सामाजिक सञ्जाल नियमनका लागि कार्यदल बनाउन काउन्सिललाई सञ्चारमन्त्रीको सुझाव

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन २६, २०८२
|
|
२६ पटक हेरिएको
Shares
सामाजिक सञ्जाल नियमनका लागि कार्यदल बनाउन काउन्सिललाई सञ्चारमन्त्रीको सुझाव

सारांश

  • सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अधिकार सम्पन्न र स्वायत्त निकायका रुपमा आम जनतालाई अनुभूति दिलाउने गरी काम गर्न प्रेस काउन्सिल नेपालका पदाधिकारीलाई सुझाव दिएका छन् ।
  • प्रेस काउन्सिल नेपालद्वारा आज मन्त्री खरेलको सम्मानमा आयोजित स्वागत कार्यक्रममा उनले आमनिर्वाचन आउँदै गरेको तथा राजनीतिक दलका गतिविधि बढिरहेका बेला काउन्सिललाई परिणाममुखी काम गर्न आग्रह गरे ।
  • नागरिकस्तरबाट सञ्चालन भएका व्यक्तिगत सामाजिक सञ्जाल राज्यका निकायले अनुगमन र नियमन गरी कारबाहीको दायरामा ल्याउने विषयमा काउन्सिल गम्भीर बन्नुपर्नेमा उनको जोड थियो ।

२६ असोज, काठमाडौँ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अधिकार सम्पन्न र स्वायत्त निकायका रुपमा आम जनतालाई अनुभूति दिलाउने गरी काम गर्न प्रेस काउन्सिल नेपालका पदाधिकारीलाई सुझाव दिएका छन् । प्रेस काउन्सिल नेपालद्वारा आज मन्त्री खरेलको सम्मानमा आयोजित स्वागत कार्यक्रममा उनले आमनिर्वाचन आउँदै गरेको तथा राजनीतिक दलका गतिविधि बढिरहेका बेला काउन्सिललाई परिणाममुखी काम गर्न आग्रह गरे ।

नागरिकस्तरबाट सञ्चालन भएका व्यक्तिगत सामाजिक सञ्जाल राज्यका निकायले अनुगमन र नियमन गरी कारबाहीको दायरामा ल्याउने विषयमा काउन्सिल गम्भीर बन्नुपर्नेमा उनको जोड थियो । ‘सामाजिक सञ्जालमा आउने मिथ्या, गलत, घृणाजन्य सूचनामार्फत एक अर्कालाई गाली–गलौज, वादप्रतिवाद र आक्रमण गर्ने कार्यले सम्पूर्ण राज्यको संयन्त्र चिन्तित हुनुपर्ने अवस्था छ,’ उनले भने । नेपालमा दर्ता भएका सामाजिक सञ्जालको नियमन गर्ने सन्दर्भमा सचेतनामूलक सन्देश दिने सामग्री प्रसारण गर्न काउन्सिललाई उनले सुझाव दिए ।

‘काउन्सिललाई कस्तो खाले जनशक्ति र उपकरण आवश्यक परेको छ र कसरी काम गर्दा सामाजिक सञ्जाललाई नियमन गर्न सहज हुन्छ,’ उनले भने, ‘त्यसको यकिन गरी तत्काल कार्यदल बनाएर काम गर्न सकिन्छ ।’ मुलुक आम निर्वाचनको तयारीमा रहेकाले आचारसंहिता कार्यान्वयनका लागि प्रभावकारी अनुगमन गर्नुपर्नेमा जोड दिँदै मन्त्री खरेलले भने, ‘प्रेस काउन्सिल स्वायत्त निकाय हो, यसलाई मन्त्रालयले हस्तक्षेप गर्दैन । नीतिगत निर्णय र सहयोग गर्न मन्त्रालय तत्पर छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हरिसिद्धिमा बालिकालाई गाडीले ठक्कर दिने कोसीका मन्त्री मगरलाई बर्खास्त गर्न कमल थापाको माग
हरिसिद्धिमा बालिकालाई गाडीले ठक्कर दिने कोसीका मन्त्री मगरलाई बर्खास्त गर्न कमल थापाको माग
एमाले केन्द्रिय कमिटीको बैठक शुरु, यि हुन् छलफलका विषय
एमाले केन्द्रिय कमिटीको बैठक शुरु, यि हुन् छलफलका विषय
आजदेखि मौद्रिक नीति कार्यान्वयनमा, के—के व्यवस्था लागू भए ?
आजदेखि मौद्रिक नीति कार्यान्वयनमा, के—के व्यवस्था लागू भए ?
दीक्षान्त समारोहमा धेरै विद्यार्थी सहभागी गराएर त्रिभुवन विश्वविद्यालयले बनाए कीर्तिमान
दीक्षान्त समारोहमा धेरै विद्यार्थी सहभागी गराएर त्रिभुवन विश्वविद्यालयले बनाए कीर्तिमान
शिक्षामा राजनीति होइन, दलीयकरण भयो : गगन थापा
शिक्षामा राजनीति होइन, दलीयकरण भयो : गगन थापा
हङकङको एक रेस्टुरेन्टमा आगलागी
हङकङको एक रेस्टुरेन्टमा आगलागी
नेविसंघद्वारा जाजरकोटमा ६ कोठे अस्थायी विद्यालय भवन हस्तान्तरण
नेविसंघद्वारा जाजरकोटमा ६ कोठे अस्थायी विद्यालय भवन हस्तान्तरण
रूसमा ८.८ म्याग्नेच्यूडको शक्तिशाली भूकम्प
रूसमा ८.८ म्याग्नेच्यूडको शक्तिशाली भूकम्प
गणतन्त्रविरोधी गतिविधिलाई राजनीतिक दल र जनता एकजुट भएर अस्वीकार गर्नुपर्छ : सभामुख घिमिरे
गणतन्त्रविरोधी गतिविधिलाई राजनीतिक दल र जनता एकजुट भएर अस्वीकार गर्नुपर्छ : सभामुख घिमिरे
एमाले लुम्बिनी प्रदेश अधिवेशन सुरु
एमाले लुम्बिनी प्रदेश अधिवेशन सुरु