दुई छोरासहित हमासका वरिष्ठ नेता ड्रोन आक्रमणमा मारिए

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र २२, २०८१
|
|
३४ पटक हेरिएको
Shares
दुई छोरासहित हमासका वरिष्ठ नेता ड्रोन आक्रमणमा मारिए

सारांश

  • लेबनानको सिडोनस्थित एक अपार्टमेन्टमा शुक्रबार भएको इजरायली ड्रोन आक्रमणमा हमासका वरिष्ठ अधिकारी हसन फरहत र उनका दुई छोराको मृत्यु भएको लेबनानी सेना र अल जदीद टेलिभिजन च्यानलले जनाएको छ ।
  • इजरायली ड्रोनले मध्य सिडोनको अल–जहरास्थित हमास नेता हसन फरहत बस्ने अपार्टमेन्टमा क्षेप्यास्त्र प्रहार गरेको लेबनानको सुरक्षा स्रोतले जनाएको छ ।
  • क्षेप्यास्त्र प्रहारबाट अपार्टमेन्टमा आगलागी हुदाँ फरहत र उनका दुई छोराको मृत्यु भएको बताइएको छ ।

२२ चैत, लेबनान ।

लेबनानको सिडोनस्थित एक अपार्टमेन्टमा शुक्रबार भएको इजरायली ड्रोन आक्रमणमा हमासका वरिष्ठ अधिकारी हसन फरहत र उनका दुई छोराको मृत्यु भएको लेबनानी सेना र अल जदीद टेलिभिजन च्यानलले जनाएको छ । इजरायली ड्रोनले मध्य सिडोनको अल–जहरास्थित हमास नेता हसन फरहत बस्ने अपार्टमेन्टमा क्षेप्यास्त्र प्रहार गरेको लेबनानको सुरक्षा स्रोतले जनाएको छ । क्षेप्यास्त्र प्रहारबाट

अपार्टमेन्टमा आगलागी हुदाँ फरहत र उनका दुई छोराको मृत्यु भएको बताइएको छ । अपार्टमेन्टमा फैलिएको आगो अग्नि नियन्त्रक तथा नागरिक सुरक्षाका कर्मचारीहरूले निभाएको तथा लेबनानी रेडक्रसका एम्बुलेन्सले शवहरू अस्पताल पुर्याएको रिपोर्ट गरिएको छ ।  सन् २०२४ नोभेम्बर–२७ मा सुरु भएको हमला हेजबुल्लाह र इजरायलबीचको युद्धविरामको बावजुद इजरायली सेनाले लेबनानको सिमानाका पाँच प्रमुख बिन्दुहरूमा सैन्य उपस्थिति कायम राखी आक्रमण गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुलुकको संकट अझै टरेको छैन : प्रचण्ड
मुलुकको संकट अझै टरेको छैन : प्रचण्ड
राप्रपाका संघ र प्रदेशका सबै सांसदले दिए राजीनामा
राप्रपाका संघ र प्रदेशका सबै सांसदले दिए राजीनामा
  हुलास स्टिलले तिर्‍यो बिजुली बक्यौताको पहिलो किस्ता
  हुलास स्टिलले तिर्‍यो बिजुली बक्यौताको पहिलो किस्ता
स्वास्थ्य बीमा कार्यक्रम पुनर्संरचना हुन्छ : अर्थमन्त्री वाग्ले
स्वास्थ्य बीमा कार्यक्रम पुनर्संरचना हुन्छ : अर्थमन्त्री वाग्ले
बमको धम्की आएपछि एयर इन्डियाको अर्को विमान थाइल्याण्डमा आपतकालीन अवतरण
सरकारले दर्ता गरायो भूमी सम्बन्धि विधेयक, घरजग्गा व्यवासायीलाई सहज हुनेगरी कानुन प्रस्ताव
सरकारले दर्ता गरायो भूमी सम्बन्धि विधेयक, घरजग्गा व्यवासायीलाई सहज हुनेगरी कानुन प्रस्ताव
विराटनगरमा शोरुमबाटै चोरियो ८० लाखको कार
विराटनगरमा शोरुमबाटै चोरियो ८० लाखको कार
नेपाल र भारतबीचको खेल वर्षाका कारण रद्द
नेपाल र भारतबीचको खेल वर्षाका कारण रद्द
सुदूरपश्चिमका मुख्यमन्त्री शाह ट्राफिक प्रहरीको कारवाहीमा
सुदूरपश्चिमका मुख्यमन्त्री शाह ट्राफिक प्रहरीको कारवाहीमा
माइतीघरमा मानव अधिकारवादीहरुको प्रदर्शन, १७ जना पक्राउ
माइतीघरमा मानव अधिकारवादीहरुको प्रदर्शन, १७ जना पक्राउ