Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

प्रहरी कुट्ने अखिलको नेता पक्राउ नगरेकोमा रास्वपाको आपत्ति

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, माघ २९, २०८१
|
|
३३ पटक हेरिएको
Shares
प्रहरी कुट्ने अखिलको नेता पक्राउ नगरेकोमा रास्वपाको आपत्ति

सारांश

  • डयुटीमा रहेका प्रहरीमाथि  कुटपिट गर्ने नेकपा एमाले निकट विद्यार्थी नेतालाई पक्राउ नगरेकोमा राष्ट्रिय स्वतन्त्र पार्टीले आपत्ति जनाएको छ ।
  •  प्रतिनिधिसभाको जारी बैठकमा सो पार्टीका सांसद शिशिर खनालले गृह मन्त्री रमेश लेखकले आफ्नै प्रहरीलाई जोगाउन नसकेकोमा पनि रोष प्रकट गरेका छन् ।
  • ‘ड्युटीमा रहेका प्रहरीलाई कुट्ने अस्कल क्याम्पसका नेतालाई पक्रन नेपाल प्रहरीले अनुसन्धान गर्ने पनि हिम्मत गरेनछ ।

 

२९ माघ, काठमाडौँ । डयुटीमा रहेका प्रहरीमाथि  कुटपिट गर्ने नेकपा एमाले निकट विद्यार्थी नेतालाई पक्राउ नगरेकोमा राष्ट्रिय स्वतन्त्र पार्टीले आपत्ति जनाएको छ । प्रतिनिधिसभाको जारी बैठकमा सो पार्टीका सांसद शिशिर खनालले गृह मन्त्री रमेश लेखकले आफ्नै प्रहरीलाई जोगाउन नसकेकोमा पनि रोष प्रकट गरेका छन् ।

‘ड्युटीमा रहेका प्रहरीलाई कुट्ने अस्कल क्याम्पसका नेतालाई पक्रन नेपाल प्रहरीले अनुसन्धान गर्ने पनि हिम्मत गरेनछ । त्यो क्षेत्रको प्रतिनिधित्व गर्ने सांसदको रूपमा मलाई त्यहाँका धेरै विद्यार्थीहरूले मेसेज गर्नुभएको छ,’ भन्दै सांसद खनालले गृह मन्त्री लेखक माथी प्रश्न उठाएका छन् । उनका अनुसार विद्यार्थी नेताहरूले फोन तथा एसएमएस गरी प्रहरी कुट्ने समूहको क्याम्पसको कक्षा कोठामा सधैँ दादागिरी चल्ने गरेको तर, अब पुलिसले पनि आँट नगरे पछि आफूहरू त्रासमा परेकोसमेत सुनाएका छन् ।

अखिल नेता पक्राउ नगर्ने गृह मन्त्री लेखक पदमा बसिरहन उचित नहुनेसमेत खनालको तर्क छ ।  गत माघ २४ मा मध्यराति ‘राउण्ड अप ड्युटी’मा खटिएका प्रहरीलाई एमाले निकट अखिलका स्थायी समिति सदस्य कमल जोशीसहितको समूहले कुटपिट गरेकाे आरोप  लागिरहेकाे छ । तर, अरू पक्राउ पर्दा पनि उनलाइ भने पक्राउ नगरी मुद्दासमेत नचलाइएको भन्दै जनमानसमा राेष पैदा भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेनजी शहिदको सपना साकार पार्न सरकार प्रतिबद्ध छ : मन्त्री घिसिङ
जेनजी शहिदको सपना साकार पार्न सरकार प्रतिबद्ध छ : मन्त्री घिसिङ
माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी, प्रचण्डले जवाफ दिँदै
माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी, प्रचण्डले जवाफ दिँदै
वार्ता नगरी शिक्षकमाथि सरकारले बल प्रयोग गर्‍यो : शेखर कोइराला
वार्ता नगरी शिक्षकमाथि सरकारले बल प्रयोग गर्‍यो : शेखर कोइराला
एनपीएल : लुम्बिनी र पोखरा तथा सुदूरपश्चिम र जनकपुर भिड्दै
एनपीएल : लुम्बिनी र पोखरा तथा सुदूरपश्चिम र जनकपुर भिड्दै
एमाले र जनमत परित्याग गरी दुई नेता जसपा नेपालमा प्रवेश
एमाले र जनमत परित्याग गरी दुई नेता जसपा नेपालमा प्रवेश
बीमा प्राधिकरणका अध्यक्ष ओझाविरुद्ध अख्तियारमा उजुरी दर्ता
बीमा प्राधिकरणका अध्यक्ष ओझाविरुद्ध अख्तियारमा उजुरी दर्ता
काठमाडौं महानगरका प्रहरी निरीक्षक नगरकोटीको निधन
काठमाडौं महानगरका प्रहरी निरीक्षक नगरकोटीको निधन
हर्मुज जलसन्धि अनिश्चितकालका लागि बन्द गर्ने इरानको धम्की
हर्मुज जलसन्धि अनिश्चितकालका लागि बन्द गर्ने इरानको धम्की
नयाँ शैक्षिकसत्र औपचारिक रुपमा सुरु
नयाँ शैक्षिकसत्र औपचारिक रुपमा सुरु
नेपाली सेनाले बरामद ३३ लाख ७० हजार रुपैया,र लुटिएको हतियार
नेपाली सेनाले बरामद ३३ लाख ७० हजार रुपैया,र लुटिएको हतियार