कोठा भाडामा लिएर लागु औषध कारोबार, ३ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, श्रावण १, २०८२
|
|
२६ पटक हेरिएको
Shares
कोठा भाडामा लिएर लागु औषध कारोबार, ३ जना पक्राउ

सारांश

  • कोठा भाडामा लिएर अवैध लागु औषधको कारोबार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
  • लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले उपत्यकाबाट तीन जनालाई पक्राउ गरेको हो ।
  • पक्राउ पर्नेहरुमा मोरङको बेलबारी नगरपालिका–३ घर भएकी ३२ वर्षीया निकु राई, कुंगा तामाङ र पदम बहादुर मेहता छन् ।

१ साउन, काठमाडौं ।

कोठा भाडामा लिएर अवैध लागु औषधको कारोबार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले उपत्यकाबाट तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा मोरङको बेलबारी नगरपालिका–३ घर भएकी ३२ वर्षीया निकु राई, कुंगा तामाङ र पदम बहादुर मेहता छन् ।

आफू बस्ने डेरा कोठा भन्दा छुट्टै कोठा भाडामा लिएर उनीहरुले लागु औषध कारोबार गरेको पाइएको ब्यूरोका प्रवक्ता तथा एसपी जनकबहादुर शाहीले बताए ।राईले बालाजु गंगाहल नजिक कोठामा लुकाएर राखेको अवस्थामा ३५ हजार ५९० क्याम्पसुल ट्रामाडोल र साढे १२ किलो गाँजा बरामद भएको छ । त्यसैगरी कुंगा र पदमको कोठाबाट बुप्रनोर्फिन, डाइजापाम, फेनार्गन गरी ३१ हजार १०१ एम्पुल बरामद भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?