटविहीन रह्यो। यसले विश्वभरको प्लेन सुरक्षालाई लिएर पुनः प्रश्नहरू उठेका छन्। यो अवस्था निकै डरलाग्दो अवस्था भएको बताइएको छ। जब विमान स्पेनको आकाशमा प्रवेश गर्नै लाग्दै थियो र करिब ३० मिनेटको यात्रा बाँकी थियो, कप्तानले चाँडो शौचालय जाने अवसरलाई सदुपयोग गर्न खोजेका थिए। तर त्यो अवस्था निकै भयावह बन्न पुग्यो। करिब आठ मिनेटपछि ककपिट फर्कन खोज्दा कप्तानले पाँचपटक सुरक्षा कोड हाल्दा पनि ढोका खोल्न सकेनन्। त्यतिबेला एक एयर होस्टेसले इन्टरकम प्रयोग गरेर पहिलो अफिसरसँग सम्पर्क गर्न खोजिन्, तर पनि कुनै प्रतिक्रिया आएन।

यात्राको क्रममा कप्तान शौचालय जानुअघि ३८ वर्षका सह–पाइलट (फर्स्ट अफिसर) बिल्कुल सामान्य अवस्थामा देखिएका थिए। तर, रिपोर्टअनुसार कप्तान बाहिर निस्किएपछि उनी होस गुमाएर बेहोस भएका अवस्थामा पुगे। केही समयपछि सह-पाइलटको होस फर्कियो र उनले ककपिटको ढोका खोल्न सके तर त्यो करिब १० मिनेटसम्म विमान पाइलटविहीन रहेको बताइएको छ। ककपिटको ढोका खोलिएपछि सह-पाइलटलाई चेतविहीन जसरी असिन पसिन भएर अस्वाभाविक रूपमा हिँडिरहेको देखिएको जनाइएको छ। त्यस्तो अवस्था देखेपछि उनलाई तुरुन्तै फ्लाइट क्रु र यात्रुहरूमध्ये रहेका एक डाक्टरले प्राथमिक उपचार सुर गरेका थिए। यसबीच, कप्तानले तत्काल निर्णय गर्दै विमानलाई सबैभन्दा नजिकको विमानस्थल अर्थात म्याड्रिडतर्फ मोडेर सह-पाइलटलाई तुरुन्तै स्वास्थ्य उपचार गराउने विकल्प रोजेका थिए।

अनुसन्धानकर्ताहरूको प्रतिवेदनअनुसार, सह-पाइलटको ‘एक्कासी र गम्भीर रूपमा अचेत हुनु’ एक प्रकारको न्यूरोलोजिकल समस्याका कारण भएको थियो, जसले कहिलेकाहीँ मुटु बेहोस हुनेको अवस्था निम्त्याउन सक्छ। बिजनेस इन्साइडरका अनुसार, अनुसन्धानकर्ताहरूले युरोपेली संघको उड्डयन सुरक्षा एजेन्सी (इएएसए) लाई सबै एयरलाइन्सहरूलाई यो घटना जानकारी गराउन सिफारिस गरेका छन्, ताकि भविष्यमा कुनै एक पाइलट मात्र ककपिटमा हुनुको जोखिमलाई पुनः मूल्यांकन गर्न सकियोस्। तर लुफ्थान्सा एयरलाइन्सले यो विषयमा समाचार सार्वजानिक भएको ‘बिजनेस इन्साइडर’ लाई कुनै टिप्पणी नदिएको जनाइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेश प्रदेशसभा बैठक तेस्रो दिन पनि अवरुद्ध- बजेट पुनर्लेखन गर्न माग
मधेश प्रदेशसभा बैठक तेस्रो दिन पनि अवरुद्ध- बजेट पुनर्लेखन गर्न माग
नीतिगत सुधार गरेर साना जलविद्युत् आयोजनाका समस्या समाधान गरिन्छ : मन्त्री खड्का
नीतिगत सुधार गरेर साना जलविद्युत् आयोजनाका समस्या समाधान गरिन्छ : मन्त्री खड्का
बीपी राजमार्ग १४ दिनपछि एकतर्फी खुल्यो
बीपी राजमार्ग १४ दिनपछि एकतर्फी खुल्यो
रामेछापमा बुहारीको हत्या आरोपमा एक व्यक्ति पक्राउ
रामेछापमा बुहारीको हत्या आरोपमा एक व्यक्ति पक्राउ
पूर्वाधार कार्यालयको दाबी अवरोधका बाबजुद समयमै योजना कार्यान्वयन र भुक्तानी
पूर्वाधार कार्यालयको दाबी अवरोधका बाबजुद समयमै योजना कार्यान्वयन र भुक्तानी
पूर्णबहादुर खड्का नाममात्रको कार्यवाहक, सबै शक्ति शेरबहादुर देउवामा: गगन थापा
पूर्णबहादुर खड्का नाममात्रको कार्यवाहक, सबै शक्ति शेरबहादुर देउवामा: गगन थापा
गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माण सुरु
गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माण सुरु
देउवाले गरे उद्योग तथा व्यापार विभागमा १० सदस्य मनोनयन
देउवाले गरे उद्योग तथा व्यापार विभागमा १० सदस्य मनोनयन
धनुषा निर्वाचन क्षेत्र नम्बर–३ का उम्मेदवार रास्वपा मा प्रवेश
धनुषा निर्वाचन क्षेत्र नम्बर–३ का उम्मेदवार रास्वपा मा प्रवेश
उदयपुरमा गाडीको ठक्करबाट दिदीबहिनीको मृत्यु
उदयपुरमा गाडीको ठक्करबाट दिदीबहिनीको मृत्यु